English

सरकारी बेवास्ता र शिक्षकको मनलाग्दीले नाजुक बन्यो विद्यालय



‘विद्यालयमा खानेपानी छैन । खानेपानी नभएको ठाउँमा शौचालय हुने त कुरै भएन,’ उनले भने, ‘नगरपालिकासँग केही सहयोग मागौं भने विद्यार्थी कम छन् भनेर आलटाल गर्छन् ।’

उनी अर्थात डडेल्धुरा अमरगढी नगरपालिका–१ ढुनढुनेस्थित भूवनेश्वरी प्राथमिक विद्यालयका प्रधानाध्यापक मोहनसिंह ऐर । बाल विकासदेखि कक्षा तीनसम्म १४ जना विद्यार्थी रहेको विद्यालयको अभिलेखमा उल्लेख छ । तर विद्यालयमा ६ जना विद्यार्थी नियमित आउँछन् ।

‘भूवनेश्वरी प्राथमिक विद्यालय’ भनेर भित्तामा लेखिएको छ । अन्त कतै विद्यालयको नाम लेखेको बोर्ड छैन । झट्ट हेर्दा जो पनि विद्यालयनै हो र भनेर झुक्किन्छन् ।

२०५६ सालमा स्थापना भएको यो विद्यालयमा २०५७ सालदेखि पठनपाठन सुरु भएको विद्यालयका प्रधानाध्यापक ऐर बताउँछन् । विद्यालयमा ह्वाइट बोर्ड समेत छैन । परम्परागत कालोपाटीमा खरीले लेखेर सिकाउनु पर्ने अवस्था छ ।

‘अहिले प्राथमिक तहका विद्यार्थीले किताबमै लेख्ने सिस्ट आएको छ । केही लेख्नै परे कालोपाटीमा खरीले लेखेर सिकाउँछौं । सम्बन्धित निकायमा पनि खबर गरेका त थियौं तर विद्यार्थी कम छन् भन्दै आलटाल गर्छन्,’उनले भने ।

विद्यालयमा ६ वटा कक्षाकोठा छन् । एउटामा अफिस छ । दुई वटा कक्षाकोठामा विद्यार्थी राखिएको छ भने दुई वटामा ताला लगाएको छ । बाल विकासदेखि तीन कक्षासम्म पढाइ हुने यो विद्यालयमा दुई स्थायी र एकजना करारका शिक्षक छन् ।

बाल विकास र एक कक्षाका विद्यार्थीलाई सँगै राखेर पढाइन्छ भने कक्षा दुई र तीनका विद्यार्थीलाई सँगै राखेर पढाइने गरेको विद्यार्थी चित्रा ऐरले बताइन् । ‘दुई र तीनमा पढ्ने विद्यार्थीलाई एउटै कक्षामा राखेर पढाउँछन् । हामी सबैले एउटै कुरा पढनुपर्छ,’ उनले भनिन् ।

शिक्षकको मनलाग्दी
पाँच कक्षासम्म पढाइ हुने यो विद्यालयमा अमरगढी नगरपालिकाले नगरभित्रका विद्यालय समायोजन गरेपछि कक्षा तीनसम्म मात्रै पढाइ हुन्छ । विगतका दिनमा विद्यालयमा विद्यार्थीको संख्या उल्लेखनीय रहेको पूर्वविद्यार्थी पवन ऐरले बताए ।

‘अहिले विद्यालयमा राम्रो पढाइ हुँदैन । त्यहीँ भएर अविभावकले यता पढाउन खोज्दैनन्,’ उनले भने, ‘म यतै पढेको थिएँ । उतैबाट धेरै कुरा सिकें। अहिले अवस्था यस्तो छ ।’

विद्यालयमा शिक्षकको मनलाग्दी हुने गरेको विद्यार्थीहरू बताउँछन् । पढाउन मन लागे पढाउने नत्र छुट्टी भन्दै घर पठाउने गरेको विद्यार्थी ललित ऐरले बताए । उनी भन्छन्, ‘कहिले काहिँ त विद्यालयमा हामी मात्रै आउँछौं ।’

विद्यालय सार्ने खेल
अमरगढी नगरपालिकाले विद्यालयनजिक संयुक्त ग्यारेज बनाउने भन्दै डोजर प्रयोग गरेर फिल्ड निर्माण गरेको छ । नौ लाख रूपैयाँ लगानी गरेर निर्माण गरेको ग्यारेज निर्माण आर्थिक अभावले अलपत्र परेको छ ।

अब सोही ठाउँमा नगरले औधोगिक ग्राम सञ्चालनको तयारी गरेको छ । विद्यालयनजिक औधोगिक ग्राम सञ्चालनको तयारी थालेको नगरले विद्यालय अन्यत्र सार्न विद्यालयलाई सहयोग नगर्ने गरेको स्थानीयको आरोप छ । भूवनेश्वरी प्राथमिक विद्यालयनजिक संस्थागत विद्यालय सञ्चालनमा छ ।

पूर्वविद्यार्थी पवन ऐर भन्छन्, ‘अहिले विद्यालयमा राम्रो पढाइ हुँदैन । अभिभावकले यता पढाउन खोज्दैनन् । म यतै पढेको थिएँ । अहिले अवस्था यस्तो छ ।’शिक्षकको मनलाग्दी हुने गरेको विद्यार्थीहरू बताउँछन् । पढाउन मन लागे पढाउने नत्र छुट्टी भन्दै घर पठाउने गरेको विद्यार्थी ललित ऐरको भनाइ छ । उनले भने, ‘कहिलेकाहिँ त विद्यालयमा हामी मात्रै आउँछौं ।’

संस्थागत विद्यालय सञ्चालन गर्न नजिकको विद्यालयबाट अनुमति लिनुपर्ने भए पनि भूवनेश्वरी प्राथमिक विद्यालयबाट अनुमति नलिएर विद्यालयबाट निकै टाढा रहेको बैजनाथ मावि मौरडाबाट अनुमति लिएको विद्यालयका प्रअ ऐर बताउँछन् ।

बालबालिकालाई टाढाको विद्यालयसम्म जानआउन समस्या हुने हुँदा समायोजनमा कठिनाइ भएको अमरगढी नगरपालिकाले जनाएको छ । आगामी दिनमा यस विद्यालयको विकल्प खोज्ने नगरपालिकाका शिक्षा प्रमुख हेमन्त पन्तको भनाइ छ ।

पन्त भन्छन्, ‘त्यो विद्यालयमा वार्षिक रूपमा प्रशासनिक खर्चको लागि अनुदान रकम जान्छ । सेतो पाटी बालमैत्री कक्षाकोठा व्यवस्थापनलगायतका काममा उहाँहरूले खर्च गर्नुपर्छ । तर यी कुराहरू प्रअ र विद्यालय व्यवस्थापन समितिसँग जोडिन्छ । उहाँहरूले ध्यान दिनुपर्छ । हामीहरू अनुगमनका क्रममा गएका छौं । सुझाव पनि दिएका छौं ।’

यो पनि
संघीय शिक्षा ऐन ल्याउन प्रधानमन्त्री सकारात्मक
शिक्षकलाई एकमुष्ट आर्थिक सहायता दिने सरकारको निर्णय
शिक्षकका समस्या समाधान गर्न सहमति, कार्यान्वयनमा आशंका



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,