English

ओटीटीमा ‘अन्तिमः द फाइनल ट्रुथ’को रेकर्ड



बलिउड अभिनेता सलमान खान र आयुष शर्मा एकसाथ फिल्म ‘अन्तिमः द फाइनल ट्रुथ’मा देखिएका थिए । यो फिल्म गत वर्षको २६ नोभेम्बरमा थिएटरमा रिलिज भएको थियो । फिल्मले बक्स अफिसमा राम्रो प्रतिक्रिया पाए पनि कलेक्सन भने औषत थियो ।

थिएटरमा रिलिजको करिब एक महिनापछि २४ डिसेम्बरमा यसलाई ओटीटी प्लेटफर्म जीमा स्ट्रिम गरियो । फिल्मले ओटीटी प्लेटर्फममा पनि उत्तिकै राम्रो प्रतिक्रिया पाएको छ ।

फिल्मले ओटीटीमा नयाँ रेकर्ड बनाएको छ । यो फिल्म जीमा बिना रोकावट र विना कुनै ग्याप लगातार ३७ करोड मिनेटसम्म स्ट्रिम भएको छ । यो आफैंमा एक दमदार रेकर्ड हो । पछिल्लो केही समययता ओटीटीमा रिलिज भएका फिल्मले यस्तो रेकर्ड बनाएका थिएनन् ।

अक्षय कुमार, सारा अली खान र धनुषको फिल्म ‘अतरंगी रे’ले पनि पहिलो दिन डिज्नी प्लस हटस्टारमा सबैभन्दा बढी स्ट्रिम हुने रेकर्ड बनाएको थियो । तर, यो रिलिजको २४ घण्टाको रेकर्ड थियो ।

यसैगरी कार्तिक आर्यनको ‘धमाका’लाई स्ट्रिम गरिएको थियो । दर्शकले यो फिल्मलाई निकै मन पराएका थिए । तर, कसैले पनि सलमानको फिल्म जस्तो रेकर्ड कायम गर्न सकेनन् ।

फिल्म ‘अन्तिम’मा अभिनेता महेश माञ्जरेकरको निर्देशन छ । यो फिल्म सन् २०१८ मा रिलिज मराठी फिल्म ‘मुल्सी पेटर्न’को रिमेक हो । यसमा किसानको छोरालाई ग्याङस्टार बनेको देखाइएको छ । फिल्ममा सलमानले इमानदार प्रहरी र आयुषले ग्याङस्टारको भूमिका निर्वाह गरेका छन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

काठमाडौं । महाकाव्यका गम्भीर भाव, राष्ट्रिय चेतना, मातृभूमिप्रतिको समर्पण र मानवीय संवेदनालाई संगीतको मधुर लयमा बाँध्दै श्रोतामाझ पुर्‍याउने उद्देश्यले तयार

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

Latest










Popular
Suggested