English

यी बलिउड चलचित्र, जसमा छन् लामा चुम्बनका दृश्य



बलिउड फिल्मको चर्चा हरेक ठाउँमा हुने गर्दछ । फिल्ममा रोमान्स हुनु कुनै नौलो कुरा होइन । बलिउडका केही फिल्म लामा चुम्बन दृश्यका कारण पनि चर्चामा आउने गर्दछन् ।

सन् २०१६ मा रिलिज फिल्म ‘फितूर’मा आदित्य रोय कपुर र कटरिना कैफको चुम्बन दृश्य सामाजिक सञ्जालमा चर्चाको विषय बनेको थियो । फिल्मको यो चुम्बन दृश्य करिब तीन मिनेटको थियो ।

फिल्म ‘मर्डर’मा इमरान हासमी र मल्लिका शेरावतको चुम्बन दृश्य सायद कसैले बिर्सिएका छैनन् । उनीहरूले पनि यो फिल्ममा निकै लामो चुम्बन दृश्य दिएका थिए ।

ऋतिक रोशन र कटरिना कैफको फिल्म ‘जिन्दगी ना मिलेगी दोबारा’ मा उनीहरूको एक किसिङ दृश्य थियो । वास्तविक रुपमा यो दृश्य करिब तीन मिनेटको थियो । तर, निर्माताहरूले दृश्य लामो हुने भन्दै काटेका थिए ।

आमीर खान र करिश्मा कपुरको अभिनय रहेको फिल्म ‘राजा हिन्दुस्तानी’को एक चुम्बन दृश्य पनि लामो चुम्बन दृश्यमा समावेश छ । फिल्ममा एक रुखको मुनि पानी परिरहेको बेला आमीर र करिश्माले करिब डेढ मिनेटसम्म चुम्बन गरेका थिए ।

रणवीर सिंह र अनुष्का शर्माले फिल्म ‘बेण्ड बाजा बारात’मा झण्डै एक मिनेटको चुम्बन दृश्य दिएका थिए । अभिनेता हिमांशु रोय र अभिनेत्री देविका रानीले फिल्म ‘नागनकी रागिनी’मा करिब चार मिनेटको चुम्बन दृश्य दिएका थिए । त्यो समयमा यो फिल्म निकै विवादमा पनि आएको थियो ।

यो पनि…
होली मनाउनुस्, संयमित हुनुस्
खुसी साटासाट गरी मनाइँदै होली



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

अहिले होली पर्वलाई भाङ खाने, मदिरापान गर्ने, होहल्ला गर्ने गरेर मनाउन थालिएको छ । यसले यो पर्वको महत्वलाई भुलाउदै नराम्रो

सहरका स्थानीय रैथाने चिनियाँ नयाँ वर्षको उमंगमा उर्लिरहेका बेला गत आइतबार हङकङेली नेपालीहरूको लामै लर्को भने युङ लङ थिएटरतर्फ सोझिएको

नेवार समुदायले मनाउने यःमरि पुन्हि अर्थात योमरी पूर्णिमा र ज्यापु दिवस आज मुलुकभर उल्लासका साथ मनाईदैछ । हरेक वर्ष धान्य