कांग्रेस अधिवेशनः अधिकांश जिल्लामा देउवा समूहको वर्चश्व



विवादका कारण नेपाली कांग्रेस बारा, रौतहट र सर्लाही जिल्ला अधिवेशन रोकिएको छ । क्रियाशील सदस्यता विवादका कारण १६ जिल्लाको अधिवेशन रोकेर कांग्रेसले पार्टीको १४औं महाधिवेशन सम्पन्न गरेको थियो । रोकिएका १६ जिल्लाको अधिवेशनअन्तर्गत सातवटा जिल्लाको अधिवेशन सम्पन्न भएको छ ।

तीनवटा जिल्लामा धेरै विवाद भएको छ भने अन्य जिल्लाको अधिवेशन पनि हुँदैछ । चितवन, सिन्धुली, कैलाली, नवलपुर, महोत्तरी, पर्सा र बाँके गरी सात जिल्लामा नयाँ नेतृत्व आएको छ । नयाँ नेतृत्वमध्ये अधिकांशमा सभापति शेरबहादुर देउवा पक्षधर चुनिएका छन् ।

बाँकी जिल्लाहरू पनि अधिवेशनको प्रक्रियामै रहेका नेपाली कांग्रेस पार्टी केन्द्रीय कार्यालयले जनाएको छ । मधेस प्रदेशका सबै जिल्ला सप्तरी, धनुषा, सिराहा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, मकवानपुर, रसुवा, नवलपुर, बाँके, अछाम, कैलाली, सिन्धुली र सिन्धुपाल्चोकको जिल्ला अधिवेशन रोकिएको थियो ।

बारामा क्रियाशील सदस्यताको विवादका कारण निर्वाचन प्रक्रिया सुरु भएपछि रोकिएको छ । जिल्लामा प्रमुख निर्वाचन अधिकृत राजनप्रसाद दाहाल नरहेको र सहायक निर्वाचन अधिकृत राजकुमार उप्रेतीले क्रियाशील सदस्यता अनियमितता गरेपछि विवाद सुरु भएको जिल्ला सभापति जयचन्द्र चौरासियाले बताए ।

जिल्लामै छलफल गरेर विवाद समाधान गरी निर्वाचन गर्ने र विवाद समाधान हुन नसके केन्द्रमा निवेदन दिने तयारी भएको उनको भनाइ छ । यस्तै, रौतहटमा पनि क्रियाशील सदस्यतालगायत अन्य कारणले विवद हुँदा चुनावी प्रक्रिया रोकिएको छ ।

चुनावअन्तर्गत शनिबार मतदान हुने समयमा विवाद भएपछि मतदान नै रोकिएको छ । रौतहटमा जिल्ला अध्यक्षका लागि संस्थापन समूहबाट सुनील यादव र सस्थापन इतर समूहबाट हृदयनारायण यादवले मनोनयन दर्ता गराएका छन् । विवाद मिलाएर भोलि चुनाव गर्ने तयारी भएको जिल्ला सभापति कृष्णप्रसाद यादवले जानकारी दिए ।

सर्लाही जिल्लामा पनि चुनावी प्रक्रिया सुरु भएपछि क्रियाशील सदस्यताको कारण विवाद भएको छ । विवाद समाधानको प्रयास भइरहेको सर्लाही कांग्रेसले जनाएको छ । यता अछाममा पहिलो चरणको निर्वाचनमा सभापतिको कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत नल्याएपछि चुनाव दोस्रो चरणमा धकेलिएको छ ।

पहिलो चरणमा संस्थापन समूहबाट पुष्प शाह र भरत सुवार तथा संस्थापन इतर समूहबाट राजन कुँवर गरी तीनजना सभापतिका लागि भिड्दा कसैले पनि ५१ प्रतिशत मत ल्याउन सकेनन् । त्यहाँ अब दोस्रो चरणको चुनाव हुँदैछ ।

पर्सा कांग्रेसको सभापतिमा जनार्दन शर्मा निर्वाचित भएका छन् । उनी सभापति शेरबहादुर देउवा निकट मानिन्छन् ।
नवलपुरको जिल्ला सभापति महेन्द्रध्वज जिसी बनेका छन् । जिल्ला सभापतिमा दावी गरेका बालकृष्ण घिमिरेले उपसभापति पदमा मनोनयन दर्ता गराएपछि जिसी सर्वसम्मत रूपमा नवलपुरको सभापति चुनिएका हुन् । नवलपुरमा सभापतिबाहेक अन्यको निर्वाचन हुन बाँकी छ ।

कैलालीको जिल्ला सभापतिमा नारायण दत्त भट्ट निर्वाचित भएका छन् । उनी सभापति देउवा पक्षधर मान्निछन् ।
मकवानपुरमा बुद्ध लामा सर्वसम्मत सभापति भएका छन् । उनी पनि सभापति देउवा निकट नै मानिन्छन् । चितवन सभापतिमा राजेश्वर खनाल निर्विरोध निर्वाचित भएका छन् । खनाल नेता शेखर कोइराला पक्षका मानिन्छन् ।

महोत्तरीको जिल्ला सभापतिमा नागेश्वर यादव निर्वाचित भएका छन् । मतगणनामा सभापतिका कुनै पनि उम्मेद्वारले ५१ प्रतिशत मत प्राप्त गर्न नसक्दा चुनाव दोस्रो चरणमा गएको थियो । पहिलो चरणमा सबैभन्दा धेरै मत ल्याएका नागेश्वर यादवलाई दोस्रो धेरै मत ल्याएका सुशील यादवले समर्थन गरेका थिए ।

यो पनि…
कांग्रेस १६ जिल्लाको अधिवेशन फेरि स्थगित
कांग्रेस चुनाव : मतपत्र च्यातियो



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ महानगरका मेयर बालेन शाहको कार्यालय अगाडी आफूलाई ईः भन्न रुचाउने २८ वर्षीय युवा बिहीबार देखि नै लगातार उभिएर विरोध

भदौ २६ गतेका लागि तय भएको बीपी साहित्य महोत्सवको स्थगित कार्यक्रम बुधबार भएको छ । ११०औँ बीपी जयन्तीका अवसरमा यही

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय पेरिसडाँडा लगिएको छ । सीताको आज बिहान

चितवन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) सभापति रवि लामिछाने भारी मतान्तरले विजयी भएका छन् । लामिछानेले ५४