English

दमौलीमा यसरी सल्कियो आगो

दमाैलीमा भीषण आगलागी


तनहुँको दमौली चोकमा आगलागी भएको छ । दमौली बजारको एक हार्डवेयर गोदाममा बिहान १० बजेदेखि आगलागी भएको हो । अहिलेसम्म पनि आगो अनियन्त्रित भएपछि बजारवासी त्रसित छन् ।

स्थानीय स्तरबाट आगो निभाउन नसकेपछि गृह मन्त्रालयले सिम्रिक एयरसँग सहयोग मागेको छ । सिम्रिक एयरको हेलिकप्टर पानी लिएर काठमाडौंबाट दमौली प्रस्थान गरेको छ ।

दमकल छिर्नै समस्या

तनहुँका पत्रकार कृष्ण न्यौपानेका अनुसार आगो लागेको स्थानछेउमा तीन वटा हार्डवयेर सँगै छन् । आगो अनियन्त्रित ढंगले बढिरहेको छ । दमकल छिर्ने ठाउँ साँघुरो भएकाले दमकल छिर्नै समस्या छ ।

दमकल छिर्ने ठाउँमा टहरो भएकाले भत्काएर दमकल पुर्याउन लागिएको छ । पोखराबाट एउटा दमकल पठाइएको छ भने अर्काे पनि पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख रमेश थापाले जानकारी दिए ।

नियन्त्रणको प्रयास जारी

हार्डवेयरको गोदाममा आइतबार बिहान १० बजेदेखि आगलागी शुरु भएको थियो । प्रहरी र स्थानीयको प्रयासमा आगलागी नियन्त्रणको प्रयास भइरहे पनि नियन्त्रणमा लिन सकिएको छैन ।

आगलागीको कारणबारे खुल्न नसकेको तनहुँ प्रहरीले जानकारी दिएको छ ।

तनहुँका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले आगो निभाउने प्रयास जारी रहेको बताए । उनका अनुसार अहिलेसम्म मानवीय क्षति भएको जानकारी छैन ।


यो पनि
सरकारी बेवास्ता र शिक्षकको मनलाग्दीले नाजुक बन्यो विद्यालय
पल–समिक्षा : तनहुँको एउटा कोठादेखि प्रहरी अड्डासम्म



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालगन्ज : १६ फागुन नेपालगन्जको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको वाटरपार्कमा १०४ किलो बढि फोहोर भेटिएको छ । बास नेपालले

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौँ : नेपालको शैक्षिक प्रतिस्पर्धाको इतिहासमा महत्वपूर्ण कदमका रूपमा ग्लोबल म्याथ डिबेट लिगको राष्ट्रिय च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ ।

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

Latest










Popular
Suggested