English

नेताकै उद्योगमा बालश्रम

नयाँ मान्छे देखिए बालबालिकालाई रोक्ने नत्र काममा लगाउने परिपाटी


कपिलवस्तुका जनप्रतिनिधि राजनीतिक दलका नेताहरूका इँटा उद्योगमा बालश्रमिक प्रयोग भएका छन् । जनप्रतिनिधि तथा नेताकै इँटा उद्योगमा बालश्रमिक देखिएपछि सरोकारवालाले स्थानीय संघ संस्था, जनप्रतिनिधि, पत्रकार, सामाजिक अभियन्ता सहितको संलग्नतामा इँटा उद्योगमा अनुगमन थालेको छ ।

अनुगमनका क्रममा कपिलवस्तुको महाराजगञ्ज र शिवराज नगरपालिकामा रहेका इँटा उद्योगहरूमा धेरै बालबालिका प्रयोग भएको फेला परेको छ ।

शिवराज, बुद्धभूमि, महाराजगञ्ज, कृष्णनगर नगरपालिकाभित्रका इँटा उद्योगमा अनुगमन गरेको र बालश्रमिक धेरै फेला परेको दलित मानव अधिकार निगरानी समितिका अध्यक्ष मीना परियारले बताइन् ।

शिवराज नगरपालिकामा गरेको अनुगमनमा राजनैतिक दलका नेता र उद्योग वाणिज्य महासङ्घका पदाधिकारीकै इँटा उद्योगमा बाल श्रमिक भेटिएको छ ।

‘महाराजगन्ज नगरपालिकाका जनप्रतिनिधिहरूले सञ्चालन गरेको इँटा उद्योगमै बालश्रमिक रहेका छन् । यता, शिवराज नगरपालिकामा गरेको अनुगमनमा राजनैतिक दलका नेता र उद्योग वाणिज्य महासङ्घका पदाधिकारीकै इँटा उद्योगमा बाल श्रमिक भेटिएको छ ।’ अनुगमनकर्ता तथा नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेश सदस्य चिन्ता परियारले भनिन् ।

अनुगमनका क्रममा महाराजगञ्ज नगरपालिकाका उपमेयर शुभावती कुर्मीले इँटा उद्योगमा बालश्रम रोक्न नगरपालिकाले योजना अगाडि बढाउने बताइन् । उपमेयर कुर्मी आफैँ पनि इँटा उद्योगकी सञ्चालिका हुन् ।

उद्योगमा काम गर्ने भारतीय कामदारका बालबालिका विद्यालय नगई उद्योगमा काम गर्ने अवस्थामा भेटिएको थियो । केही नेपाली बालबालिकासमेत बालश्रमिक रहेका छन् ।

उद्योगमा कोही नयाँ व्यक्ति देखियो भने यस्ता बालबालिकालाई रोक्न लगाउने र अरू बेला व्यवसायीले काममा लगाउँदै आएका छन् । बालबालिकाहरू काँचो इँटा ओसार्ने, माटो बोक्ने, फ्रेममा राखेर इँटा बनाउने जस्ता काममा प्रयोग हुने गरेका छन् ।

गत वर्ष दलित मानव अधिकार समितिले चारवटा पालिकामा गरेको सर्वेक्षणमा सात सय ५० भन्दा धेरै बालश्रमिक इँटा उद्योगमा कामदारको रूपमा फेला पारेको थियो । यस वर्ष त्यो संख्या घटेर पाँच सयको हाराहारीमा रहेको अध्यक्ष परियारले दाबी छ ।

यो पनि…
माटोमा हुर्किरहेको एउटा जीवन (फोटो फिचर)
२ लाख ८६ हजार बालबालिका अझै श्रमिक



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,

राइज मिडियाका प्रमोटर सुनिल गुरुङलाई पितृशोक परेको छ । उनका बुबा पोखरेली समाजसेवी बिल बहादुर गुरुङको उपचारकै क्रममा मंगलबार राती

उत्तरमा चुरेपहाड, दक्षिणमा तराईको समथर फाँट । पूर्वमा बबई नदी पश्चिममा बग्ने सङ्लो कर्णालीको चिसो पानी । र बीचमा हरियाली