English

आयरल्याण्डमा किन पाईंदैन सर्प ?



ब्राजिलमा धेरै सर्प पाइन्छ । यतिसम्म कि तपाईले सारा विश्वमा देखेका जति सर्प त्यहाँ देख्न सक्नुहुन्छ । तर संसारमा एउटा यस्तो देश पनि छ, जहाँ सर्प नै पाईंदैन ।

प्रतीकात्मक तस्वीर

आयरल्याण्ड विश्वमा सर्प नपाउने एकमात्र देश हो । आयरल्याण्डमा मानव जाती हुने प्रमाण १२८०० ई.पू.देखि पहिले मानिन्छ । त्यहाँ एउटा बार सन् ९०० मा खुलेको थियो । र यो आज पनि चलिरहेको छ । यसको नाम सीन्स बार रहेको छ । विश्वको सबैभन्दा ठूलो जहाज टाइट्यानिक १४ अप्रिल १९१२ मा समुन्द्रमा डुबेको थियो ।

टाइटैनिक जहाज

यो जहाजलाई उत्तरी आयरल्याण्डको बेलफास्ट शहरमा बनाइएको थियो । यी थिए आयरल्याण्डसँग जोडिएका रोचक रहस्य । अब कुरा गरौँ आखिर आयरल्याण्डमा किन पाईंदैन त सर्प ? यसको पछि एउटा पौराणिक कहानी छ । भनिन्छ, आयरल्याण्डमा ईसाई धर्मको सुरक्षाका लागि सेन प्याट्रिक नामक एक सन्तले एकैपटक देशमा भएका सबै सर्पलाई घरेको थिए । र समुन्द्रमा फालिदिएका थिए । उनले ४० दिन भोको पेट बसेर यो काम गरेका थिए । तर वैज्ञानिकले भनेँ आयरल्याण्डमा सर्प नै नभएको बताएका छन् ।

प्रतीकात्मक तस्वीर

जीवाश्म अभिलेख रेकर्डमा यस्ता केही पनि रेकर्ड छैनन् । आयरल्याण्डमा सर्प भएको रेकर्ड नभएकाले पनि वैज्ञानिकहरु यो कुरालाई स्विकार्छन् कि, त्यहाँ कहिल्यै सर्प थिएनन् । मानिसहरु भने त्यहाँ पहिला सर्प पाइने तर अत्याधिक चिसोका कारण मरेको बताउँछन् ।

प्रतीकात्मक तस्वीर



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालका जंगलमा विरलै मात्र पाइने मकुना (दाह्रा नभएका हात्ती) पहिलोपटक चितवनको सौराहामा भेटिएको छ । भाले भए पनि दाह्रा नभएको

विश्वमै दुर्लभ मानिएको सेतो रंगको गिद्ध पहिलोपटक नेपालमा भेटिएको छ । नवलपुरको गिद्ध जटायु रेस्टुरेन्टमा देखिएको हिमाली गिद्ध निख्खर सेतो

भारतलाई आस्थाको देश पनि मानिन्छ । जहाँ हरेक धर्मका मानिसहरू बस्छन् । त्यहाँ अनगिन्ती मन्दिर र मस्जिदहरू छन्। त्यी मध्ये

संसारमा लाखौँ रहस्यहरू छन्, जसको बारेमा आजसम्म मानिसले थाहा पाउन सकेका छैनन्। शताब्दीयौंदेखि मानिसले यी रहस्यहरूबारे जान्न खोज्दै आएका छन्,