English

रुपन्देही सुपर लिग : खुकरी क्लबलाई सफलता



नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिताको शनिबार सम्पन्न खेलमा लुम्बिनी खुकुरी क्लबले सफलता पाएको छ । सुपर फोरको पहिलो खेलमा मेलवर्न क्रिकेट क्लब एमसीसीलाई ९१ रनले पराजित गर्दै लुम्बिनी खुकुरी क्लबले आगामी यात्रा निश्चित गरेको हो ।

रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवाको सिद्धार्थ रंगशालामा जारी खेलमा सुरुवाती ब्याटिङ गरेको लुम्बिनी खुकुरीले निर्धारित ५० ओभरको खेलमा ४४ दशालव एक ओभरमा एक सय ५३ रन बनाएको थियो । जसका लागि शंकर रानाले ५७, दुर्गेश गुप्ताले १९ र धिरज शाहीले १६ रन बनाए भने एमसीसीका रोशनलाल गुप्ताले चार, रमेश कुर्मी, सन्तोस यादव र सबिन शाक्यले समान दुई विकेट लिए ।

एक सय ५४ रनको लक्ष्य पाएर जवाफी ब्याटिङमा उत्रेको एमसीसी २४ ओभरमै समेटिएर ६२ रन मात्र जोड्न सक्यो । सबै विकेट गुमाएर लक्ष्यमा पुग्न नसकेको एमसीसीले ९१ रनान्तरले हार ब्यहोर्नुपर्‍यो । जसका लागि रोसनलाल गुप्ताको एकल प्रयासमा सर्वाधिक २८ र सुशान्त थापाले १२ रनको योग्दान गरे ।

टिमका लागि अन्य कुनै खेलाडीले दोहोरो अंकमा रन जोड्न नसकेपछि हारको सामना गर्नुपर्‍यो । दुर्गेश गुप्ताले चार, अजयकुमार चौहानले तीन र लालबहादुर अधिकारीले दुई विकेट लिए । शनिबारको खेलमा लुम्बिनीका दुर्गेश गुप्ता म्यान अफ द म्याच बने । आइतबार बुद्ध क्रिकेट क्लब र वेस्टर्न क्लबबीच प्रतियोगिता हुने संघका सचिव संजय गुरुङले जानकारी दिए ।

यो पनि…
५८ घण्टा २५ सकेन्डमै पार गरे मेघराजले ४०८ किलोमिटर



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अग्रणी ब्याट्री उत्पादक कम्पनी एशियन ब्याट्री लिमिटेडले राष्ट्रिय क्रिकेट टोलीका स्टार खेलाडी दिपेन्द्र सिंह ऐरीलाई आफ्नो आधिकारिक ब्राण्ड एम्बेसडरको

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

फागुन ९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिस्थित सिवाः सायमि खलःले मानन्धर फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं उपत्यका लगायत

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

Latest










Popular
Suggested