English

बलिउड : रजनीकान्तले फिल्मको सर्वोच्च पुरस्कार पाउने



दक्षिण भारतका सुपरस्टार रजनीकान्तलाई दादा साहेब फाल्के अवार्ड २०१९ बाट सम्मान गरिने भएको छ । बिहीवार केन्द्रीय सूचना र प्रसारण मन्त्री प्रकाश जावडेकरले यसको घोषणा गरेका भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

अभिनेतालाई फिल्म इण्डस्ट्रीमा पुर्याएको योगदानका लागि यो अवार्ड दिन लागिएको हो । उनलाई ५१ औँ दादा साहब फाल्के अवार्ड ३ मेमा दिइनेछ । उनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोसल मिडियाबाट शुभकामना दिएका छन् ।

रजनीकान्तको राजनीतिमा आउने सपना भने अधुरो भएको छ । उनले जम्मा २६ दिनको राजनीति गरेका छन् । ७० वर्षका उनले ३ डिसेम्बरमा नयाँ पार्टी बनाउने घोषणा गरेका थिए । उनको बास्तविक नाम शिवाजी राव गायकवाड हो ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

काठमाडौं । महाकाव्यका गम्भीर भाव, राष्ट्रिय चेतना, मातृभूमिप्रतिको समर्पण र मानवीय संवेदनालाई संगीतको मधुर लयमा बाँध्दै श्रोतामाझ पुर्‍याउने उद्देश्यले तयार

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

Latest










Popular
Suggested