English

सत्ता गठबन्धन चुनावसम्मै जाँदा कांग्रेसलाई घाटा कि नाफा ?



राजनीतिक विश्लेषक पुरन्जन आचार्यले सत्ता गठबन्धन चुनावसम्मै जाँदा कांग्रेसलाई घाटा हुने बताएका छन् । तत्काललाई हेर्दा एक/दुई सिट फाइदा पुग्नेजस्तो देखिए पनि कम्युनिस्ट दल एकजुट भए भने कांग्रेस खुम्चिन सक्ने उनको बुझाइ छ । केन्द्रमा कांग्रेस चुनावमा एक्लै लड्नु राम्रो हुने उनले बताए ।

स्थानीय तहमा आधार निर्माण गरी आवश्यकता अनुसार तालमेल गर्न मिल्ने तर केन्द्रमा कांग्रेस एक्लै चुनावमा होमिदा फाइदा हुने आचार्यले तर्क गरे । केन्द्रमा चुनावी तालमेल गर्नु भनेको संघीयता र पार्टीको खिलापमा हुनु पनि आचार्यको भनाइ छ ।

सत्ता गठबन्धनलाई आगामी तीनै तहको चुनावसम्मै निरन्तरता दिने या चुनावमा एक्लै भिड्ने भन्नेमा कांग्रेसभित्र भिन्न मत देखिएका छन् । पार्टीले आधिकारिक धारणा सार्वजनिक नगरे पनि पार्टी पदाधिकारीहरूले यसबारे बोलिरहेका छन् ।

उपसभापति, महामन्त्रीलगायत पार्टीका प्रभावशाली नेताहरूले चुनावमा एक्लै भिड्नु पर्ने बताउँदै आएका छन् । पार्टी उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले चुनावमा एक्लै लड्नुपर्ने बताएका छन् । यस्तै पार्टीका प्रभावशाली नेता शेखर कोइराला पनि एक्लै चुनाव लड्ने पक्षमा उभिएका छन् ।

राजनीतिक विश्लेषक पुरन्जन आचार्यले सत्ता गठबन्धन चुनावसम्मै जाँदा कांग्रेसलाई घाटा हुने बताएका छन् । तत्काललाई हेर्दा एक/दुई सिट फाइदा पुग्नेजस्तो देखिए पनि कम्युनिस्ट दल एकजुट भए भने कांग्रेस खुम्चिन सक्ने उनको बुझाइ छ । केन्द्रमा कांग्रेस चुनावमा एक्लै लड्नु राम्रो हुने उनले बताए ।

सत्ता गठबन्धन जोगाउन बनेको राजनीतिक संयन्त्रका संयोजक तथा कांग्रेस नेता रामचन्द्र पौडेलले भने सत्ता गठबन्धन चुनावसम्मै लम्बिने बताएका छन् ।

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) प्रतिनिधिसभाबाट अनुमोदन भएपछि सत्ता गठबन्धनलाई बलियो भएको ठानिएको भएपनि कांग्रेस नेताहरूको फरक-फरक अभिव्यक्तिले गठबन्धनको भविष्यमाथि प्रश्न उब्जिएको छ ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी आबद्ध सत्ता गठबन्धन चुनावसम्म सँगै जाने वा एक्ला एक्लै चुनाव लड्ने भन्ने निर्णय भइसकेको छैन । गठबन्धनले पहिला सवै दलले आ–आफ्नो पार्टीमा निर्णय गरेर मात्रै गठबन्धनमा छलफल गरेर निर्णय गर्ने तयारी गरेको छ ।

यो पनि…
कांग्रेस अधिवेशनः अधिकांश जिल्लामा देउवा समूहको वर्चश्व
कांग्रेस १६ जिल्लाको अधिवेशन फेरि स्थगित
कांग्रेस चुनाव : मतपत्र च्यातियो



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

राइड सेयरिङमा नयाँ युगको सुरुवात – साझा सवारी प्रा. लि. घाम, पानी, धुलो र हिलो केही नभनी सडकमा अहोरात्र खटिने

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको आयोजनामा ‘साथी राइड’को शुभारम्भ तथा बडादशैंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । आइतबार

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

Latest










Popular
Suggested