English

तथ्याङ्कमा आगामी स्थानीय निर्वाचन



आगामी स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गते हुँदैछ । देशभर एकै चरणमा निर्वाचन हुनेछ । निर्वाचन आयोगका अनुसार आगामी स्थानीय निर्वाचन नेपालको निर्वाचन इतिहासमै सबैभन्दा बढी मतदाता रहेको निर्वाचन हुनेछ ।

आयोगले आइतबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार वैशाखमा हुने स्थानीय निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाता सहभागी हुन पाउनेछन् ।

यसअघि, नेपालमा सम्पन्न भएका निर्वाचनमा सबैभन्दा बढी मतदाता २०६४ सालको संविधान सभा निर्वाचनमा रहेको थियो । सो निर्वाचनमा कुल मतदाता संख्या १ करोड ७६ लाख ११ हजार ८ सय ३२ रहेको थियो ।

आउँदो स्थानीय तहको निर्वाचनको लागि नाम लेखाएका मतदातामध्ये ८९ लाख ९२ हजार १० जना पुरुष, ८७ लाख ४१ हजार ५ सय ३० जना महिला र १ सय ८३ जना अन्य रहेका छन् ।

आयोगले स्थानीय तह निर्वाचन सम्पन्न गर्न देशभर १० हजार ७५३ मतदान स्थलअन्तर्गत २१ हजार ९ सय ५५ मतदान केन्द्रहरू राख्ने निर्णय गरेको छ ।

आगामी स्थानीय निर्वाचनमा सबैभन्दा बढी मतदाता भएको जिल्लामा मोरङ रहेको छ । मोरङमा ७ लाख १५ हजार २ सय २३ जना मतदाता रहेका छन् । मोरङपछि झापा र काठमाडौंमा सबैभन्दा बढी मतदाता रहेका छन् । झापामा ६ लाख ४६ हजार २ सय ३४ र काठमाडौंमा ६ लाख ३७ हजार ७ सय ७५ जना मतदाता रहेको आयोगले जनाएको छ ।

०७९ वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा सबैभन्दा कम मतदाता संख्या मनाङ, मुस्ताङ र डोल्पामा रहेका छन् । आयोगका अनुसार मनाङमा ६ हजार ४ सय ९६, मुस्ताङमा १० हजार ४ सय ८५ र डोल्पामा २२ हजार ४ सय ४० जना मतदाता रहेका छन् ।

आगामी निर्वाचनमा सबैभन्दा बढी मतदाता रहेका स्थानीय तहमा काठमाडौं, पोखरा र भरतपुर महानगरपालिका छन् । काठमाडौंमा ३ लाख २ सय ४२, पोखरामा २ लाख ७ हजार ७ सय १२ र भरतपुरमा १ लाख ८५ हजार ७ सय ५२ जना मतदाता रहेको आयोगले जनाएको छ ।

सबैभन्दा कम मतदाता रहेका स्थानीय तहमा नार्पा भूमि गाउँपालिका (मनाङ), चामे गाउँपालिका (मनाङ) र छार्का ताङसोङ गाउँपालिका (डोल्पा) रहेका छन् । नार्पा भूमिमा ४ सय ४८, चामेमा ७ सय ११ र छार्का ताङसोङमा ९ सय ६७ मतदाता रहेका छन् ।

यसपटक सबैभन्दा बढी मतदानकेन्द्र मोरङ, काठमाडौं र झापा जिल्लामा रहेको छ । मोरङमा ८२०, काठमाडौंमा ७५९ र झापामा ७५५ वटा मतदानकेन्द्र रहेको निर्वाचन आयोगले बताएको छ ।

यस्तै, सबैभन्दा कम मतदाता रहेका जिल्लामा मनाङ, मुस्ताङ र रुकुम पूर्व रहेका छन् । मनाङमा २८, मुस्ताङमा ३८ र रुकुम पूर्वमा ४९ वटा मतदानकेन्द्र राख्ने निर्णय आयोगले गरेको छ ।

प्रदेशहरुमा सबैभन्दा बढी मतदानकेन्द्र मधेस, बागमती र प्रदेश नं.१ मा रहेका छन् । आयोगका अनुसार मधेस प्रदेशमा ४ हजार १८९, बागमती प्रदेशमा ४ हजार ९५ र प्रदेश नं. १ मा ४ हजार ५१ वटा मतदानकेन्द्र रहनेछन् ।

सबैभन्दा कम कर्णाली प्रदेशमा १ हजार ३८५, सुदुरपश्चिम प्रदेशमा २ हजार १०३ र गण्डकी प्रदेशमा २ हजार ३०० मतदानकेन्द्र रहनेछन् ।

यो पनि
स्थानीय चुनावका लागि के–के तयारी गर्दैछ निर्वाचन आयोग ?
स्थानीय तह निर्वाचनको इतिहासलाई नियाल्दा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, १ फागुन : कोका–कोलाले क्रिएसनसँगको साझेदारीमा पशुपतिनाथ मन्दिर परिसर ‘सफा गरौं’ पहल सुरु गरेको छ । वर्षभरी निरन्तर चल्ने

काठमाडौँः नेपालमा शैक्षिक प्रतिस्पर्धाको स्वरूप परिवर्तन हुँदै आएको छ । ग्लोबल म्याथ डिबेट लिग (GMDL)ले झापा र चितवनपछि लुम्बिनी क्षेत्रीय

प्रेमचन्द्र झा, माघ २९ गते, रौतहट । जिल्लास्थित गौर भन्सार कार्यालयदेखि पूर्वतर्फ बाँध मर्मत तथा सम्भारको नाममा बाँधको थप उच्चाइ

विश्वप्रसिद्ध प्रविधि कम्पनी Xiaomi को स्वामित्वमा रहेको चर्चित स्मार्टफोन पोको(POCO) ब्रान्ड नेपाली बजारमा औपचारिक रुपमा कमब्याक गरेको छ। गेमिङ र

Latest










Popular
Suggested