English

अवधि सकिनै लाग्दा बुटवल–नारायणगढ सडक अस्तव्यस्त



निर्माणाधीन बुटवलनारायणगढ सडक निर्माणको अवधि लम्बिने भएको छ । अत्यन्तै सुस्त गतिमा काम भएका कारण तोकिएको समयमा सडक निर्माण पूरा नहुने भएको हो ।

सडक निर्माण शुरु भएको तीन वर्ष नाघिसक्दा पनि १५ प्रतिशत मात्र प्रगति भएको छ । जबकि, सडक निर्माणको अवधि साढे तीन वर्ष तोकिएको थियो ।

आयोजना प्रमुख प्रदीप शाक्यका अनुसार कोरोना महामारी, रूख काट्न ढिलाइ लगायतका कारणले गर्दा सडक निर्माण लम्बिने अवस्थामा पुगेको हो । अब म्याद थपेर सडक निर्माण कार्य अगाडि बढाउनुको विकल्प छैन उनले भने ।

यो सडक निर्माणको कुल लागत १७ अर्ब रुपैयाँ रहेको छ । एसियाली विकास बैंकले ८५ प्रतिशत रकम उपलब्ध गराउने र बाँकी रकम नेपाल सरकारकै लगानी हुने बताइएको छ । चाइना स्टेट कन्स्ट्रक्सनले निर्माण शुरु गरेको यो सडकको निर्माण दुई प्याकेजमा अगाडि बढाइएको छ ।

नारायणगढ–दाउन्ने ६५ किलोमिटर र दोस्रो प्याकेज दाउन्ने–बुटवल ४९ किलोमिटर बन्ने छ ।

दाउन्ने पश्चिमको सडकखण्ड हेर्दै आएका प्रमुख इन्जिनियर प्रदीप शाक्यले हालसम्म यो सडक खण्डमा १५ प्रतिशत मात्रै काम भएको जानकारी दिए ।

इन्जिनियर शाक्यका अनुसार अहिले करिब पाँच सय जना कामदारले साइट क्लियरको काम गरिरहेका छन् । रुपन्देही, नवलपरासी हुँदै चितवनसम्मको १ सय १५ किलोमिटरको यो सडकको काम अहिलेसम्म ८० प्रतिशत सम्पन्न भइसक्नुपर्ने थियो ।

यो सडक निर्माणमा धेरै रूख काटिएको भन्दै संसदीय समितिले रूख काट्न स्वीकृति दिनेहरूमाथि छानबिन गर्न निर्देशन दिएको छ । गलत आँकडा दिएर आयोजनाको काम नै प्रभावित गर्न खोजिएको भन्दै समितिले छानबिनको निर्देशन दिएको हो । २०७५ पुसमा ठेक्का सम्झौता भएको यो सडक २०८० साउन २२ सम्म निर्माण सक्नुपर्ने उल्लेख छ ।

तर, निर्माण कम्पनीले २०८२ साउनसम्म निर्माण सक्नेगरी पत्र पठाएको आयोजना प्रमुख इन्जिनियर शाक्यले बताए । बुटवलदेखि नारायणगढ सम्मको यात्रा साढे दुई घण्टा रहेकोमा अहिले साढे ६ घण्टासम्म लाग्ने गरेको यात्रुहरू बताउँछन् । यो सडकमा दैनिक करिब सात हजार सवारी साधन ओहोर दोहोर गर्छन् । नवलपुर क्षेत्रमा पनि सडक निर्माणको काम कछुवा गतिमा छ ।

सडकको पूर्वी खण्डका आयोजना प्रमुख रमेशकुमार दृष्टिले यो खण्डमा साढे १२ प्रतिशत मात्र काम सम्पन्न भएको जानकारी दिए । आर्थिक केन्द्र बुटवल र पर्यटकीय केन्द्र नारायणगढलाई फास्टट्रयाक सडकले जोड्ने गरी यो सडक विस्तारको काम शुरु भएको हो ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णु पौडेलले २०७५ चैत ८ गते बुटवलको राजमार्ग चौराहामा सडक विस्तारको शिलान्यास गरेका थिए ।

फोटो : राजकुमार श्रेष्ठ/मेरो लाइफस्टाइल

यो पनि…
अब डेढ घण्टामै बुटवल-नारायणगढ (ड्रोन तस्बिर)
लुम्बिनीका दुःख – २५ अर्ब लगानीका होटल छन् तर पर्यटक छैनन्



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

Latest










Popular
Suggested