बैंक तथा वित्तीय संस्थामा तरलताको संकट, घरजग्गाको कारोबारमा बहार
बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव कायमै भए पनि घरजग्गाको कारोबारमा भने कुनै प्रभाव नपरेको देखिन्छ । गत फागुन महिनाको विवरण हेर्ने हो भने बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव पनि छ र ? भन्ने जस्तो तथ्य देखिन्छ ।
नेपाल राष्ट्र बैंकले चालु आवको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत घर जग्गाको कारोबारमा कडाइ गरे पनि अवस्था त्यस्तो नभएको पाइएको छ । भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार फागुन महिनामा मात्रै ७४ हजार ३६ लिखत पारित भएको छ ।
यस्तै घर जग्गाको नामसारी मात्रै पाँच हजार नौ वटा भएका छन् । संशोधनतर्फ कूल चार हजार ५३९, हाल साविकतर्फ दुई हजार ६९३, घर जग्गा रोक्कातर्फ ३६ हजार ५७२ र फुकुवातर्फ कूल २४ हजार ७४९ रहेको विभागको विवरण छ ।
घर जग्गाको सबै विवरण हेर्दा फागुन महिनामा मात्रै एक लाख ६२ हजार ६७८ काम भएका देखिन्छ । गत माघमा कूल एक लाख ३२ हजार ५३ वटा घर जग्गाको काम भएको देखिन्छ । यस आधारमा पनि माघको तुलनामा फागुनमा बढी काम भएको स्पष्ट हुन जान्छ ।
गत माघमा कूल ५९ हजार ५१६ वटा लिखत पारित भएका थिए । यस्तै घर जग्गाको नामसारीतर्फ चार हजार २७७ वटा थिए । संशोधनतर्फ तीन हजार ६२२, हाल साविक दुई हजार १४९, रोक्का ३० हजार ९८७ र फुकुवातर्फ १८ हजार ६७६ वटा भएका थिए ।
बैंक तथा वित्तीय संस्थाले कर्जा दिएनन् वा कारोबार भएन भन्ने विषयलाई यो तथ्याङ्कले भने अस्वीकार गरेको जस्तो देखिन्छ । विभागको विवरणअनुसार फागुन महिनामा घर जग्गाको कारोबारबाट मात्रै छ अर्ब २६ करोड १६ लाख १० हजार १०५ बराबरको राजस्व संकट भएको छ ।
रजिष्ट्रशन दस्तुरबाट तीन अर्ब ७८ करोड ११ लाख ८६ हजार ७९९ , अतिरिक्त शुल्कबाट चार लाख दुई हजार ५४५ पूँजीगत लाभकरबाट एक अर्ब ४४ करोड ४६ लाख तीन हजार तीन बराबरको राजश्व उठाइएको छ ।
सो महिना मात्रै घर जग्गाको कारोबारमा ५५ करोड ६५ लाख ९४ हजार ४०९ बराबरको छुट समेत पाएका छन् । बागमतीतर्फ मालपोत कार्यालय चावहिलमा फागुन महिनामा ३८ करोड ३५ लाख ९८ हजार, मालपोत कार्यालय डिल्लीबजारले ४५ करोड ३२ लाख छ हजार ३५३ बराबरको राजस्व संकट गरेको छ ।
बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव कायमै भए पनि घरजग्गाको कारोबारमा भने कुनै प्रभाव नपरेको देखिन्छ । गत फागुन महिनाको विवरण हेर्ने हो भने बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव पनि छ र ? भन्ने जस्तो तथ्य देखिन्छ ।
मालपोत कार्यालय कलङ्कीले ३९ करोड १६ लाख ८५ हजार ५०२, मालपोत कार्यालय साँखुले १५ करोड ७४ लाख ८० हजार ५१२, मालपोत कार्यालय मनमैजुले १३ करोड २९ लाख ३२ लाख ७५६, मालपोत कार्यालय टोखाले ११ करोड २९ लाख २४ हजार ४१९ बराबरको राजस्व संकलन गरेको छ ।
यस्तै काठमाडौं उपत्यकामा सबैभन्दा बढी लखनखेल मालपोत कार्यालयले बढी राजस्व संकलन गरेको छ । विभागको विवरण अनुसार लखनखेल मालपोतले ५४ करोड २२ लाख ११ हजार १३९ बराबरको राजस्व संकलन भएको छ ।
यस्तै, मालपोत कार्यालय बाँकेले ११ करोड २३ हजार ४०९,मालपोत कार्यालय कास्कीले १२ करोड ४५ लाख ३० हजार ९९२, मालपोत कार्यालय चितवनले १६ करोड २८ लाख ३४ हजार ८७७ बराबरको राजस्व संकलन गरेको छ ।
विभागका अनुसार मालपोत कार्यालय रुपन्देहीले नौ करोड १९ लाख २६ हजार ३२४, मापलपोत कार्यालय चन्द्रौटाले तीन करोड ३५ लाख ८४ हजार ३३८ बराबरको राजस्व संकलन गरेको छ ।
केही मालपोत कार्यालयले भने मुख्यमन्त्री स्वच्छता अभियान कोष शुल्कमार्फत पनि राजस्व संकलन गरेको छ । त्यसमा सप्तरीको राजविराज र कञ्चनपुर, सिराहाका दुई मालपोत कार्यालय, जनकपुरधाम, जलेश्वर, महोत्तरी, सर्लाहीका तीन मालपोत कार्यालयले मुख्यमन्त्री स्वच्छता अभियान कोषमार्फत रकम संकलन गरेको छ ।
प्रदेश नं २ का रौतटह, बारा, पर्साका मालपोत कार्यालयमासमेत सो कोषमार्फत घर जग्गाको कारोबार गर्दा रकम संकलन गरिएको छ । त्यसबापत चार करोड २९ लाख ५१ हजार ७९४ बराबरको रकम संकलन भएको छ ।
यो पनि…
फलफूलमा परनिर्भरता चुलिँदै, कुन देशबाट कति आयात ?
मदिरा बजार व्यवस्थित गरे आत्मनिर्भर हुन गाह्रो छैन
मासुमा आत्मनिर्भर बन्न खसी–बोकाको उत्पादन बढाए पुग्ने
आलुमा आत्मनिर्भर हुन ३ लाख ४१ हजार मेट्रिक टन खाँचो










995BDT_one
Hi there folks! Let me share https://995bdt1.com/ It's a fresh gaming site called 995BDT. No deposit needed every day. Takes 2 minutes to start. Open the site and see for yourself. Have fun!