English

रूस-युक्रेन युद्ध : हरेक आधा घण्टामा गोलाबारी, मेयरको अपहरण



युक्रेन आक्रमण गरिरहेको रुसी फौज राजधानी किभ नजिकै पुगेको छ । राजधानी किभ रुसी सेनाको घेराबन्दीमा परेको राष्ट्रपतिका सल्लाहकारले जनाएको छ ।

रुसी फौज दक्षिणी युक्रेनको मेलिटोपोल सहरतर्फ बढेको र त्यस सहरका मेयरलाई नियन्त्रणमा लिएको प्राप्त विवरणहरुमा जनाइएको छ । ‘१० जनाको समूहले मेलिटोपोलका मेयर इभान फेडोरोभलाई अपहरण गरेको छ,’ युक्रेनको संसदले ट्विटरमा भनेको छ, ‘उनले दुश्मनसँग सहयोग गर्न अस्वीकार गरे ।’

दक्षिणी बन्दरगाह सहर मारिओपोलमा रुसी सेनाले भीषण हमला गरेका छन् । रुसी फौजले घेरा गरेको सो सहरमा निरन्तर गोलाबारी र बम हमला भएका छन् । मारिओपोलमा हरेक ३० मिनेटमा गोलाबारी भइरहेको सो सहरका मेयरले बताएका छन् ।

सो सहरमा १२ सय जनाको मृत्यु भइसकेको छ । खाद्यान्नको अभावमा मानिसहरू भोकभोकै बाँच्न बाध्य भएका छन् । शहरका सडकमा मानिसका शव यत्रतत्र छरिएका विवरणसमेत सार्वजनिक भएका छन् । मारिओपोलमा विगत ११ दिनदेखि पानी र बिजुली नभएको स्थानीयले बताएका छन् ।

रुसी सेनाले तीनवटा क्षेप्यास्त्रहरूले शुक्रबार मध्यसहर डिनिप्रोमा नागरिक भवनमा प्रहार गरेका थिए । हमलामा एउटा जुत्ता कारखाना ध्वस्त हुनुका साथै एक जना एक सुरक्षा गार्डको मृत्यु भएको थियो । रुसले २४ फेब्रुबरीमा युक्रेनमा आक्रमण गरेदेखि छिटपुट हमलामा परेको डिनिप्रोलाई यसअघि सुरक्षित आश्रय मानिएको थियो ।

यो पनि…
‘रूस-युक्रेन द्वन्द्वको अर्थ तेस्रो विश्वयुुद्ध’
युक्रेन पछि नहट्ने



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं : प्रिज्मा एड्भर्टाइजिङका संस्थापक/प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा क्रिएटिभ हेड रञ्जीत आचार्य १७औँ कान्स कर्पोरेट मिडिया एण्ड टिभी अवार्ड

उत्तर अमेरिकामा क्रियाशील नेपाली पत्रकारहरूको संस्था नेपाल अमेरिका पत्रकार संघ स्थापना भएको १९ वर्षको अवसरमा विविध कार्यक्रमको आयोजना गरिएको छ।

पृथ्वी जयन्तिको अवसर पारेर अष्ट्रेलियाका नेपालीहरूले पृथ्वी जयन्ती एवम् ‘अन्तर्राष्ट्रिय नेपाली दिवस’ मनाएका छन्। अष्ट्रेलियाका सिड्नी, क्यानबेरा, एडिलेड, ब्रिजबेन लगायत

विश्वव्यापी विकासका बहसहरू प्रायः राष्ट्र-राज्य, ठूला लगानीकर्ता र अन्तर्राष्ट्रिय संस्थाहरूको वरिपरि मात्र घुमिरहन्छन्। तर पछिल्ला वर्षहरूमा एउटा महत्त्वपूर्ण सत्य क्रमशः

Latest










Popular
Suggested