English

चितवनमा स्ट्रबेरीको व्यावसायिक खेती, टिकटक बनाउन शुल्क लाग्ने



सप्तरी राजविराजका शशन देवकोटाको टिमले गत वर्ष भरतपुर महानगरपालिका-५ समिचोकमा १२ कठ्ठामा पहिलोपटक स्ट्रबेरीको परीक्षण खेती गरे । शशनसहित आठ जनाले स्ट्रबेरीको उत्पादनमाथि अनुसन्धान गरे । स्ट्रबेरीले राम्रो फल दिएपछि उनीहरूले यस वर्ष करिब १८ कठ्ठामा स्ट्रबेरीको व्यावसायिक खेती गरेका छन् ।

त्यसको अलवा छुट्टै पाँच कठ्ठामा पुनः परीक्षण खेती गरिएको छ । शशनले कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरबाट कृषिमा स्नातक र अमेरिकाको युनिभर्सिटी अफ फ्लोरिडाबाट स्नातकोत्तर गरेका हुन् । विगतका तीन वर्ष स्ट्रबेरीमा अनुसन्धान गरेका उनले यस वर्ष व्यावसायिक खेती सुरु गरेका हुन् ।

मोरङ र सुनसरीमा पनि यस वर्ष स्ट्रबेरीको व्यावसायिक खेती गरेका छन् । तीनवटा फार्ममा उनीहरूको संयुक्त एक करोड रुपैयाँभन्दा बढी लगानी छ । यहाँको माटो र मौसममा स्ट्रबेरीको उत्पादन कस्तो हुने रहेछ भनेर अनुसन्धान गर्न उनीहरूले गत वर्ष परीक्षण खेती गरेका हुन् ।

अमेरिकामा पढ्दै गर्दा शशनले स्ट्रबेरीमा लाग्ने कीराबारे अनुसन्धान गरे । तीन वर्षसम्म अमेरिकामा अनुसन्धान गरेपछि उनी नेपाल आए । नेपाल एग्रोभाइन प्रा.लि.मार्फत उनको टिमले स्ट्रबेरीमाथि अनुसन्धान गरेको हो । उनको टिममा जनक गैरे, देव पौडेल, विशाल श्रेष्ठ, दिपक श्रेष्ठ, सविन आचार्य, राकेश सुवेदी र सुधीर रेग्मी छन् । उनको टिममा रहेका आठ जनामध्ये पाँच जनाले कृषि नै पढेका हुन् । 

उनीहरुले मोरङ र सुनसरीमा पनि यस वर्ष स्ट्रबेरीको व्यावसायिक खेती गरेका छन् । तीनवटा फार्ममा उनीहरूको संयुक्त एक करोड रुपैयाँभन्दा बढी लगानी छ । यहाँको माटो र मौसममा स्ट्रबेरीको उत्पादन कस्तो हुने रहेछ भनेर अनुसन्धान गर्न उनीहरूले गत वर्ष परीक्षण खेती गरेका हुन् । स्ट्रबेरीले परिमाण र गुणस्तरमा राम्रो उत्पादन दिएपछि व्यावसायिक खेती गर्न थालिएको शशनले बताए । 

‘गत वर्ष हामीले अनुसन्धानका लागि परीक्षण खेती गरेका थियौँ । परीक्षण खेतीबाट पनि राम्रो उत्पादन भयो । एक महिनासम्म स्ट्रबेरी बेच्यौँ । उत्पादनभन्दा माग उच्च रह्यो’, उनले भने, ‘गुणस्तर र परिमाणको हिसाबले तीन जातका विरुवाको उत्पादन राम्रो भएपछि यस वर्ष व्यावसायिक रूपमै खेती गरेका छौँ ।’ 

उनीहरुले दसैँको फूलपातीका दिनमा १५ हजार बिरुवा रोपेका हुन् । त्यतिबेलाको गर्मीले गर्दा करिब सात हजार बिरुवा मरेको उनले बताए । थप १३ हजार बिरुवा मगाइएको शशनले जानकारी दिए । यस वर्ष २१ हजार बिरुवा लगाउने योजना रहेको भन्दै उनले थप बिरुवा मगाइसकिएको बताए । सम्भवत् अबको एक हप्तामा १३ हजार बिरुवा लगाएर सकिने उनले बताए ।

