English

देशको संकटमा भाइरल बनेकी यी युक्रेनी टिकटक स्टार

खबर र भिडियोका लागि मार्तामाथि नै भरोसा


युक्रेनसँग सम्बन्धित भिडियो बनाउने २० वर्षकी मार्ता वसुता अहिले टिकटकमा लोकप्रिय नाम हो । आमरुपमा उनी टिकटकको प्रयोग त्यसरी नै गर्थिइन्, जसरी उनको उमेरका अन्य युवायुवती गर्छन् ।

गत सातासम्म उनको टिकटक प्रोफाइलमा केही हजार फलोअर थिए । उनी आमरूपमा आफ्नो मनपर्ने संगीतमा लिपसिंक भिडियो, नाइट आउटको भिडियो अपलोड गर्थिइन् ।

रुसले जब युक्रेनमाथि हमला गर्यो, त्यो समय मार्ता ब्रिटेनमा आफ्नो युनिभर्सिटीका साथीहरूलाई भेट्न आएकी थिइन् । यस्तो अवस्थामा किभमा भएको हमलाको खबर सुनेर र देखेर उनी डराएकी थिइन् । त्यसपछि, मार्ताले जुन काम गरिन्, त्यो कामले उनलाई रातारात ‘टिकटकको प्रभावशाली व्यक्ति’ बनाइदियो ।

म मानिसहरूलाई युक्रेन केवल युक्रेनका मानिसको समस्या होइन, यो हरेक व्यक्तिको समस्या रहेको सम्झाउन चाहन्छु ।

फेब्रुअरी २३ पछि युक्रेनमा चलिरहेको संघर्षसँग जोडिएको जुन भिडियो उनले सेयर गरेकी छन्, त्यसमा करोडौं भ्युज छ । टिकटकमा धेरै व्यक्ति, खासगरी युवा जमात युक्रेनसँग सम्बन्धित खबर र भिडियोका लागि मार्तामाथि नै भरोसा गर्न थालेका छन् । ‘म मानिसहरूलाई युक्रेन केवल युक्रेनका मानिसको समस्या होइन, यो हरेक व्यक्तिको समस्या रहेको सम्झाउन चाहन्छु’, उनी भन्छिन् ।

तीन भाषा बोल्छिन् मार्ता

मार्ता धाराप्रवाह युक्रेनियन, रसियन र अंग्रेजी बोल्छिन् । जसै उनले युक्रेनमाथि रुसले आक्रमण गरेको खबर सुनिन्, उनी टेलिग्राम मेसेन्जिङ एपमा युक्रेनको च्यानल खोज्न थालिन् । टेलिग्राम मेसेन्जिङ एप युक्रेनमा निकै लोकप्रिय छ ।

यी च्यानलमा युक्रेनका व्यक्तिहरू लगातार भिडियो अपलोड गरिरहेका थिए । मार्ताले यस्तो भिडियोलाई ‘सेभ’ गर्न थालिन् । ‘मेरो फोन यिनै भिडियोका कारण पूर्णरूपमा भरिएको छ । सबै खबर मैले पाइरहेकी छु’, उनले भनेकी छन् ।

यसपछि, मार्ता यी भिडियोको सत्यता पुष्टि गर्न जुटिन् । यसमा आएको कमेन्ट हेरिन् । ‘म यो देख्न सक्थेँ कि मानिसहरू यो सत्य हो भनिरहेका थिए । उनीहरूले यस्तो युक्रेनमा चलिरहेको बताएका थिए’, उनी सम्झन्छिन् ।

त्यसपछि, उनले टिकटकमा भिडियो पोस्ट गर्न शुरु गरिन् र पोस्ट गरेपछि उनी सुतिन् । ‘जब म बिहान उठें र टिकटक हेरें, ती भिडियोमा त ९० लाख बढी भ्युज पुगिसकेको रहेछ’, मार्ता भन्छिन् ।

१७ मिलियन बढी लाइक्स

मानवीय संकटको बेला सामाजिक सञ्जालको प्रयोग कसरी गर्न सकिन्छ भन्नेमा सेम ग्रेगरी ध्यान दिइरहन्छन् । उनका अनुसार टिकटकको अल्गोरिथम टपिकमा आधारित हुन्छ । ‘तपाईंको रुचीको हिसाबले कन्टेन्टलाई राख्ने गरिन्छ । यस्तोमा यदि तपाईं युक्रेनमा रुची राख्नुहुन्छ भने तपाईंले युक्रेन या युक्रेनसँग जोडिएको कन्टेन्ट बढी हेर्न पाउनुहुन्छ’, सेम भन्छन् ।

