English

चुनाव बहिष्कार र प्रतिस्पर्धा नगर्ने नेकपाको निर्णय



नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी स्थानीय तहको निर्वाचन बहिष्कार पनि नगर्ने र सहभागी पनि नहुने नीति अख्तियार गर्ने निर्णय गरेको छ ।

कपिलवस्तुको शिवगढीमा झण्डै दुई साता चलेको केन्द्रीय समिति बैठकले चुनाव बहिष्कार पनि नगर्ने चुनावमा प्रतिस्पर्धा पनि नगर्ने निर्णय गरेको हो ।

दल दर्ता गरेर चुनावमा सहभागी नहुने निर्णय गर्दै नेकपाले तर प्रगतिशील शक्तिलाई समर्थन गर्ने निर्णय गरेको सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाले जानकारी दिए ।

निर्वाचन आयोगमा दर्ता नगर्ने तर देशभक्त, प्रगतिशील शक्तिलाई समर्थन गर्ने नीति पार्टीले लिने निर्णय गरिएको उनको भनाइ छ ।

बैठकमा महासचिव विप्लवले निर्वाचनमा सहभागी भएर उपयोग गर्नुपर्ने राजनीतिक प्रस्ताव पेस गरेका थिए तर धेरै केन्द्रीय नेता यसको विपक्षमा उभिएका थिए । उनले पेस गरेको प्रस्तावलाई परिमार्जन गर्दै पारित गरिएको हो ।

यो पनि…
नामावली सार्वजनिक, कुन निर्वाचनमा कति मतदाता ?

स्थानीय निर्वाचन : यी हुन् पछिल्ला गतिविधि
निर्वाचन आचारसंहिताको बढी उल्लङ्घन मौन अवधिमा
निर्वाचन आचारसंहिता कति व्यवहारिक ?
स्थानीय निर्वाचनको संघारमा वाम एकताको बहस, कांग्रेस तरंगित



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । चर्चित सञ्चारकर्मी तथा तीन करोड नेपाली जनताको साझा आवाजका रूपमा परिचित ऋषि धमलाको अध्यक्षतामा “स्वतन्त्र नागरिक अभियान नेपाल”

जेठ ९ । केके मानन्धर ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मध्यपुर थिमि नगर समितिको प्रथम अधिवेशन सम्पन्न भएको छ । एभरेस्ट

अच्युतकृष्ण शरण:१४ वर्षको वनवासपछि जब भगवान श्री राम अयोध्याको सिंहासनमा आसीन हुनुभयो, त्यतिबेला जनतामाझ माता सीता को पवित्रतामाथि प्रश्न उठ्यो।

प्रतिनिधि सभाको निर्वाचन २०८२ साल फागुन २१ गते हुँदैछ । संविधानअनुसार प्रतिनिधि सभा राज्यको सार्वभौम अधिकार सम्पन्न निकाय हो ।

Latest










Popular
Suggested