English

यु–१८ महिला साफ : जितको खोजिमा नेपाल



यु–१८ महिला साफ च्याम्पियन्ससिपको अन्तिम खेलमा आज नेपालले बंगलादेशविरुद्ध प्रतिस्पर्धा गर्दैछ । भारतको जम्सेदपुरमा हुने खेल नेपाली समयअनुसार बेलुका सवा सात बजेबाट सुरु हुनेछ ।

यसअघि भएको खेलमा बंगलादेशसँग ४–२ ले पराजित भएको नेपाल आज जितसहित प्रतियोगिताको सुखद् अन्त्य गर्न चाहन्छ ।

नेपाल, बंगलादेश र भारत सहभागी प्रतियोगितामा तीन खेल खेल्दासम्म नेपाल अंकविहीन छ । तालिकाको शीर्ष स्थानमा रहेको भारतले तीन खेलबाट नौ अंक जोडेको छ । यस्तै, दुई खेलबाट तीन अंक जोडेको बंगलादेश दोस्रो स्थानमा छ ।

डबल राउन्ड रोविन लिग पद्धतिमा भइरहेको प्रतियोगितामा सर्वाधिक अंक जोड्ने टोलीले च्याम्पियनसिपको उपाधि जित्नेछ ।

यसअघि भएको पहिलो खेलमा नेपाल भारतसँगै ७–० ले, दोस्रो खेलमा बंगलादेशसँग ४–२ ले र तेस्रो खेलमा भारतसँग ५–१ ले पराजित भएको थियो ।

यो पनि…
पारस दशककै सर्वोत्कृष्ट खेलाडी

एकदिवसीय र टी-ट्वान्टीका लागि टिममा को–को परे ?
पीएनजीविरुद्ध नेपालको सानदार जित
जगत टमाटा दशककै सर्वोत्कृष्ट प्रशिक्षक



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अग्रणी ब्याट्री उत्पादक कम्पनी एशियन ब्याट्री लिमिटेडले राष्ट्रिय क्रिकेट टोलीका स्टार खेलाडी दिपेन्द्र सिंह ऐरीलाई आफ्नो आधिकारिक ब्राण्ड एम्बेसडरको

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

फागुन ९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिस्थित सिवाः सायमि खलःले मानन्धर फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं उपत्यका लगायत

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

Latest










Popular
Suggested