यसरी नै अल्गोरिथमले मार्ता जस्ता कन्टेन्ट क्रिएटरलाई सहयोग गर्यो र उनी रातारात ‘प्रभावशाली’ बन्नेतर्फ अघि बढिन् । मार्ताको भिडियोलाई १७ मिलियन बढी लाइक मिलेको छ भने हाल उनको फलोअर्स संख्या करिब दुई लाख पुगेको छ ।

अहिले पनि उनलाई यो संख्यामा भरोसा हुन सकेको छैन । उनी आफ्नो फोनको पोस्टमा प्राप्त प्रतिक्रियाको नम्बर पढ्दै भन्छिन्,‘यी नम्बरहरुलाई मैले सम्झन सकेकी छैन ।’

यद्यपि विशेषज्ञहरुले टिकटक ग्राउण्डबाट आएको भिडियोहरुका लागि राम्रो हुनसक्ने भए पनि यो प्लेटफर्मममा गलत जानकारी पनि पाइने गरिएको चेतावनी दिएका छन् ।

मार्ता कन्टेन्टलाई भेरिफाइड गर्ने प्रयास गर्नु आफैंमा एक मुस्किल काम भएको स्वीकार्छिन् । भलै कोही भिडियो युक्रेनकै किन नहोस्, मानिसहरू युक्रेनी भाषा नै बोलिरहेका किन नहुन् । तर, पनि भिडियोहरू देशको पूर्वी हिस्सामा सन् २०१४ देखि सुरु भएको लामो संघर्षलाई दर्शाउँछ । उनी आफू भिडियो भेरिफाइड गर्ने मामलामा विशेषज्ञ नभएको स्पष्ट पार्छिन् ।

बीबीसी न्युजले समेत गर्यो उनको भिडियोको पुष्टि

मार्ताले जुन भिडियो पोस्ट गरेकी छन्, त्यसमा केहीको बीबीसी न्युजसमेतका मिडिया आउटलेट्सले पुष्टि गरेका छन् ।

मार्ता केही व्यक्ति परम्परागत न्युज आउटलेटको सट्टा उनको जस्तो सामाजिक सञ्जालको स्रोतबाट खबर लिन मनपराउँछन् । ‘केही मानिस व्यावसायिक पत्रकार, यहाँसम्म कि आधिकारिक स्रोतमाथि पनि विश्वास गर्दैनन्’, उनी भन्छिन् ।

माताको परिवार युक्रेनमा छन् र उनीहरू मार्ताको सुरक्षालाई लिएर चिन्तित छन् । तर, यस्ता भिडियोलाई सेयर गरेर आफूले युवा दर्शकलाई सहयोग गरिरहेको मान्छिन् ।

यो पनि…
हामीलाई माया चाहिन्छ, मिसाइल होइन
युक्रेन छाड्नेको संख्या ह्वात्तै बढ्यो



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अन्नपूर्ण संरक्षण क्षेत्रमा नयाँ प्रजातिको चरा भेटिएको छ । नयाँ प्रजातिको चरा ‘फुस्रो सारौं’ नाममा अभिलेख गरिएको छ ।

वायु प्रदूषण रोक्न विकसित मुलुकहरूले सवारी साधन, कलकारखाना, उद्योगलगायत विभिन्न क्षेत्रमा विशेष मापदण्डहरू तोकी एक्युआई अर्थात् एयर क्वालिटी इन्डेक्समा उत्तम

‘तपाई जति प्रकृति नजिक पुग्नु हुन्छ, प्रकृति त्यति नै तपाई नजिक आइपुग्छ’, यो भनाई हङकङका नेपाली व्यवसायी राज गुरुङलाई ठ्याक्कै

एक साँझ हामी सूर्यास्त अवलोकन गर्न हेग शहरको अत्याधिक प्रसिद्ध समुन्द्रतट स्केभनिनगन गएका थियौँ । हाम्रो टोलीमा इटाली, फ्रान्स, नर्वे,