English

नेताकै उद्योगमा बालश्रम

नयाँ मान्छे देखिए बालबालिकालाई रोक्ने नत्र काममा लगाउने परिपाटी


कपिलवस्तुका जनप्रतिनिधि राजनीतिक दलका नेताहरूका इँटा उद्योगमा बालश्रमिक प्रयोग भएका छन् । जनप्रतिनिधि तथा नेताकै इँटा उद्योगमा बालश्रमिक देखिएपछि सरोकारवालाले स्थानीय संघ संस्था, जनप्रतिनिधि, पत्रकार, सामाजिक अभियन्ता सहितको संलग्नतामा इँटा उद्योगमा अनुगमन थालेको छ ।

अनुगमनका क्रममा कपिलवस्तुको महाराजगञ्ज र शिवराज नगरपालिकामा रहेका इँटा उद्योगहरूमा धेरै बालबालिका प्रयोग भएको फेला परेको छ ।

शिवराज, बुद्धभूमि, महाराजगञ्ज, कृष्णनगर नगरपालिकाभित्रका इँटा उद्योगमा अनुगमन गरेको र बालश्रमिक धेरै फेला परेको दलित मानव अधिकार निगरानी समितिका अध्यक्ष मीना परियारले बताइन् ।

शिवराज नगरपालिकामा गरेको अनुगमनमा राजनैतिक दलका नेता र उद्योग वाणिज्य महासङ्घका पदाधिकारीकै इँटा उद्योगमा बाल श्रमिक भेटिएको छ ।

‘महाराजगन्ज नगरपालिकाका जनप्रतिनिधिहरूले सञ्चालन गरेको इँटा उद्योगमै बालश्रमिक रहेका छन् । यता, शिवराज नगरपालिकामा गरेको अनुगमनमा राजनैतिक दलका नेता र उद्योग वाणिज्य महासङ्घका पदाधिकारीकै इँटा उद्योगमा बाल श्रमिक भेटिएको छ ।’ अनुगमनकर्ता तथा नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेश सदस्य चिन्ता परियारले भनिन् ।

अनुगमनका क्रममा महाराजगञ्ज नगरपालिकाका उपमेयर शुभावती कुर्मीले इँटा उद्योगमा बालश्रम रोक्न नगरपालिकाले योजना अगाडि बढाउने बताइन् । उपमेयर कुर्मी आफैँ पनि इँटा उद्योगकी सञ्चालिका हुन् ।

उद्योगमा काम गर्ने भारतीय कामदारका बालबालिका विद्यालय नगई उद्योगमा काम गर्ने अवस्थामा भेटिएको थियो । केही नेपाली बालबालिकासमेत बालश्रमिक रहेका छन् ।

उद्योगमा कोही नयाँ व्यक्ति देखियो भने यस्ता बालबालिकालाई रोक्न लगाउने र अरू बेला व्यवसायीले काममा लगाउँदै आएका छन् । बालबालिकाहरू काँचो इँटा ओसार्ने, माटो बोक्ने, फ्रेममा राखेर इँटा बनाउने जस्ता काममा प्रयोग हुने गरेका छन् ।

गत वर्ष दलित मानव अधिकार समितिले चारवटा पालिकामा गरेको सर्वेक्षणमा सात सय ५० भन्दा धेरै बालश्रमिक इँटा उद्योगमा कामदारको रूपमा फेला पारेको थियो । यस वर्ष त्यो संख्या घटेर पाँच सयको हाराहारीमा रहेको अध्यक्ष परियारले दाबी छ ।

यो पनि…
माटोमा हुर्किरहेको एउटा जीवन (फोटो फिचर)
२ लाख ८६ हजार बालबालिका अझै श्रमिक



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

Latest










Popular
Suggested