दमौलीमा यसरी सल्कियो आगो

दमाैलीमा भीषण आगलागी


तनहुँको दमौली चोकमा आगलागी भएको छ । दमौली बजारको एक हार्डवेयर गोदाममा बिहान १० बजेदेखि आगलागी भएको हो । अहिलेसम्म पनि आगो अनियन्त्रित भएपछि बजारवासी त्रसित छन् ।

स्थानीय स्तरबाट आगो निभाउन नसकेपछि गृह मन्त्रालयले सिम्रिक एयरसँग सहयोग मागेको छ । सिम्रिक एयरको हेलिकप्टर पानी लिएर काठमाडौंबाट दमौली प्रस्थान गरेको छ ।

दमकल छिर्नै समस्या

तनहुँका पत्रकार कृष्ण न्यौपानेका अनुसार आगो लागेको स्थानछेउमा तीन वटा हार्डवयेर सँगै छन् । आगो अनियन्त्रित ढंगले बढिरहेको छ । दमकल छिर्ने ठाउँ साँघुरो भएकाले दमकल छिर्नै समस्या छ ।

दमकल छिर्ने ठाउँमा टहरो भएकाले भत्काएर दमकल पुर्याउन लागिएको छ । पोखराबाट एउटा दमकल पठाइएको छ भने अर्काे पनि पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख रमेश थापाले जानकारी दिए ।

नियन्त्रणको प्रयास जारी

हार्डवेयरको गोदाममा आइतबार बिहान १० बजेदेखि आगलागी शुरु भएको थियो । प्रहरी र स्थानीयको प्रयासमा आगलागी नियन्त्रणको प्रयास भइरहे पनि नियन्त्रणमा लिन सकिएको छैन ।

आगलागीको कारणबारे खुल्न नसकेको तनहुँ प्रहरीले जानकारी दिएको छ ।

तनहुँका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले आगो निभाउने प्रयास जारी रहेको बताए । उनका अनुसार अहिलेसम्म मानवीय क्षति भएको जानकारी छैन ।


यो पनि
सरकारी बेवास्ता र शिक्षकको मनलाग्दीले नाजुक बन्यो विद्यालय
पल–समिक्षा : तनहुँको एउटा कोठादेखि प्रहरी अड्डासम्म



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

विश्वकै सबैभन्दा पुरानो जात्राको रूपमा मानिने ‘इन्द्रजात्रा’ का विषयमा विभिन्न किंवदन्ती प्रचलित छ । एउटा भनाइअनुसार वर्षा राम्रोसँग सम्पन्न भई

प्रिय, ओ प्रियभन किन बुझी दिएनौं, यो मन, भनभन किन बुझी दिएनौं, भन किन बुझिदिएनौ प्रिय, ओ प्रिय . .

काठमाडौं उपत्यकामा मनाइने प्रसिद्ध जात्रा इन्द्रजात्राको अवसरमा राजधानीको नेपाल आर्ट काउन्सिलमा शुक्रबार ‘हाम्रो राम्रो उपत्यका’ नामक कला प्रदर्शनी गरियाे ।

राजधानीको नेपाल पर्यटन बोर्डमा एपेक नेपालद्वारा शुक्रबार ‘मलाई मन परेको कविता-३’ आयोजना गरियो । जसमा अग्रज कविहरुले अनुज कविका मनपरेको