English

एनआरएनए र आईएलओको सहकार्य, २८ हजार श्रमिक लाभान्वित



गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सञ्चालन गरेको ‘थ्री आर’ अर्थात्, ‘सहायता, स्वदेश फिर्ता र पुनःस्थापना’ प्रोजेक्टमार्फत झण्डै २८ हजार श्रमिकले प्रत्यक्ष लाभ लिएका छन् ।

संघ अन्तर्गतको वैदेशिक रोजगार तथा कल्याणकारी विभागले अन्तर्राष्ट्रिय दातृ निकायसँगको सहकार्यमा विदेशमा अलपत्र नेपालीका लागि चलाएको यो कार्यक्रमार्फत २७ हजार ९५६ जना श्रमिक लाभान्वित भएका हुन् ।

संघले अन्तर्राष्ट्रिय श्रम संगठन आईएलोको १० करोड आर्थिक सहयोगमा यो परियोजना सञ्चालन गरेको थियो । सन् २०२० को अगष्टदेखि शुरु भएको परियोजना २०२२ को फेब्रुअरीसम्म चलेको संघले जनाएको छ ।

अप्ठेरोमा परेकालाई सहयोग र उद्धार

कार्यक्रमका संयोजक समेत रहेका संघका उपाध्यक्ष डा. बद्री केसीका अनुसार यस परियोजना अवधिभर २८ हजार ५५७ नेपाली सूचीकृत भएका थिए । तीमध्ये २७ हजार ९ सय ५६ जनालाई सहयोग उपलब्ध गराइएको हो ।

यो कार्यक्रममार्फत खाना तथा बासको व्यवस्था, घर फिर्तीका लागि आंशिक हवाई टिकट, कानुनी सहायता, पीसीआर परीक्षण, मानसिक स्वास्थ्य परामर्शमा सहयोग पुर्याइएको डा. केसीले जानकारी दिए ।

कार्यक्रममार्फत १२ हजार ५१७ जनालाई मानसिक परामर्श सेवा उपलब्ध गराइएको थियो । यस्तै, विभिन्न कारणले कागजातविहीन भएका ५ हजार २५० श्रमिकलाई डकुमेन्टेसनमा सहयोग पुर्याइएको थियो । यसैगरी, ३ हजार ६९४ जनालाई खाना र बस्नको व्यवस्था गरिएको थियो ।

कार्यक्रमले ५३१ जनालाई कानुनी सहायता उपलब्ध गरिएको संघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । समस्यामा परेका नेपाली श्रमिकमध्ये घर फिर्तीका लागि ७ सय ४९ जनालाई पीसीआर तथा ९ सय ८७ जनालाई आंशिक हवाई टिकटको व्यवस्था गरिएको संघले जनाएको छ ।

२ सय ३४ जना नेपालीलाई जेलमुक्त र स्वदेश फिर्ता

यो अवधिमा संघले विभिन्न देशमा कैदी जीवन बिताइरहेका २ सय ३४ जना नेपालीलाई जेलमुक्त गराएर स्वदेश फिर्ता ल्याउन सफल भएको दाबी संघको छ । दूतावासको समन्वयमा जरिवाना वापतको रकम तिरेर उनीहरुलाई जेलमुक्त गरिएको संघले जनाएको छ ।

त्यसैगरी, कोभिड कारण रोजगारी गुमाएका २ सय ५५ नेपालीलाई पुनः काम दिलाइएको छ । त्यस्तै, अलपत्र परेका १ हजार ४ सय ३५ जनालाई सम्बन्धित देशको सुरक्षित सेल्टरसम्म पुर्याउन यातायात खर्च उपलब्ध गराइएको संघले जनाएको छ ।

विदेशीबाट काठमाडौंसम्म उद्धार गरी ल्याइएका १ हजार २७७ नेपालीलाई आ–आफ्नो घरसम्म जानका लागि यातायात खर्च उपलब्ध गराइएको विज्ञप्तिमा उल्लेख छ। । यस्तै, १ सय ७४ जना श्रमिकलाई काठमाडौंमा होटल क्वारेटिनको व्यवस्था गरिएको थियो ।

देशअनुसार यो कार्यक्रममार्फत साउदी अरेवियामा ७ हजार ६ सय ५६, कतारमा ६ हजार ९ सय ८५, मलेसियामा ४ हजार १ सय ७०, यूएईमा ३ हजार ४ सय ६५, कुवेतमा ९०, ओमनमा ३४, बहराइनमा ३३, कम्बोडियामा २२, र रसियामा २ जनाले सहयोग पाएको परियोजना प्रमुख सुजता शर्माले जानकारी दिइन् ।

यो कार्यक्रम अन्तर्गत नै रसियाबाट नेपाली श्रमिक महिला र उनको दूधे बालिका तथा यूएईबाट जुम्ल्याहा दूधे बालिका र उनकी आमालाई उद्धार गरिएको थियो ।

खाडी र मलेसियामा मात्र होइन, यसअघि, अवैध रूपमा कामको सिलसिलामा कम्बोडियामा पुगेर समस्यामा परेका २२ जना नेपाली युवालाई समेत यही कार्यक्रममार्फत तत्काल राहत प्रदान तथा उद्दार गरी नेपाल फर्काइएको थियो ।

यो पनि
एनआरएनए निर्वाचन अनुगमनको जिम्मा कसलाई ?
लण्डन दूतावासमा अबदेखि कार्ड भुक्तानी मात्रै



सम्बन्धित खबरहरु

काठमाडौ । गीत संगीतमा केही नयाँपन दिँदै उडाइरहेका प्रशासक अशोक विष्ट ‘मिठो मिठो बोली’ नामक गीत लिएर बजारमा आएका छन्

नेपाली समाज टेक्सास (एनएसटी) को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्यरत पत्रकारहरूसँग एक

काठमाडौँ : दैनिक जीवनका साना–साना निर्णयदेखि लिएर विश्व बदल्ने वैज्ञानिक आविष्कारसम्म, गणितको प्रभाव सर्वत्र छ । यही सत्यलाई व्यवहारिक रूपमा

नेपालको सबभन्दा पुरानो, ठूलो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस इतिहासको सबैभन्दा कठिन मोडमा उभिएको छ । मुलुकमा भएका तीन ठूला आन्दोलनको

Latest










Popular
Suggested