English

टोटनहमको सानदार जित



कप्तान ह्यारी केनको दुई गोलप्रेरित टोटनहमले सोमबार राति इङ्लिस प्रिमियर लिगको रेलिगेशनको डरमा रहेको एभर्टनमाथि ५–० को सानदार जित निकालेको छ । जितसहित टोटनहमले शीर्ष चारमा बस्ने सम्भावना बलियो पारेको छ ।

१४औं मिनेटमा एभर्टनका माइकल किनको आत्मघाती गोलमा टोटनहमले अग्रता लियो । त्यसको तीन मिनेटपछि नै ह्युङ मिन सनले टोटनहमको अग्रता दोब्बर पारे । ३७औं मिनेटमा केनले गरेको गोलमा एन्टोनियो कोन्टेको टोलीले पहिलो हाफमै ३–० अग्रता लिएको थियो ।

४६औं मिनेटमा सर्जियो रेग्युलियले गरेको गोलमा टोटनहम सहज जिततर्फ लम्किएको थियो । ५५औं मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गरेसँगै कोन्टेको टोलीले सहज जितसहित शीर्ष चारको सम्भावना कायम राखेको हो ।

टोटनहम २६ खेलमा ४५ अंकसहित सातौं स्थानमा छ । जुन चौथो स्थानको आर्सनल भन्दा तीन अंक मात्र कम हो । पाँचौं स्थानको म्यानचेस्टर युनाइटेडको ४७ र छैटौं स्थानको वेस्ट हमको ४५ अंक रहेको छ ।

लगातारको खराब प्रदर्शनले एभर्टनका प्रशिक्षक फ्रयांक लाम्पार्ड दबाबमा परेका छन् । २५ खेलबाट २२ अंक जोडेको एभर्टन १७औं स्थानमा छ । जुन १८औं स्थानको बनर्ली भन्दा एक र १९औं स्थानको वाट्फोर्ड भन्दा तीन अंक मात्र बढी हो ।

एभर्टनले लिगका पछिल्लो १८ खेलमा १४ खेल हारेको छ । शनिबार ओल्ड ट्राफोर्डमा युनाइटेडलाई हराउन सके कोन्टेको टोली चौथो स्थानमा उक्लिनेछ । एभर्टनले भने आइतबार गुडिसन पार्कमा उल्भरहमटनलाई आतिथ्य गर्नेछ ।

यो पनि
घरेलु मैदानमा एकदिवसीय र त्रिकोणात्मक टी-२० आयोजना हुने
क्यानद्वारा क्रिकेट टोलीको घोषणा [नाम]



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अग्रणी ब्याट्री उत्पादक कम्पनी एशियन ब्याट्री लिमिटेडले राष्ट्रिय क्रिकेट टोलीका स्टार खेलाडी दिपेन्द्र सिंह ऐरीलाई आफ्नो आधिकारिक ब्राण्ड एम्बेसडरको

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

फागुन ९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिस्थित सिवाः सायमि खलःले मानन्धर फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं उपत्यका लगायत

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

Latest










Popular
Suggested