English

अमेजनले तिर्यो ‘लाइगर’ लाई ६० करोड



साउथ सुपरस्टार विजय देवरकोन्डाको बहुप्रतिक्षित फिल्म ‘लाइगर’ लाई लिएर दर्शकमाझ छुट्टै उत्साह छ । यही फिल्मबाट विजयले बलिउडमा पाइला चाल्दैछन् । विजयलाई हिन्दी दर्शकले फिल्म ‘अर्जुन रेड्डी’का कारण चिन्दछन् । जुन फिल्म बक्सअफिसमा सुपरहिट साबित भएको थियो ।

हालै मात्र फिल्मका निर्माताले फिल्मको डिजिटल राइट अमेजन प्राइम भिडियोलाई बेचेका छन् । उनीहरूले ६० करोड रुपैयाँमा फिल्म बिक्री गरेका हुन् । फिल्मका निर्माताहरूले ८० करोड माग गरे पनि अमेजन भने ६० करोडबाट अगाडि बढ्न चाहेन । यो फिल्म पहिला थिएटरमा रिलिज हुनेछ । त्यसपछि मात्र निर्माताले यसलाई ओटीटीमा रिलिज गर्ने बताइएको छ ।

फिल्म ‘लाइगर’ मा विजयसँगै अभिनेत्री अनन्या पाण्डेको अभिनय छ । फिल्मको सेटबाट केही समयअघि दुवैको तस्बिर सार्वजनिक भएको थियो । जसमा दुवैजना स्टन्ट गरिरहेको देख्न सकिन्छ ।

फिल्ममा विजय र अनन्याका अलावा माइक टाइसन पनि देखिँदैछन् । माइकले केही दिनअघि फिल्मको लागि सुटिङ पूरा गरेका थिए । फिल्ममा माइकको स्पेसल केमियो हुनेछ । फिल्ममा विजयले माइकबाट प्रभावित बक्सरको भूमिका निभाउँदैछन् ।

यो पनि
अनुपम खेरले सार्वजनिक गरे ‘उचाइ’ लुक्स
ओटीटीमा ‘अन्तिमः द फाइनल ट्रुथ’को रेकर्ड



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । महाकाव्यका गम्भीर भाव, राष्ट्रिय चेतना, मातृभूमिप्रतिको समर्पण र मानवीय संवेदनालाई संगीतको मधुर लयमा बाँध्दै श्रोतामाझ पुर्‍याउने उद्देश्यले तयार

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

जमुना शाही ठकुरी एक फेसन डिजाइनरको विद्यार्थी मात्र नभईकन आफूलाई कलाकारितामा पनि हुमिँदै छिन्। सानैदेखि कलाकारितामा रुचि राख्दै उनी आफ्नो

Latest










Popular
Suggested