English

यसरी मनाइयो तराईमा होली (फोटो फिचर)



रङको पर्व होली आज हर्षोल्लासका साथ तराईमा मनाइएको छ । एकले अर्कालाई रङ र अबिर दलेर यो पर्व मनाइएको हो । यो पर्व विभिन्न उमेर समूहका मानिसले समूह बनाएर मनाउने प्रचलन छ । बालबालिकाले पिचकारी खेलेर पर्वको रौनक अझ बढाएको पाइएको छ ।

सुनसरी सदरमुकाम– २ स्थित सुनसरी मिडिया प्रालिद्वारा सञ्चालित पपुलर एफएमले होलीको अवसरमा आयोजना गरेको कार्यक्रममा स्थानीय कलाकार जोगिराको ताल मिलाए । सोही कार्यक्रममा एकापसमा रङ्ग र अबिर लगाएर होली पर्व मनाए ।

यसैगरी घोराही– १५, भरतपुरका बच्चा, युवायुवतीले एकापसमा रङ्ग लगाएर रमाइलो गरे । होलीकै अवसरमा सप्तरीको राजविराज– ३ स्थित सर्वोदय टोलमा सर्वसाधारणले नचा गान सहित होली मनाए ।

विराटनगर –११ मा पनि बालबालिका होली खेलेर मनोरञ्जन लिए । यसैगरि पश्चिम नेपालमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ का थारु समुदायका व्यक्ति होलिका जलाएर आफ्नो तौरतरिकाले होली मनाए ।

रङ्गहरूको पर्व होली हिजो काठमाडौँलगायत पहाडी जिल्लामा मनाइयो भने आज तराईमा मनाइँदै छ । तराईमा कतै कतै तीनसम्म होली मनाइन्छ ।

यो पनि…
रङ्गहरूको पर्वमा रंगियो राजधानी (फोटो फिचर)

काठमाडौँ फागु उत्सव (फोटो फिचर)



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested