English

शारीरिक सम्पर्क बिनै गर्भवती भइन् महिला !



बेलायतको ह्याम्पशायरमा बस्ने एक महिलाले सोसल मिडियामा आम मानिसलाई हैरान बनाउने प्रेग्नेन्सीको कहानी शेयर गरेकी छन् । २८ वर्षकी निकोलले १० वर्ष पहिला आफू कसरी शारीरिक सम्पर्क बिना नै गर्भवती भएँ भन्ने कुरा शेयर गरेकी हुन् ।

डेलिमेलको रिपोर्टका अनुसार निकोल जब १८ वर्षकी थिइन्, तब उनी आफ्नो प्रेमीसँग डेट गरिरहेकी थिइन् । एकदिन अफिसमा काम गर्ने क्रममा अचानक निकोलको शिरमा जलन हुन लाग्यो, र उनलाई चक्कर आयो ।

निकोललाई उनकी साथीले प्रेग्नेन्सी टेस्ट गर्ने सल्लाह दिइन् । उनको प्रेग्नेन्सी टेस्ट पोजेटिभ आयो । जसपछि उनी अचम्मित भइन् । निकोल भर्जिन थिइन् र उनले आफ्नो ब्वाईफ्रेण्डसँग कहिल्यै शारीरिक सम्पर्क गरेकी थिइनन् । निकोलले भनिन्, म ट्याम्पेनसम्म प्रयोग गर्न सक्दिन थिएँ, धेरै प्रयास गरेपनि हामीले कहिल्यै शारीरिक सम्पर्क गर्न सकेनौँ, तर त्यो बेला कसरी यस्तो भयो मलाई थाहा छैन । पछि चेकअप गर्दा उनले आफूलई भेजिनीस्मस नामको रोग रहेको थाहा पाइन् ।

यो मेडिकल कन्डीशनमा याेनीको मांशापेशी यति खुम्चिन्छ कि, शारीरिक सम्बन्ध राख्नै मुश्किल हुन्छ । यस्तोमा उनी झनै हैरान भइन् ।

निकोललाई डाक्टरले शारीरिक सम्पर्क नराखेपनि यदि शुक्रकिट फ्लूड याेनीमा गए प्रेग्नेन्सी हुन्छ भने । तर यो थोरैमा मात्र देखिन्छ । उनलाई ब्वाईफ्रेण्डले अब के भन्ला भन्ने चिन्ता थपियो । तर यो घटना थाहा पाएर ब्वाईफ्रेण्डले उनलाई साथ दिए ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालका जंगलमा विरलै मात्र पाइने मकुना (दाह्रा नभएका हात्ती) पहिलोपटक चितवनको सौराहामा भेटिएको छ । भाले भए पनि दाह्रा नभएको

विश्वमै दुर्लभ मानिएको सेतो रंगको गिद्ध पहिलोपटक नेपालमा भेटिएको छ । नवलपुरको गिद्ध जटायु रेस्टुरेन्टमा देखिएको हिमाली गिद्ध निख्खर सेतो

भारतलाई आस्थाको देश पनि मानिन्छ । जहाँ हरेक धर्मका मानिसहरू बस्छन् । त्यहाँ अनगिन्ती मन्दिर र मस्जिदहरू छन्। त्यी मध्ये

संसारमा लाखौँ रहस्यहरू छन्, जसको बारेमा आजसम्म मानिसले थाहा पाउन सकेका छैनन्। शताब्दीयौंदेखि मानिसले यी रहस्यहरूबारे जान्न खोज्दै आएका छन्,