English

तथ्याङ्कमा आगामी स्थानीय निर्वाचन



आगामी स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गते हुँदैछ । देशभर एकै चरणमा निर्वाचन हुनेछ । निर्वाचन आयोगका अनुसार आगामी स्थानीय निर्वाचन नेपालको निर्वाचन इतिहासमै सबैभन्दा बढी मतदाता रहेको निर्वाचन हुनेछ ।

आयोगले आइतबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार वैशाखमा हुने स्थानीय निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाता सहभागी हुन पाउनेछन् ।

यसअघि, नेपालमा सम्पन्न भएका निर्वाचनमा सबैभन्दा बढी मतदाता २०६४ सालको संविधान सभा निर्वाचनमा रहेको थियो । सो निर्वाचनमा कुल मतदाता संख्या १ करोड ७६ लाख ११ हजार ८ सय ३२ रहेको थियो ।

आउँदो स्थानीय तहको निर्वाचनको लागि नाम लेखाएका मतदातामध्ये ८९ लाख ९२ हजार १० जना पुरुष, ८७ लाख ४१ हजार ५ सय ३० जना महिला र १ सय ८३ जना अन्य रहेका छन् ।

आयोगले स्थानीय तह निर्वाचन सम्पन्न गर्न देशभर १० हजार ७५३ मतदान स्थलअन्तर्गत २१ हजार ९ सय ५५ मतदान केन्द्रहरू राख्ने निर्णय गरेको छ ।

आगामी स्थानीय निर्वाचनमा सबैभन्दा बढी मतदाता भएको जिल्लामा मोरङ रहेको छ । मोरङमा ७ लाख १५ हजार २ सय २३ जना मतदाता रहेका छन् । मोरङपछि झापा र काठमाडौंमा सबैभन्दा बढी मतदाता रहेका छन् । झापामा ६ लाख ४६ हजार २ सय ३४ र काठमाडौंमा ६ लाख ३७ हजार ७ सय ७५ जना मतदाता रहेको आयोगले जनाएको छ ।

०७९ वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा सबैभन्दा कम मतदाता संख्या मनाङ, मुस्ताङ र डोल्पामा रहेका छन् । आयोगका अनुसार मनाङमा ६ हजार ४ सय ९६, मुस्ताङमा १० हजार ४ सय ८५ र डोल्पामा २२ हजार ४ सय ४० जना मतदाता रहेका छन् ।

आगामी निर्वाचनमा सबैभन्दा बढी मतदाता रहेका स्थानीय तहमा काठमाडौं, पोखरा र भरतपुर महानगरपालिका छन् । काठमाडौंमा ३ लाख २ सय ४२, पोखरामा २ लाख ७ हजार ७ सय १२ र भरतपुरमा १ लाख ८५ हजार ७ सय ५२ जना मतदाता रहेको आयोगले जनाएको छ ।

सबैभन्दा कम मतदाता रहेका स्थानीय तहमा नार्पा भूमि गाउँपालिका (मनाङ), चामे गाउँपालिका (मनाङ) र छार्का ताङसोङ गाउँपालिका (डोल्पा) रहेका छन् । नार्पा भूमिमा ४ सय ४८, चामेमा ७ सय ११ र छार्का ताङसोङमा ९ सय ६७ मतदाता रहेका छन् ।

यसपटक सबैभन्दा बढी मतदानकेन्द्र मोरङ, काठमाडौं र झापा जिल्लामा रहेको छ । मोरङमा ८२०, काठमाडौंमा ७५९ र झापामा ७५५ वटा मतदानकेन्द्र रहेको निर्वाचन आयोगले बताएको छ ।

यस्तै, सबैभन्दा कम मतदाता रहेका जिल्लामा मनाङ, मुस्ताङ र रुकुम पूर्व रहेका छन् । मनाङमा २८, मुस्ताङमा ३८ र रुकुम पूर्वमा ४९ वटा मतदानकेन्द्र राख्ने निर्णय आयोगले गरेको छ ।

प्रदेशहरुमा सबैभन्दा बढी मतदानकेन्द्र मधेस, बागमती र प्रदेश नं.१ मा रहेका छन् । आयोगका अनुसार मधेस प्रदेशमा ४ हजार १८९, बागमती प्रदेशमा ४ हजार ९५ र प्रदेश नं. १ मा ४ हजार ५१ वटा मतदानकेन्द्र रहनेछन् ।

सबैभन्दा कम कर्णाली प्रदेशमा १ हजार ३८५, सुदुरपश्चिम प्रदेशमा २ हजार १०३ र गण्डकी प्रदेशमा २ हजार ३०० मतदानकेन्द्र रहनेछन् ।

यो पनि
स्थानीय चुनावका लागि के–के तयारी गर्दैछ निर्वाचन आयोग ?
स्थानीय तह निर्वाचनको इतिहासलाई नियाल्दा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंबाट करिब १ सय १० किलोमिटरको दूरीमै नेपालको राष्ट्रिय चरा डाँफे हेर्न पाइन्छ भन्ने थाहा पाउँदा कतिपयलाई अपत्यारिलो लाग्दो हो

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले