गायक प्रशान्त र रविनको ‘बिरानो सहर’ आउँदै



गायक प्रशान्त मिस्ट र रविन बरालको नयाँ सांगीतिक कोसेली ‘बिरानो सहर… ’, छिट्टै दर्शकश्रोता माँझ आउँने भएको छ । रक ब्लुज शैलीको गीत हालै समीट होटल तथा पाटन दरबार स्क्वायर क्षेत्रमा छायांकन गरिएको हो ।

भिडियोमा आदित्य सिंह ठकुरी र सुप्रिया थापाको मुख्य अभिनय छ । शीतल बस्नेत, मनिसा चित्रकार, काजोल चौधरी, युनिसा खत्री र रनिसा खड्गी समेत भिडियोमा देखिनेछन् । गायक बरालको शब्द रहेको भिडियो सम्पादन तथा निर्देशन प्रशान्त मिस्टले गरेका हुन् । त्यस्तै गीतको व्यवस्थापन दीपेश सिंहले गरेका हुन् भने मेकअप राजु वाइबाले गरेका हुन् ।

डेढदसकअघि ‘चोखो माया… ’, बोलको गीतबाट सांगीतिक कदम चालेका मिस्टका अहिलेसम्म दर्जन बढी गीत बजारमा आइसकेका छन् ।

यिनका ‘छैन ’, ‘जति टाढा ’, ‘चाहेको मैले ’, ‘स्पर्श ’, ‘टुगेदर फर द नेशन ’, ‘खोजी हेर ’, लगायतका गीत सार्वजनिक छन् । गायक बरालका पनि आधा दर्जनबढी गीत बजारमा आइसकेको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपाली साङ्केतिक भाषाको क्षेत्रमा शिलु शर्मा परिचित नाम हो । साङ्केतिक भाषा विज्ञका रुपमा सक्रिय शर्मा नेपाल टेलिभिजनका पर्दामार्फत साङ्केतिक

आउँदो जेठ २६ गते देशभर रिलिज हुन लागेको फिल्म ‘नीरफूल’ को शुक्रबार ट्रेलर सार्वजनिक गरिएको छ । २०७२ को महाभुकम्प

छोराछोरीको छुट्टी भा’छ यसपाली न्यु इयरमा पोखरा जाऔँ है राजा, यति भनिसक्दा नसक्दै उसले श्रीमतीतिर हेर्यो र भन्यो के भनेकी

नेपाली सङ्गीत क्षेत्रमा क्रियाशील संस्था विन्ध्यवासिनी म्युजिक प्रा.लि.ले ‘प्रेमध्वज संगीत रत्न सम्मान २०७९’ युवा गायक तथा सङ्गीतकार भबिन ढुङ्गानालाई प्रधान