फार्मसम्म ल्याइपुर्‍याँदा एउटा बिरुवाको मूल्य ३५ रुपैयाँ पर्न जाने उनी बताउँछन् । एक सिजनमा प्रति बिरुवा आधा किलोसम्म उत्पादन हुने उनको अनुमान छ । गत वर्ष १२ कठ्ठामा लगाइएको १२ हजार बिरुवाबाट करिब तीन टन स्ट्रबेरी बिक्री भएको उनले बताए ।

अनुसन्धानका लागि गत वर्ष स्पेन र भारतबाट स्ट्रबेरीका बिरुवा ल्याइएका थिए । यस वर्ष भारतको महाराष्ट्रबाट मात्र बिरुवा मगाइएको उनले बताए । ‘गत वर्ष बिरुवा ल्याउनै झन्झट थियो । यस वर्ष भने हामीलाई सहज भयो । सरकारले वान डोर पोलिसी लागु गरेपछि अनलाइनबाटै आयात अनुमतिपत्र लिन पायौँ’, उनले भने ।

फार्मसम्म ल्याइपुर्‍याँदा एउटा बिरुवाको मूल्य ३५ रुपैयाँ पर्न जाने उनी बताउँछन् । एक सिजनमा प्रति बिरुवा आधा किलोसम्म उत्पादन हुने उनको अनुमान छ । गत वर्ष १२ कठ्ठामा लगाइएको १२ हजार बिरुवाबाट करिब तीन टन स्ट्रबेरी बिक्री भएको उनले बताए । ‘खासमा तिहारअघि नै बिरुवा लगाइसक्नुपर्ने हो । केही बिरुवा गर्मीले मरेकाले लगाउन केही ढिला भयो’, उनी भन्छन्,  ‘अब लगाइएको स्ट्रबेरी १५ पुसदेखि पाकेर बिक्री गर्न सकिने हुन्छन् । चैतसम्म बिक्री गर्छाैँ ।’

पाँच कठ्ठामा परीक्षण खेती

कृषिका प्राध्यापक र विद्यार्थीहरूले स्ट्रबेरीको व्यावसायिक खेतीको आडैमा परीक्षण खेती पनि गरेका छन् । कृषि विश्वविद्यालयको आंगिक क्याम्पस बर्दिवासका प्राध्यापक विशाल श्रेष्ठ र रामपुरका विद्यार्थी बानिता शर्मा र सिर्जना पाण्डेले पाँच कठ्ठामा परीक्षण खेती गरेका हुन् । पाँच कठ्ठामामा लगाइएको करिब चार हजार बिरुवामा उनीहरूले अनुसन्धान गर्दै छन् ।

प्राध्यापक श्रेष्ठले कृषिको विद्यावारिधि अन्तर्गत स्ट्रबेरीको फलमा नाइट्रोजनको मात्रा र जातीय परीक्षणबारे अनुसन्धान गरेका हुन् । बागवानीमा स्नातकोत्तरमा अध्ययनरत दुई विद्यार्थीले भने स्ट्रबेरीमा बोरोन र क्याल्सियमको मात्रा र त्यसको प्रभावबारे अनुसन्धान गर्दै छन् । अनुसन्धानकर्तालाई शशनले आवश्यक जानकारी दिने गरेका छन् ।

तीन जातको उत्पादन राम्रो

शशनको टिमले गत वर्ष आठवटा जातका स्ट्रबेरीमाथि अनुसन्धान गरेको हो । तीमध्ये तीन जातका स्ट्रबेरीको उत्पादन राम्रो मानिएको शशनले बताए । गुणात्मक र परिमाणात्मक हिसाबले विन्टर डन, स्विट सेन्सेसन र फ्लोरिडा ब्युटीको उत्पादन राम्रो रहेको उनको भनाइ छ । 

गत वर्ष उनीहरूले परीक्षणका लागि लगाएको स्ट्रबेरी फार्म भाइरल नै बन्यो । फार्मभित्र प्रवेश गरि स्ट्रबेरी टिप्दै टिकटक बनाउनेको भिड लागेपछि केही दिनसम्म फार्म नै बन्द गर्नुपरेको थियो । यस वर्ष भने फार्मभित्र प्रवेश गर्नेलाई शुल्क लगाउने योजना रहेको शशन बताउँछन् ।

