English

‘बाल्यकालमा दही–दूध खानै पाइन्नथ्यो’



नेपाली स्ट्यान्ड–अप कमेडीमा चर्चित नाम हो, सीता न्यौपाने । उनी स्ट्यान्ड–अप कमेडीमा छोटो समयमै स्थापित हुन सफल कमेडियन हुन् । सीताका सबै प्रस्तुति दर्शकले निकै रुचाएका छन् । उनले दर्शकहरूबाट ‘राष्ट्रिय दिदी’ उपनाम नै पाएकी छिन् ।

स्ट्यान्ड–अप कमेडियनको रूपमा एउटा छुट्टै पहिचान बनाउन सफल सीतालाई सानैदेखि कमेडीमा रुचि थियो । स्कुल बढ्दादेखि नै स्कुलका साथीहरूलाई हँसाउने काममा उनी माहिर थिइन् । बाल्यकालमा उनी चञ्चले स्वभावकी थिइन् ।

बाल्यकालमा खाएको खानेकुरामध्ये उनलाई खिर एकदमै मनपर्छ । आमाले पकाएको खिर असाध्यै मिठो हुन्थ्यो, ओहो ! सम्झँदै मुखमा पानी आयो ।

उनको बाल्यकाल चितवनमा बितेको थियो । बाल्यकाल सम्झिँदा सारै रमाइलो लाग्ने उनी बताउँछिन् । बाल्यकालको हरेक कुरा विशेष लागेजस्तो बाल्यकालमा खाएको खानेकुरा पनि उनलाई विशेष नै लाग्छ । ‘बाल्यकालमा त यो मिठो यो नमिठो भन्ने नै हुँदैन थियो भोक लागेको बेला जे खाए पनि मिठो नै लाग्थ्यो’, उनी सुनाउँछिन् ।

‘बाल्यकालमा खाएको खानेकुरामध्ये उनलाई खिर एकदमै मनपर्छ । बाल्यकालमा खाएको खिर सम्झँदै उनी भन्छिन् ‘आमाले पकाएको खिर असाध्यै मिठो हुन्थ्यो, ओहो ! सम्झँदै मुखमा पानी आयो ।’

त्यसो त उनलाई खिर अहिले पनि उत्तिकै मिठो लाग्छ । तर, बाल्यकालमा खाएको खिरको स्वाद भने उनको जिब्रोमै झुण्डिएको छ । ‘हाम्रो घरमा गाई पालेको भए पनि दूध बेच्न लैजाने हुँदा दूधका परिकारहरू खासै खान पाइन्नथ्यो ।’

नेपाल बन्दको दिन मात्र दूध बजार जाँदैनथ्यो र त्यो दिन घरमा खिर पाक्थ्यो । कहिलेकाहीँ मात्र खान पाइने भएर पनि होला त्यो खिर साह्रै मिठो लाग्छ ।

सीता भन्छिन्– ‘नेपाल बन्दको दिन मात्र दूध बजार जाँदैनथ्यो र त्यो दिन घरमा खिर पाक्थ्यो । कहिलेकाहीँ मात्र खान पाइने भएर पनि होला त्यो खिर साह्रै मिठो लाग्छ ।’

अहिले उनी काठमाडौंमा बस्छिन् । चितवन पुगेका बेला अहिले पनि आमालाई खिर पकाउन लगाउँछिन् । ‘आमाले पकाएको खिरमा बेग्लै प्रकारको स्वाद हुन्छ ।’ उनी भन्छिन् ।

कहिलेकाहीँ आफैँ पनि खिर पकाएर खान्छिन् उनी । तर, त्यो बाल्यकालको जस्तो स्वाद भने नपाएको उनी सुनाउँछिन् । ‘आमाले खिर पकाउँदा विशेष प्रकारको खिर मसला राख्नुहुन्थ्यो । त्यसैले, त्यो खिर अहिलेभन्दा स्वादिलो भएको हुनुपर्छ ।’

अहिले बजारमा छ्यापछ्याप्ती दूध पाइन्छ तर शुद्ध दूध भने पाउन गाह्रो छ । बजारमा पाइने दूधमा पकाएको खिर त्यति स्वादिलो हुँदैन । ‘घरमा गाई पालेको हुनाले शुद्ध दूधमा पाकेको खिर मनपर्छ ।’

बाल्यकालमा खाएजस्तो शुद्ध खानेकुरा अहिले कहाँ पाइन्छ र ? हरेक कुरामा मिसावट हुन्छ । बजारमा पाइने खानेकुराले हामीलाई विभिन्न रोगको शिकार बनाइरहेको छ । त्यसैले, घरमै बनाएको खानेकुरालाई बढी प्राथमिकता दिनुपर्ने सीता बताउँछिन् ।

यो पनि…
‘आमाले बनाएको इमलीको खट्टीमिठ्ठी साह्रै याद आउँछ’– दीपाश्री निरौला
‘कालो दाल र ग्वारामरीमा बाल्यकाल देख्छु’– भुवन चन्द



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

एक साँझ हामी सूर्यास्त अवलोकन गर्न हेग शहरको अत्याधिक प्रसिद्ध समुन्द्रतट स्केभनिनगन गएका थियौँ । हाम्रो टोलीमा इटाली, फ्रान्स, नर्वे,

काठमाडौंबाट करिब १ सय १० किलोमिटरको दूरीमै नेपालको राष्ट्रिय चरा डाँफे हेर्न पाइन्छ भन्ने थाहा पाउँदा कतिपयलाई अपत्यारिलो लाग्दो हो

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र