English

चिन्ता कम गर्न व्यायाम प्रभावकारी



व्यायामले हाम्रो शारीरिक तथा मानसिक स्वास्थ्यमा सुधार गर्छ । जर्नल अफ अफेक्टिभ डिसअर्डर्समा प्रकाशित एक अध्ययनले चिन्ताका लक्षणहरू कम गर्न व्यायाम प्रभावकारी हुने पत्ता लगाएको छ । व्यायाम कम होस् वा बढि यो हाम्रो मस्तिष्कको लागि हरेक अवस्थामा फाइदाजनक हुने वैज्ञानिकहरूको विश्वास छ ।

अनुसन्धान

यस अनुसन्धानमा चिन्ताबाट पीडित २८६ बिरामीलाई समावेश गरिएको थियो । तिनीहरूको औसत उमेर ३९ वर्ष थियो । तिनीहरूमध्ये ७० प्रतिशत महिलाहरू थिए । ५० प्रतिशत विगत १० वर्षदेखि चिन्ताको चपेटामा परेका थिए । अनुसन्धानका क्रममा सबै मानिसलाई विभिन्न समूहमा विभाजन गरिएको थियो ।

१२ हप्ताको अनुसन्धानको लागि केही मानिसहरूलाई दैनिक हल्का व्यायाम गराइयो भने कसैलाई भारी काम गर्न लगाइयो । यस क्रममा सबै मानिसको मुटुको धड्कन र शरीरमा हुने अन्य परिवर्तनको अनुगमन गरिएको थियो ।

वैज्ञानिकहरूले कम र धेरै व्यायामले बिरामीहरूको चिन्ता कम भएको पत्ता लगाए । व्यायामको तीव्रताको बावजुद यसले चिन्ताका लक्षणहरूलाई धेरै हदसम्म कम गर्न मद्दत गर्दछ ।

व्यायामले डिप्रेसनका लक्षणहरू पनि कम गर्न सक्छ

केही वैज्ञानिकहरूले अनुसन्धानमा व्यायामले डिप्रेसनका लक्षणहरू पनि कम हुने दाबी गरेका छन् । यद्यपि अहिलेसम्म वैज्ञानिकहरूले गम्भीर मानसिक रोगबाट पीडित व्यक्तिहरूलाई व्यायामले कसरी फाइदा पुर्‍याउँछ भनेर बुझ्न भने सकेका छैनन् ।

यो पनि…
यसरी बढ्दै छ हृदयाघातको जोखिम

कान चिलाउँछ ? हुनसक्छ यस्तो गम्भीर असर



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

छालामा देखिने धेरै किसिमका समस्याहरूलाई हामी नजरअन्दाज गर्दै आएका छौँ । तर मौसममा परिवर्तन आउने बित्तिकै शरीरमा पर्ने पहिलो प्रभाव

दिमागको रक्तनली बन्द हुनु अथवा नली फुटेर रगत बाहिर बग्नुलाई मस्तिष्कघात अथवा स्ट्रोक भनिन्छ । यस्तो अवस्थामा शरीरको आधा भागलाई

हेल्मेट मोटरसाइकल चालकको टाउकोको सुरक्षा कवच हो । बजारमा स्टाइलिस मोटरसाइकल मात्र होइन, स्टाइलिस हेल्मेटको क्रेज पनि उत्तिकै छ ।

आफ्नो बिमारी साथीलाई कुरुवा बस्न महाराजगञ्ज स्थित शिक्षण अस्पताल पुगेका ज्ञानबहादुर लामाको टि–सर्टमा रगतको छिटा देखेपछि अस्पतालमा कार्यरत एक नर्सले