English

चुनाव बहिष्कार र प्रतिस्पर्धा नगर्ने नेकपाको निर्णय



नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी स्थानीय तहको निर्वाचन बहिष्कार पनि नगर्ने र सहभागी पनि नहुने नीति अख्तियार गर्ने निर्णय गरेको छ ।

कपिलवस्तुको शिवगढीमा झण्डै दुई साता चलेको केन्द्रीय समिति बैठकले चुनाव बहिष्कार पनि नगर्ने चुनावमा प्रतिस्पर्धा पनि नगर्ने निर्णय गरेको हो ।

दल दर्ता गरेर चुनावमा सहभागी नहुने निर्णय गर्दै नेकपाले तर प्रगतिशील शक्तिलाई समर्थन गर्ने निर्णय गरेको सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाले जानकारी दिए ।

निर्वाचन आयोगमा दर्ता नगर्ने तर देशभक्त, प्रगतिशील शक्तिलाई समर्थन गर्ने नीति पार्टीले लिने निर्णय गरिएको उनको भनाइ छ ।

बैठकमा महासचिव विप्लवले निर्वाचनमा सहभागी भएर उपयोग गर्नुपर्ने राजनीतिक प्रस्ताव पेस गरेका थिए तर धेरै केन्द्रीय नेता यसको विपक्षमा उभिएका थिए । उनले पेस गरेको प्रस्तावलाई परिमार्जन गर्दै पारित गरिएको हो ।

यो पनि…
नामावली सार्वजनिक, कुन निर्वाचनमा कति मतदाता ?

स्थानीय निर्वाचन : यी हुन् पछिल्ला गतिविधि
निर्वाचन आचारसंहिताको बढी उल्लङ्घन मौन अवधिमा
निर्वाचन आचारसंहिता कति व्यवहारिक ?
स्थानीय निर्वाचनको संघारमा वाम एकताको बहस, कांग्रेस तरंगित



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले चियापानको आयोजना गरेको छ । । चियापानमा प्रधानमन्त्री, मन्त्रीहरू, सांसदहरू, क्रियाशील राजनीतिक दलका प्रमुख, नेताहरू,

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा संविधान मास्ने षड्यन्त्र भइरहेको बताउनुभयो ।समाजवादी जागरण अभियानअन्र्तगत आज १२ औं दिन

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले इजरायलमा अलपत्र नेपाली विद्यार्थीलाई सरकारले तत्काल सुरक्षित स्थानमा सार्न पहल गर्नुपर्ने बताएका छन् ।दाङको

टंक प्रसाद आचार्य स्मृति प्रतिष्ठानले शुक्रबार पूर्व सभामुख सुवासचन्द्र नेम्वाङको सम्झनामा एक बिशेष कार्यक्रम आयोजना गर्यो । कार्यक्रममा सर्बोच्च अदालतका