English

स्थानीय चुनावका लागि के–के तयारी गर्दैछ निर्वाचन आयोग ?

आयोगले माग्यो १२ अर्ब रुपैयाँ


सरकारले घोषणा गरेकै दिन स्थानीय तहको निर्वाचन सम्पन्न गर्न निर्वाचन आयोगले द्रत गतिमा काम गरिरहेको छ । सरकारले २०७९ वैशाख ३० गते देशभर एकसाथ स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरिसकेको छ ।

सोही मितिमा निर्वाचन सम्पन्न गर्न र आवश्यक जानकारी सर्वसाधरणलाई दिन आयोगले आजबाट निर्वाचन लक्षित पक्रकार सम्मेलन गर्न शुरु गरेको छ ।

आयोगले स्थानीय तह सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता, जनशक्ति व्यवस्थापन निर्देशिका, आर्थिक निर्देशिका, स्थानीय तह निर्वाचन निर्देशिका, निर्वाचन अनुगमन निर्देशिका, सुरक्षा व्यवस्थापन निर्देशिकाको मस्यौदा तयार गरिरहेको छ ।

आयोगले स्थानीय तह सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता, जनशक्ति व्यवस्थापन निर्देशिका, आर्थिक निर्देशिका, स्थानीय तह निर्वाचन निर्देशिका, निर्वाचन अनुगमन निर्देशिका, सुरक्षा व्यवस्थापन निर्देशिकाको मस्यौदा तयार गरिरहेको छ ।

मतदान निर्देशिका, मतगणना निर्देशिका, मतदाता शिक्षा कार्यक्रम कार्यान्वयन निर्देशिका लगायतका निर्देशिकाहरूको मस्यौदा तयारी पनि भइरहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । ‘यी निर्देशिकाहरू आयोगले स्वीकृत गरी क्रमशः लागू गर्दै जाने छ,’ उनले भने ।

निर्वाचन आयोग र अन्तर्गत कार्यालयहरूको कार्यालय समय बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म कायम गरिएको छ भने बिदाका दिनमा समेत नियमित कार्यसम्पादन गर्ने व्यवस्था मिलाइएको छ ।

‘आसन्न स्थानीय तह सदस्य निर्वाचनमा विद्युतीय मतदान उपकरणको प्रयोगको सम्भाव्यताका सम्बन्धमा विज्ञहरूसँग भएको छलफल तथा परामर्शअनुसार यससम्बन्धी कार्यको अध्ययन गरी सात दिनभित्र अध्ययन प्रतिवेदन पेस गर्न एक कार्यदल समेत गठन भएको छ,’

‘आसन्न स्थानीय तह सदस्य निर्वाचनमा विद्युतीय मतदान उपकरणको प्रयोगको सम्भाव्यताका सम्बन्धमा विज्ञहरूसँग भएको छलफल तथा परामर्शअनुसार यससम्बन्धी कार्यको अध्ययन गरी सात दिनभित्र अध्ययन प्रतिवेदन पेस गर्न एक कार्यदल समेत गठन भएको छ,’ प्रवक्ता पौडेलले भने ।

आगामी दिनमा स्थानीय तह निर्वाचनका सबै क्रियाकलापहरूलाई समेट्ने गरी निर्वाचन आयोगको दैनिक ई–बुलेटिन समेत प्रकाशन गर्ने योजना रहेको उनले जानकारी दिए ।

स्थानीय तह निर्वाचन गर्न आयोगले माग्यो १२ अर्ब रुपियाँ

निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा एक करोड ७९ लाख मतदाता रहने जनाएको छ ।

आयोगले ०७९ वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन सम्पन्न गराउन १२ अर्ब रुपियाँ बजेट आवश्यक पर्ने जनाएको छ ।

आयोगले आज आयोजना गरेको पत्रकार सम्मेलनमा सरकारसँग उक्त रकम माग गरिएको समेत जनायो । ‘निर्वाचन व्यवस्थापनका लागि आवश्यक पर्ने बजेटको तयारी अन्तिम चरणमा पुगेको छ,’ निर्वाचन आयोगका प्रवक्ता पौडेलले बताए ।

सरकारसँग बजेट प्रस्तावसहित बजेट स्वीकृतिको प्रक्रियामा रहेको र सो अगावै निर्वाचन सामग्री खरिद प्रक्रिया अगाडि बढाउन अर्थ मन्त्रालयबाट बजेट सुनिश्चितता लिई प्रतिस्पर्धात्मक प्रक्रियाबाट बोलपत्र आह्वान गर्नेगरी मापदण्ड र स्पेसिफिकेसन स्वीकृत गरिएको आयोगले जनाएको छ ।

‘२०७९ वैशाख २९ गतेलाई १८ वर्ष उमेर पुग्ने दिनलाई निर्दिष्ट मिति मान्दा एक करोड ७९ लाख मतदाता कायम हुने अनुमान छ,’

कुल मतदाता एक करोड ७९ लाख पुग्ने अनुमान, करिब २५ लाख मतदाता थपिए

निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा एक करोड ७९ लाख मतदाता रहने जनाएको छ । आयोगले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त जानकारी दिएको हो ।

‘२०७९ वैशाख २९ गतेलाई १८ वर्ष उमेर पुग्ने दिनलाई निर्दिष्ट मिति मान्दा एक करोड ७९ लाख मतदाता कायम हुने अनुमान छ,’ आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने ।

आयोगले यसअघि २०७४ सालमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा १ करोड ५४ लाख २७ हजार ९ सय ३८ जना मतदाता कायम गरेको थियो ।

अघिल्लो स्थानीय तह निर्वाचनमा भन्दा २०७९ वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा २४ लाख ७२ हजार ६२ मतदाता थपिने अनुमान छ ।

२०७७ पुस ५ गतेसम्म आइपुग्दा देशभर मतदाताको संख्या १ करोड ६२ लाख ४३ हजार ११० जना पुगेको थियो ।

अघिल्लो स्थानीय तह निर्वाचनमा भन्दा २०७९ वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा २४ लाख ७२ हजार ६२ मतदाता थपिने अनुमान छ ।

यो पनि
स्थानीय तह निर्वाचनको इतिहासलाई नियाल्दा
निर्वाचनका लागि स्रोतसाधन उपलब्ध गराउन आयोगको पत्राचार



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,