English

यु–१८ महिला साफ : जितको खोजिमा नेपाल



यु–१८ महिला साफ च्याम्पियन्ससिपको अन्तिम खेलमा आज नेपालले बंगलादेशविरुद्ध प्रतिस्पर्धा गर्दैछ । भारतको जम्सेदपुरमा हुने खेल नेपाली समयअनुसार बेलुका सवा सात बजेबाट सुरु हुनेछ ।

यसअघि भएको खेलमा बंगलादेशसँग ४–२ ले पराजित भएको नेपाल आज जितसहित प्रतियोगिताको सुखद् अन्त्य गर्न चाहन्छ ।

नेपाल, बंगलादेश र भारत सहभागी प्रतियोगितामा तीन खेल खेल्दासम्म नेपाल अंकविहीन छ । तालिकाको शीर्ष स्थानमा रहेको भारतले तीन खेलबाट नौ अंक जोडेको छ । यस्तै, दुई खेलबाट तीन अंक जोडेको बंगलादेश दोस्रो स्थानमा छ ।

डबल राउन्ड रोविन लिग पद्धतिमा भइरहेको प्रतियोगितामा सर्वाधिक अंक जोड्ने टोलीले च्याम्पियनसिपको उपाधि जित्नेछ ।

यसअघि भएको पहिलो खेलमा नेपाल भारतसँगै ७–० ले, दोस्रो खेलमा बंगलादेशसँग ४–२ ले र तेस्रो खेलमा भारतसँग ५–१ ले पराजित भएको थियो ।

यो पनि…
पारस दशककै सर्वोत्कृष्ट खेलाडी

एकदिवसीय र टी-ट्वान्टीका लागि टिममा को–को परे ?
पीएनजीविरुद्ध नेपालको सानदार जित
जगत टमाटा दशककै सर्वोत्कृष्ट प्रशिक्षक



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपाल क्रिकेट संघले युएईमा हुने यु-१९ एसिया कपमा सहभागी हुने टोलीलाई बिदाइ गरेको छ । नेपालले पहिलो खेल पाकिस्तानसँग मंसिर

एसीसी यू–१९ प्रिमियर कपको पहिलो खेलमा नेपालले इरानविरुद्ध २७४ रनको फराकिलो जित निकालेको छ । बिहीबार मलेसियामा भएको खेलमा नेपालले

नेपाली राष्ट्रिय क्रिकेट टिम यतिबेला भारतको नागपुरस्थित राजस्थान रोयल्सको एकेडेमीमा हाई परफरमेन्स प्रशिक्षण गरिरहेको छ । टी२० विश्वकपको एशिया क्षेत्र

नेपाल क्रिकेट संघ (क्यान) ले दुई वर्षका लागि आईएमई पेसँग टिकटिङ पार्टनरको सम्झौता गरेको छ । क्यानका सचिव पारस खड्का