रूस-युक्रेन द्वन्द्व : यी हुन् पछिल्ला घटना



रूसी सेनाले युक्रेनमाथि हमला गरिरहेको छ । युक्रेनी सेनाको प्रतिकारका कारण किभलाई नियन्त्रणमा लिने उसको प्रयास सफल हुन सकेको छैन । रूसी सेनाले दोस्रोपटक किभलाई हमला गरेको छ ।

रूसी सेनाका सयौं बख्तरबन्द किभतर्फ बढिरहेका विवरण सार्वजनिक भएका छन् । अमेरिकी सुरक्षा अधिकारीले रूसी सेनाले एक सातामै किभ ढल्ने प्रक्षेपण गरेका थिए । रूसको गतिविधिलाई विश्व समुदायले निन्दा गरेका छन् । विरोध प्रदर्शन पनि भइरहेका छन् । बीबीसीकाअनुसार अहिलेसम्मका घटना यस्ता छन् :

–रूसी पक्षले दुईवटा शहरका लागि सहमति गरिएको अस्थायी युद्धविरामलाई लागु नगरेको भन्दै सो कार्य स्थगित गरिएको युक्रेनी अधिकारीले बताएका छन् ।
–नेटोले ‘नो–फ्लाई जोन’ स्थापनाका लागि अस्वीकार गरेपछि युक्रेन राष्ट्रपतिले उक्त सैन्य सङ्गठनका नेताहरूको आलोचना गरेका छन् ।
–रूसले फेसबुकमाथि प्रतिबन्ध लगाएको छ । ट्विटर र यूट्यूबको पहुँचमा पनि रोक लगाइएको छ ।
–अमेरिकाले संयुक्त राष्ट्र सुरक्षा परिषद्को आपत्कालीन बैठकमा युरोपको सबैभन्दा ठूलो परमाणु ऊर्जा केन्द्रमा भएको रूसी आक्रमणलाई लापरबाहीपूर्णको संज्ञा दिएको छ ।
–परमाणु ऊर्जा केन्द्रका केही भवनहरू आगो लागेपछि रूसी सेनाले केन्द्रलाई कब्जामा लिएको थियो । जसका कारण केहीको मृत्यु र केही घाइते भएको युक्रेनको दाबी छ । तर रूसले त्यहाँ कुनै सुरक्षा खतरा नभएको र केन्द्रमा गोली प्रहार गरेको कुरा ‘असत्य’ भएको बताउँदै आएको छ । अन्तर्राष्ट्रिय अनुगमनकर्ताहरूले केन्द्रमा कुनै रेडियोधर्मी पदार्थ नरहेको बताएका छन् ।
–पश्चिमा अधिकारीहरूका अनुसार रूसका तीन कमान्डरहरू अग्रपङ्क्तिमा गएपछि मारिएका छन् ।
– युक्रेन युद्धको विरोधमा इङ्गल्यान्डदेखि थाईल्यान्डसम्म प्रदर्शन ।
–विश्वभर विभिन्न सहरमा युक्रेन युद्धको विरोधमा हजारौँले प्रदर्शन गरेका छन् ।
–रूसले अस्थायी युद्धविराम पालना नगर्दा सर्वसाधारणले सहर छोड्न नपाएको युक्रेनको आरोप छ ।
–रूसको विमानसेवाको बेलारूसबाहेक सबै अन्तर्राष्ट्रिय उडान रद्द गरिएका छन् ।
–रूसले युक्रेनी ‘राष्ट्रवादी’ले सर्वसाधारणलाई शहर छोड्न नदिएको आरोप लगाएको छ ।
–पश्चिमा विश्वमाथि रूसले ‘आर्थिक डकैती’को आरोप लगाएको छ ।

मारिओपोलमा गोलाबारी र बम हमला

रूसी सेनाले घेराबन्दी गरेको युक्रेनी सहर मारिओपोलमा तीव्र गोलाबारी भएको विवरणहरू सार्वजनिक भएका छन् । यसअघि मानवीय सहायताका लागि भन्दै रूसी सेनाले सो शहरमा अस्थायी युद्धबिराम घोषणा गरेको थियो ।

रूसी सेनाको गोलाबारीका कारण सर्वसाधारणलाई मारिओपोलबाट बाहिर लैजाने कार्य स्थगित गरिएको युक्रेनी अधिकारीहरूले बताएका छन् ।

रूसी सेनाले बमबारी र गोलाबारी तीव्र पारेको मारिओपोलका मेयर भदयाम बोयचेन्कोले बताएका छन् । ‘आवासीय ब्लकहरूमा निरन्तर गोलाबारी जारी छ । आवासीय क्षेत्रमा विमानले बम खसालि रहेका छन्’ उनको भनाइ उदृत गर्दै एपी समाचार संस्थाले जनाएको छ ।
यो पनि
‘हामीले एक खास रणनीति बनाएका छौँ’- युक्रेन
रूसविरोधी देशहरूलाई पुटिनले किन दिए चेतावनी ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

विश्व पर्यटन दिवस २०२३ को अवसरमा च्यासा मंका खंलले धिमे बाजाको धुनमा नेवारी लोकप्रिय गीत ‘सचिका चिना’ प्रस्तुत गरेर सहभागी

हरेक वर्ष सेप्टेम्बर २९ का दिन विश्व मुटु दिवस मनाउँदै आइएको छ । नेपालमा पनि विभिन्न चेतनामूलक कार्यक्रमहरू आयोजना गरी

४४औँ विश्व पर्यटन दिवसको अवसरमा बुधवार राजधानीस्थित कीर्तिपुरमा ‘संरक्षणको लागि साँझपखको हिँडाइ’ सम्पन्न भएको छ । कार्यक्रममा संरक्षण विज्ञ अनिल

मंगलबार साँझ हिमालयन उद्धार संघको व्हाट्सएप ग्रुपमा बुधबार बिहान पाटनढोकामा हुने ४४ औँ विश्व पर्यटन दिवस ‘प्रभातफेरी’ मा सहभागी हुन