English

२०२१ मा आमा बन्न लागेका बलिउड सेलिब्रेटीहरू



२०२१ को शुरुवातमा बलिउड अभिनेत्री अनुष्का शर्मा आमा बनिन् । त्यसपछि २१ फेब्रुअरीमा करिना कपुर खानले आफ्नो दोस्रो सन्तानलाई जन्म दिइन् । त्यसपछि पनि बलिउडमा अन्य धेरै सेलिब्रेटीहरूले सन्तान सुखको शुभ समाचार दिने तयारीमा छन् । भर्खरै बलिउड अभिनेत्री दीया मिर्जाले पनि आफू चाँडै आमा बन्न आँटेको कुरा सामाजिक सञ्जालमार्फत् जानकारी दिइन् ।

दीयाले १५ फेब्रुअरी, २०२१ मा मुम्बईका व्यापारी वैभव रेखीसँग विवाह गरेकी थिइन् । हालसालै यी दुई मालदीपमा हनिमुन मनाएर फर्किए । मालदीपबाट नै बेबी बम्प फोटो पोस्ट गरेर दीयाले शुभ समाचार सुनाइन् । दीयाको साथसाथै बलिउडमा अन्य धेरै अभिनेत्रीहरू पनि यो वर्ष आमा बन्न लागेका छन् । २०२१ मा आमा बन्न आँटेका बलिउड अभिनेत्री को को छन् त ?

लीजा हेडन

‘ए दिल हे मुश्किल’ तथा ‘द शौकीन्स’ जस्ता फिल्ममा देखिइसकेकी लीजा तेस्रो पटक आमा बन्न गइरहेकी छिन् । लीजाले २०१६ मा व्यापारी डीनो ललवानीसँग विवाह गरेकी थिइन् ।

श्रेया घोषाल

बलिउडकी चर्चित गायिका श्रेया घोषल विवाह भएको ६ वर्षपछि आमा बन्दैछिन् । उनले सामाजिक सञ्जालमा बेबी बम्प देखिएको फोटो शेयर गर्दै हुनेवाला बच्चाको नाम पनि सार्वजनिक गरेकी थिइन् । ३६ वर्षिय श्रेयाले आफ्नो तथा पति शिलादित्य मुखोपाध्यायको नाम जोडेर बच्चाको नाम ‘श्रेयादित्य’ न्वारन गरेकी छिन् । ५ फेब्र्रुअरी २०१५ मा श्रेया घोषालले प्रेमी शिलादित्य मुखोपाध्यायसँग विवाह गरेकी थिइन् ।

नीति मोहन

बलिउडको प्लेब्याक सिंगर नीति मोहन पनि २०२१ मा पहिलो पटक आमा बन्न गइरहेकी छिन् । उनले केही दिन अघि यसको खुलासा सामाजिक सञ्जालममार्फत आफ्नो बेबी बम्प देखाएको फोटो सेयर गरेकी थिइन् । नीतिले २०१९ मा निहार पन्डयासँग विवाह गरेकी थिइन् । नीति ४० वर्षको उमेरमा ढिलो गरी आमा बन्दै छिन् ।

किश्रव्र मर्चेन्ट

टेलिभिजन अभिनेत्री किश्रव्र पनि ४० वर्षको उमेरमा पहिलो पटक आमा बन्न आँटेकी छिन् । किश्रव्रले सोसल मिडियामार्फत बेबी बम्पको साथ केही तस्विरहरू शेयर गरेर यो कुराको जानकारी दिएकी थिइन् । उनले भनेकी थिइन्, ‘यो योजना बिना भयो तर म धेरै खुसी छु ।’ उनको डेलिभरी अगस्ट २०२१ मा हुनेछ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

काठमाडौं । महाकाव्यका गम्भीर भाव, राष्ट्रिय चेतना, मातृभूमिप्रतिको समर्पण र मानवीय संवेदनालाई संगीतको मधुर लयमा बाँध्दै श्रोतामाझ पुर्‍याउने उद्देश्यले तयार

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

Latest










Popular
Suggested