English

दीपेन्द्रसिंह ऐरी ‘आईसीसी प्लेयर अफ द मन्थ’ काे मनाेनयनमा




अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको महिनाकै उत्कृष्ट खेलाडी अर्थात् ‘प्लेअर अफ द मन्थ’ काे मनाेनयनमा नेपालका दीपेन्द्रसिंह ऐरी पर्न सफल भएका छन् ।

आईसीसीले आज बुधबार सार्वजनिक गरेको फेब्रुअरी महिनाको उत्कृष्ट तीन जना खेलाडीको सूचीमा नेपालका दीपेन्द्रसिंह ऐरी, भारतका श्रेयस अय्यर र यूएईका वृत्य अरविन्द परेका छन् । भोटिङका आधारमा तीन जनामध्ये एक जना महिनाकै उत्कृष्ट खेलाडी घोषित हुनेछन् ।

आईसीसी टी–२० विश्व कपको ग्लोबल छनोटमा नेपाल छनोट हुन सकेन र तेस्रो स्थानमै रह्यो । तर, नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट प्रदर्शन गरे । उनले प्रतियोगितामा एक सय ५९ रन बनाउँदै ६ विकेट पनि लिए ।

छनोटअघि ओमान, यूएई र आयरल्यान्डसँग भएको शृङ्खलामा पनि दीपेन्द्रले एक सय ४२ रन बनाउँदै चार विकेट पनि लिएका थिए ।

यस्तै, भारतीय खेलाडी श्रेयस अय्यरले वेस्ट इन्डिजसँगको एकदिवसीय र टी–२० तथा श्रीलङ्कासँगको शृङ्खलामा पनि उत्कृष्ट ब्याटिङ गरेका थिए ।

यूएईका वृत्य अरविन्दले आईसीसी टी–२० विश्व कप ग्लोबल छनोटमा उत्कृष्ट ब्याटिङ गर्दै टिमलाई विश्व कपमा पुर्‍याएका छन् । १९ वर्षका अरविन्दले पाँच खेलमा दुई सय ६७ रन बनाएका छन् ।

यो पनि…
भलिबलप्रेमी परिवार : कोही राष्ट्रिय रेफ्री, कोही राष्ट्रिय टिममा

घरेलु मैदानमा एकदिवसीय र त्रिकोणात्मक टी-२० आयोजना हुने




Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अग्रणी ब्याट्री उत्पादक कम्पनी एशियन ब्याट्री लिमिटेडले राष्ट्रिय क्रिकेट टोलीका स्टार खेलाडी दिपेन्द्र सिंह ऐरीलाई आफ्नो आधिकारिक ब्राण्ड एम्बेसडरको

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

फागुन ९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिस्थित सिवाः सायमि खलःले मानन्धर फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं उपत्यका लगायत

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

Latest










Popular
Suggested