English

एनआरएनए निर्वाचन अनुगमनको जिम्मा कसलाई ?



गैर-आवासीय नेपाली संघ (एनआरएनए) का तीन जना अभियन्ताले संघद्वारा गठित उच्चस्तरीय समितिलाई एक पत्र पठाई परराष्ट्र मन्त्रालयले बनाएको अनुगमन समितिले संघको निर्वाचनको सम्पूर्ण अनुगमन गर्नुपर्ने माग गरेका छन्।

पूर्वकेन्द्रीय सचिव जानकी गुरुङ, मानार्थ आइसीसी सदस्य शनिकुमार ओली र राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाका सल्लाहकार वेद खरेलले संघका प्रमुख संरक्षक तथा उच्चस्तरीय समितिका संयोजक शेष घलेलाई एक पत्र पठाउँदै त्यस्तो माग गरेका हुन्।

‘एमआइएस प्रणालीद्वारा निर्वाचन गरिएका देश जापान, बेल्जियममा व्यापक विवाद उत्पन्न भएकाले संघले बनाएको एमआइएस प्रणालीमा हाम्रो विश्वास छैन। त्यसैले परराष्ट्र मन्त्रालयले बनाएको अनुगमन समितिले निर्वाचनको सम्पूर्ण अनुगमन गर्नु पर्छ र त्यहि अनुगमन समितिमा आईटी विशेषज्ञसहित सम्पूर्ण अनलाइन भोटिङ्गको निरिक्षण, सुपरिवेक्षण गरिनुपर्छ। प्रतिनिधिलाई पठाइने इमेलको दुरुपयोग नहोस् भन्नका लागि अडिटर लगसम्म अनुगमन समितिको पहुंच हुनुपर्छ,’ पत्रमा भनिएको छ।

उनीहरूले निवर्तमान समितिले प्रतिनिधि (डेलिगेट्स) को नामावली पठाउने भन्ने निर्देशन खारेज गरी संघमा गत १८ वर्षदेखि भए गरिएको चलन, स्थापित मान्यता, प्राकृतिक न्यायको सिद्धान्त अनुरुप नवनिर्वाचित कार्यसमितिले नै प्रतिनिधि पठाउने व्यवस्था मिलाउन पनि माग गरेका छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

हङकङमा गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङ युथ फोरमको आयोजनामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ । “रक्तदान गरौं, जीवन बचाऔं”

Latest










Popular
Suggested