English

नेपाल र चीनबीच यी विषयमा सम्झौता



नेपालचीनबीच आज ९ वटा समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सिंहदरबास्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल र चीनको विदेशमन्त्रीस्तरीय बैठक सम्पन्न भएपछि दुई देशका सम्बन्धित अधिकारीले ती समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

परराष्ट्रमन्त्री डा.नारायण खड्का र चिनियाँ विदेशमन्त्री वाङ यीको उपस्थितिमा सम्बन्धित अधिकारीले ती समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

सम्झौतामा आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी सम्झौता, चीन–नेपाल क्रस बोर्डर रेलवे परियोजनाको सम्भाव्यता अध्ययनका लागि चिनियाँ सहायता, ऊर्जा तथा जलस्रोत क्षेत्रमा सहयोग सम्झौता (चीन–नेपाल पावर ग्रिड इन्टरकनेक्शनको सम्भाव्यता अध्ययन), भन्सारको सामान्य प्रशासन सम्बन्धी प्रोटोकल (नेपालबाट चीनमा सुरक्षित तवरमा हेलेज निर्यात), भन्सार छुट गराउने सम्बन्धी एक्सचेन्ज पत्रमा हस्ताक्षर, अरनिको राजमार्ग मर्मतसम्भार परियोजनाको हस्तान्तरण, रेल क्षेत्रमा सहयोग अभिवृद्धि गर्ने, चीनको नेशनल रेलवे प्रशासनले नेपालको रेल क्षेत्रमा सहयोग बढाउने र नेपाललाई कोभिड-१९ खोप वितरण र स्वीकृति प्रमाणपत्रमा हस्ताक्षर रहेका छन् ।

यो पनि…
चिनियाँ विदेशमन्त्रीले बुझाए पोखरा विमानस्थलको चाबी

चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमण : यी हुन् छलफलका एजेन्डा
वाम एकता कति सम्भव ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । चर्चित सञ्चारकर्मी तथा तीन करोड नेपाली जनताको साझा आवाजका रूपमा परिचित ऋषि धमलाको अध्यक्षतामा “स्वतन्त्र नागरिक अभियान नेपाल”

जेठ ९ । केके मानन्धर ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मध्यपुर थिमि नगर समितिको प्रथम अधिवेशन सम्पन्न भएको छ । एभरेस्ट

अच्युतकृष्ण शरण:१४ वर्षको वनवासपछि जब भगवान श्री राम अयोध्याको सिंहासनमा आसीन हुनुभयो, त्यतिबेला जनतामाझ माता सीता को पवित्रतामाथि प्रश्न उठ्यो।

प्रतिनिधि सभाको निर्वाचन २०८२ साल फागुन २१ गते हुँदैछ । संविधानअनुसार प्रतिनिधि सभा राज्यको सार्वभौम अधिकार सम्पन्न निकाय हो ।

Latest










Popular
Suggested