English

रूस झन् आक्रामक



युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अर्थपूर्ण शान्ति र सुरक्षा वार्ताका लागि आह्वान गरिरहेका बेला रूस झन् आक्रामक देखिएको छ ।

दक्षिणी युक्रेनको जापोरिज्जियामा रूसी सेनाको गोलाबारीमा कम्तिमा ९ जनाको मृत्यु भएको छ । गोलाबारीमा १७ जना घाइते भएका त्यहाँका उपमेयरले जनाएका छन् ।

गोलाबारीपछि जापोरिज्जियामा ३८ घन्टा कर्फ्यू घोषणा गरिएको छ । सो क्षेत्रमा मोटार्स, ट्यांक, हेलिकोप्टर, रकेटमार्फत रूसी सेनाले हमला गरेको प्राप्त विवरणहरूमा जनाइएको छ ।

राष्ट्रपति जेलेन्स्कीले बिलम्ब नगरी अर्थपूर्ण वार्ता गर्न आह्वान गर्न गरिरहेका बेला रूसी सेनाले तीव्र हमला गरिरहेको छ । २४ फेब्रुवरीदेखि भएको रूसी हमलामा सयौँ मारिएका छन् भने २५ लाख विस्थापित भएका छन् ।

यसैबीच रूसी सेना युक्रेनको हमलामा परेको मारिओपोलमा ८० प्रतिशत संरचना ध्वस्त भएका छन् । सो शहरमा अहिले पनि लडाइँ भइरहेको छ । ध्वस्त भएका छन् । सो शहरमा अहिले पनि लडाइँ भइरहेको छ । शहरमा युद्धको असर नदेखिने एउटा पनि ठाउँ नरहेको सो शहरमा युद्धको असर नदेखिने एउटा पनि ठाउँ नरहेको सो शहरका मेयरले बताएको बीबीसीले जनाएको छ ।

रूसी हमलाको अन्तरिक्षमा छैन असर

युक्रेन संकटलाई लिएर सुरुदेखि नै अमेरिका विवादमा तानिएको छ । युक्रेनमा २४ फेब्रुवरीमा रूसले हमला गरेदेखि नै अमेरिका र ऊ नेतृत्वको पश्चिमा गठबन्धनले रूसको चर्को विरोध गर्दै आएको छ । रूसविरुद्ध लड्न अमेरिकाले युक्रेनलाई सैन्य हतियारलगायका सहयोग प्रदान गर्दै आएको छ ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अर्थपूर्ण शान्ति र सुरक्षा वार्ताका लागि आह्वान गरिरहेका बेला रूस झन् आक्रामक देखिएको छ ।

त्यस्तै युक्रेन हमला रोक्न बारम्बार चेतावनी दिँदै सोही बहानमा रूसमाथि विभिन्न प्रतिबन्ध लगाएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले रूसी समकक्षीलाई ‘युद्धअपराधी’ भनेर व्यक्तिगत रूपमै रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको आलोचना गरेका छन् ।

निश्चय नै युक्रेन हमलालाई लिएर पृथ्वीमा अमेरिका र रूसबीच तनाव छ । तर अन्तरिक्षमा भने यी देशबीचको दोस्ती उत्तिकै छ जति पहिला थियोअर्थात युक्रेन तनाबले अमेरिका र रूसी अन्तरिक्षयात्रीलाई खासै असर गरेको छैन । अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आइएसएस) मा उनीहरू निकट भएर काम गरिरहेका छन् ।

रूस र अमेरिकाले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनको नजिकको सीमामा सँगै काम गरिरहेका छन् । तीन रूसी अन्तरिक्ष यात्रीहरू– कमाण्डर ओलेग आर्तमेभ, डेनिस मातभिभ र सर्गेई कोर्साकोभ साढे छ महिनाको मिसनमा शुक्रबार सुरक्षित रूपमा उत्रिएको छ ।

आइएसएसमा अमेरिका, रूस र अन्य देशहरूबीच २३ वर्षदेखि सहकार्य हुँदै आएको छ । तीनै जना रूसी अन्तरिक्षलाई कारिन्दाको एउटा समूहले भव्य स्वागत गरेको थियो । समूहमा चारजना अमेरिकी, दुई रूसी र एक जर्मनीका छन् ।

८४७ सर्वसाधारण मारिए

युक्रेनमा जारी रूसी हमलाका कारण अहिलेसम्म ८४७ सर्वसाधारण मारिएका छन् । राष्ट्रसंघीय मानवअधिकार उच्चायोग (ओएचसीएचआर) ले जारी युद्धमा १८ मार्चसम्म उनीहरू मारिएको जनाएको छ ।

अधिकांश हताहतहरू बिस्फोटक हतियारहरू जस्तै तोपखाना र रकेट प्रणालीहरू, मिसाइल र हवाई हमलाहरूबाट भएको जनाइएको छ ।

देशमा ठूलो अनुगमन टोली भएको ओएचसीएचआरले युद्ध प्रभावित केही शहरहरूबाट हताहतको रिपोर्टहरू प्रमाणित गर्न बाँकी रहेको वास्तविक मृतकको संख्या यो भन्दा धेरै हुने जनाएको छ ।

रूसी सेनाले २४ फेब्रुवरीदेखि युक्रेनमा हमला गरिरहेको छ । युद्धका कारण २५ लाखभन्दा बढी मानिस युक्रेन छाडेर छिमेकी देशहरूमा शरण लिइरहेका छन् ।

यो पनि…
रूस–युक्रेन द्वन्द्व : ८० प्रतिशत भवन क्षतिग्रस्त
अर्थपूर्ण शान्ति र सुरक्षा वार्ताका लागि जेलेन्स्कीको आह्वान

युक्रेनबाट २० लाख मानिसहरू पुगे पोल्यान्ड
युद्धको असर : युक्रेन र रूसमा महासङ्कट



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सुशील सुवेदी१९ साउन , स्याङ्जावालिङ नगरपालिकाका किसानले अब आफ्ना तरकारी तथा कृषि उपज बोकेर बजार धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

साउन १९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिमा आउँदो साउनको अन्तिम सातादेखि जग्गाधनी पुर्जा वितरण गरिने भएको छ । लामो समयदेखि

काठमाडौं । महाकाव्यका गम्भीर भाव, राष्ट्रिय चेतना, मातृभूमिप्रतिको समर्पण र मानवीय संवेदनालाई संगीतको मधुर लयमा बाँध्दै श्रोतामाझ पुर्‍याउने उद्देश्यले तयार

Latest










Popular
Suggested