यस वर्ष व्यावसायिक खेतीमा स्विट एन र ब्रिलियन्स जातका विरुवा थप गरि पाँच वटा जातका स्ट्रबेरी लगाइएको उनले जानकारी दिए । ‘व्यावसायिक रूपमा उत्पादन गर्न राम्रो उत्पादन मानिएका तीन र थप दुई प्रजातीका गरि जम्मा पाँच प्रजातीका बिरुवा लगाइएको छ’, उनले भने ।

टिकटक बनाउँदा शुल्क लाग्ने

गत वर्ष उनीहरूले परीक्षणका लागि लगाएको स्ट्रबेरी फार्म भाइरल नै बन्यो । फार्मभित्र प्रवेश गरि स्ट्रबेरी टिप्दै टिकटक बनाउनेको भिड लागेपछि केही दिनसम्म फार्म नै बन्द गर्नुपरेको थियो । यस वर्ष भने फार्मभित्र प्रवेश गर्नेलाई शुल्क लगाउने योजना रहेको शशन बताउँछन् ।

‘जभाभावी फार्मभित्र पसेर टिकटक बनाउँदा बिरुवाहरु भाँचिए । कति मरे । यस वर्ष त्यसरी पस्न दिइँदैनाैँ । दुई/तीनवटा लाइनमा मात्र पस्न पाउने, त्यो पनि शुल्क तिरेर मात्र । त्यसो गर्ने योजनामा छौँ’, उनले भने । प्रति व्यक्ति १० देखि २० रुपैयाँसम्म प्रवेश शुल्क लिने योजना रहेको उनले बताए ।

यसरी गरिन्छ खेती

स्ट्रबेरी माटोको ड्याङ बनाएर रोप्ने गरिन्छ । ड्याङको चौडाइ ७० देखि ९० सेन्टिमिटरसम्मको हुन्छ । बिरुवाहरूलाई ड्याङमा ३० देखि ३५ सेन्टिमिटरको अन्तर बनाएर रोप्नुपर्ने उनी बताउँछन् । दुई ड्याङ बीचको दुरी कम्तिमा ४५ सेन्टिमिटर कायम गर्नुपर्छ ।

‘दोमट माटोमा स्ट्रबेरीको खेती राम्रो हुन्छ’, उनी भन्छन्, ‘बिरुवा रोपेपछि नियमित रूपमा गोडमेल गर्नुपर्छ, बिरुवामा प्लाष्टिकको मल्च बनाएर सिँचाइ गरिन्छ ।’ उनका अनुसार जाडोयाममा माटोमा चिस्यान रहिरहने भएकाले फल गुलियो हुन्छ ।

यो पनि पढ्नुहोस्:
आनन्द के हो ? कसरी प्राप्त हुन्छ ?
जीवन साधना – ज्ञान, भक्ति, कर्म र क्रिया योग
खानेकुरा कसरी खाने ? यी हुन् सही तरिका
जसले १०० शवसँग यौन सम्पर्क गरे



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ : विश्वको अग्रणी प्रविधि ब्रान्ड साओमीले आफ्नो उत्कृष्ट प्रदर्शन गर्ने मोबाइलमध्ये एक साओमी १७ अल्ट्राको प्रि–अर्डर औपचारिक रूपमा नेपालमा

नेपालमा सुजुकी गाडीहरूको आधिकारिक वितरक, सिजी मोटोकर्पले आफ्नो बहुप्रतिक्षित पहिलो प्रिमियम ब्याट्री इलेक्ट्रिक भेहिकल (BEV), सुजुकी ई–भिटारा (Suzuki e–Vitara) को

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा गीतकार रिमा श्रेष्ठले आफ्ना थुप्रै गीतहरू सार्वजनिक गर्दै आएकी छिन्। पेशाले आइटी इन्जिनियर

इटहरी/ चलचित्र पत्रकार संघ नेपाल, सुनसरी शाखाको अध्यक्षमा चलचित्र पत्रकार सुबास संकल्प श्रेष्ठ चयन भएका छन् । धरान-१५ स्थित होटल

Latest










Popular
Suggested