English

कांग्रेस अधिवेशनः अधिकांश जिल्लामा देउवा समूहको वर्चश्व



विवादका कारण नेपाली कांग्रेस बारा, रौतहट र सर्लाही जिल्ला अधिवेशन रोकिएको छ । क्रियाशील सदस्यता विवादका कारण १६ जिल्लाको अधिवेशन रोकेर कांग्रेसले पार्टीको १४औं महाधिवेशन सम्पन्न गरेको थियो । रोकिएका १६ जिल्लाको अधिवेशनअन्तर्गत सातवटा जिल्लाको अधिवेशन सम्पन्न भएको छ ।

तीनवटा जिल्लामा धेरै विवाद भएको छ भने अन्य जिल्लाको अधिवेशन पनि हुँदैछ । चितवन, सिन्धुली, कैलाली, नवलपुर, महोत्तरी, पर्सा र बाँके गरी सात जिल्लामा नयाँ नेतृत्व आएको छ । नयाँ नेतृत्वमध्ये अधिकांशमा सभापति शेरबहादुर देउवा पक्षधर चुनिएका छन् ।

बाँकी जिल्लाहरू पनि अधिवेशनको प्रक्रियामै रहेका नेपाली कांग्रेस पार्टी केन्द्रीय कार्यालयले जनाएको छ । मधेस प्रदेशका सबै जिल्ला सप्तरी, धनुषा, सिराहा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, मकवानपुर, रसुवा, नवलपुर, बाँके, अछाम, कैलाली, सिन्धुली र सिन्धुपाल्चोकको जिल्ला अधिवेशन रोकिएको थियो ।

बारामा क्रियाशील सदस्यताको विवादका कारण निर्वाचन प्रक्रिया सुरु भएपछि रोकिएको छ । जिल्लामा प्रमुख निर्वाचन अधिकृत राजनप्रसाद दाहाल नरहेको र सहायक निर्वाचन अधिकृत राजकुमार उप्रेतीले क्रियाशील सदस्यता अनियमितता गरेपछि विवाद सुरु भएको जिल्ला सभापति जयचन्द्र चौरासियाले बताए ।

जिल्लामै छलफल गरेर विवाद समाधान गरी निर्वाचन गर्ने र विवाद समाधान हुन नसके केन्द्रमा निवेदन दिने तयारी भएको उनको भनाइ छ । यस्तै, रौतहटमा पनि क्रियाशील सदस्यतालगायत अन्य कारणले विवद हुँदा चुनावी प्रक्रिया रोकिएको छ ।

चुनावअन्तर्गत शनिबार मतदान हुने समयमा विवाद भएपछि मतदान नै रोकिएको छ । रौतहटमा जिल्ला अध्यक्षका लागि संस्थापन समूहबाट सुनील यादव र सस्थापन इतर समूहबाट हृदयनारायण यादवले मनोनयन दर्ता गराएका छन् । विवाद मिलाएर भोलि चुनाव गर्ने तयारी भएको जिल्ला सभापति कृष्णप्रसाद यादवले जानकारी दिए ।

सर्लाही जिल्लामा पनि चुनावी प्रक्रिया सुरु भएपछि क्रियाशील सदस्यताको कारण विवाद भएको छ । विवाद समाधानको प्रयास भइरहेको सर्लाही कांग्रेसले जनाएको छ । यता अछाममा पहिलो चरणको निर्वाचनमा सभापतिको कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत नल्याएपछि चुनाव दोस्रो चरणमा धकेलिएको छ ।

पहिलो चरणमा संस्थापन समूहबाट पुष्प शाह र भरत सुवार तथा संस्थापन इतर समूहबाट राजन कुँवर गरी तीनजना सभापतिका लागि भिड्दा कसैले पनि ५१ प्रतिशत मत ल्याउन सकेनन् । त्यहाँ अब दोस्रो चरणको चुनाव हुँदैछ ।

पर्सा कांग्रेसको सभापतिमा जनार्दन शर्मा निर्वाचित भएका छन् । उनी सभापति शेरबहादुर देउवा निकट मानिन्छन् ।
नवलपुरको जिल्ला सभापति महेन्द्रध्वज जिसी बनेका छन् । जिल्ला सभापतिमा दावी गरेका बालकृष्ण घिमिरेले उपसभापति पदमा मनोनयन दर्ता गराएपछि जिसी सर्वसम्मत रूपमा नवलपुरको सभापति चुनिएका हुन् । नवलपुरमा सभापतिबाहेक अन्यको निर्वाचन हुन बाँकी छ ।

कैलालीको जिल्ला सभापतिमा नारायण दत्त भट्ट निर्वाचित भएका छन् । उनी सभापति देउवा पक्षधर मान्निछन् ।
मकवानपुरमा बुद्ध लामा सर्वसम्मत सभापति भएका छन् । उनी पनि सभापति देउवा निकट नै मानिन्छन् । चितवन सभापतिमा राजेश्वर खनाल निर्विरोध निर्वाचित भएका छन् । खनाल नेता शेखर कोइराला पक्षका मानिन्छन् ।

महोत्तरीको जिल्ला सभापतिमा नागेश्वर यादव निर्वाचित भएका छन् । मतगणनामा सभापतिका कुनै पनि उम्मेद्वारले ५१ प्रतिशत मत प्राप्त गर्न नसक्दा चुनाव दोस्रो चरणमा गएको थियो । पहिलो चरणमा सबैभन्दा धेरै मत ल्याएका नागेश्वर यादवलाई दोस्रो धेरै मत ल्याएका सुशील यादवले समर्थन गरेका थिए ।

यो पनि…
कांग्रेस १६ जिल्लाको अधिवेशन फेरि स्थगित
कांग्रेस चुनाव : मतपत्र च्यातियो



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

प्रतिनिधि सभाको निर्वाचन २०८२ साल फागुन २१ गते हुँदैछ । संविधानअनुसार प्रतिनिधि सभा राज्यको सार्वभौम अधिकार सम्पन्न निकाय हो ।

भ्रष्टाचारको मुहान कहाँबाट बग्छ भन्ने प्रश्नमा धेरैले ठेक्का, कर छली, प्रशासनिक मिलेमतो वा नीतिगत चलखेललाई औँल्याउने गर्छन् । तर राज्य

माघ १३ गते । केके मानन्धर ।आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि भक्तपुरमा तयारी तीव्र भएको छ

सुमन सायमीको पोलिटिकल लिगेसीःकालीमाटी निवासी जीवन मानन्धरका छोरा हुन् सुमन सायमी । जीवन मानन्धरलाई जीवन दाइको नामले काठमाडौंका अधिकांशले चिन्थे

Latest










Popular
Suggested