English

‘हामीले एक खास रणनीति बनाएका छौँ’- युक्रेन



युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले युरोपको आकाशमा हवाई प्रतिबन्ध नलगाएको भन्दै पश्चिमा देशहरूको आलोचना गरेका छन् ।

यसैगरी, राष्ट्रपति जेलेन्स्कीका एकजना सल्लाहकारले रुससँग लड्न आफूहरूले विशेष रणनीति बनाएको भन्दै रुसी सेनालाई परास्त गर्ने दाबी गरेका छन् ।

रुसले आक्रमण गरेदेखि युक्रेनले आफ्नो देशको आकाशमा ‘नो फ्लाई जोन’ बनाउन माग गर्दै आएको छ । तर, यसो गर्दा रुस–युक्रेन युद्ध अन्य देशमा पनि फैलिन सक्ने भन्दै नेटो गठबन्धले ‘नो फ्लाई जोन’ घोषणा गर्न अस्वीकार गर्दै आएको छ । यसप्रति युक्रेनका राष्ट्रपति जेलेन्स्कीले आक्रोश प्रकट गरेका छन् ।

एक भिडियो सन्देशमार्फत् युक्रेनी जनतालाई सम्बोधन गर्ने क्रममा उनले ‘नो फ्लाई जोन’ लागू नगर्दा युक्रेनमा रुस थप आक्रामक बन्दै जाने उल्लेख गरेका छन् । साथै, उनले युक्रेनमा आक्रमण गर्न पश्चिमा देशहरूले रुसलाई लाइसेन्स दिएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

एक भिडियो सन्देशमार्फत् युक्रेनी जनतालाई सम्बोधन गर्ने क्रममा उनले ‘नो फ्लाई जोन’ लागू नगर्दा युक्रेनमा रुस थप आक्रामक बन्दै जाने उल्लेख गरेका छन् । साथै, उनले युक्रेनमा आक्रमण गर्न पश्चिमा देशहरूले रुसलाई लाइसेन्स दिएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

राजधानी किएभबाट जारी भिडियो सन्देशमा जेलेन्स्कीले भनेका छन्, ‘आज नेटो गठबन्धनको नेतृत्वले नो फ्लाई जोन लागू गर्न अस्वीकार गरेर रुसलाई युक्रेनका शहर र गाउँहरूमा बमबारी जारी राख्न अनुमति दिएको छ ।’ युक्रेनमा गरिएको आक्रमणको पश्चिमा देशहरूले विरोध गर्दै हतियार सहयोग गरे पनि रुसी सेनासँग लड्न आफ्ना सैनिक भने पठाएका छैनन् ।

भिडियो सन्देशमा जेलेन्स्कीले भनेका छन्, ‘आज नेटो गठबन्धनको नेतृत्वले नो फ्लाई जोन लागू गर्न अस्वीकार गरेर रुसलाई युक्रेनका शहर र गाउँहरूमा बमबारी जारी राख्न अनुमति दिएको छ ।’

यसअघि, नेटोका महासचिव एस स्टोलटेनवर्गले युक्रेनको भयावह अवस्थाबारे थाहा हुँदाहुँदै पनि नो फ्लाई जोन घोषणा गर्न नसकिने बताएका थिए । पश्चिमा देशका नेताहरूले नो फ्लाई जोन बनाउँदा रुसले पश्चिमी देशका विमानहरूलाई आक्रमण गर्ने र युद्ध झन् भयावह हुनसक्ने बताउने गरेका छन् ।

रुस–युक्रेन युद्ध चर्किंदै गएपछि युरोपेली देशको सुरक्षाका लागि भन्दै नेटोले पूर्वी युरोपमा विशेष तालिमप्राप्त सेनाको तैनाथी भने बढाएको छ । साथै युरोपको आकाशमा हवाई गस्ती पनि गरिरहेको छ ।

रुसी सेनालाई परास्त गर्ने दाबी

यसैबीच युक्रेनका राष्ट्रपतिका एक सल्लाहकार एलेक्सेई एरेस्तोभिचले रुसी सेनालाई परास्त गर्ने दाबी गरेका छन् । उनले फेसबुकमा एक लामो सन्देश पोष्ट गर्दै युक्रेनी सेना र जनताको प्रतिरोधले रुसी सेनालाई समाप्त पारिदिने दाबी गरेका हुन् ।

सी सेना बलियो नभई विशाल मात्र रहेको भन्दै उनले लेखेका छन्, ‘हामीले एक खास रणनीति बनाएका छौं, जसको प्रभाव देखिएको छ ।’

रुसी सेना बलियो नभई विशाल मात्र रहेको भन्दै उनले लेखेका छन्, ‘हामीले एक खास रणनीति बनाएका छौं, जसको प्रभाव देखिएको छ ।’ उनले युक्रेन भाग्यले वा संयोगले मात्र नजोगिएको बताउँदै उनले भनेका छन्, ‘विदेशी रक्षा अधिकारी युक्रेनको सेनाको शक्ति र नेतृत्व देखेर चकित परेका छन् ।’

रुसले युक्रेनमा आक्रमण गर्दा तयारीका लागि आफूहरूसँग धेरै समय नभए पनि युद्ध क्षेत्रमा आफूहरु सफल भएको दाबी गर्दै राष्ट्रपतिका सल्लाहकार एरेस्तोभिचले भनेका छन्, ‘पुटिनका १० मध्ये ८ सेना युक्रेनमा छन् । तिनीहरूलाई हामीले यहींँ पुरिदिने छौं ।’

यो पनि…
युक्रेन हमला : कस्तो छ पछिल्लो अपडेट ?

रूसविरोधी देशहरूलाई पुटिनले किन दिए चेतावनी ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं : प्रिज्मा एड्भर्टाइजिङका संस्थापक/प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा क्रिएटिभ हेड रञ्जीत आचार्य १७औँ कान्स कर्पोरेट मिडिया एण्ड टिभी अवार्ड

उत्तर अमेरिकामा क्रियाशील नेपाली पत्रकारहरूको संस्था नेपाल अमेरिका पत्रकार संघ स्थापना भएको १९ वर्षको अवसरमा विविध कार्यक्रमको आयोजना गरिएको छ।

पृथ्वी जयन्तिको अवसर पारेर अष्ट्रेलियाका नेपालीहरूले पृथ्वी जयन्ती एवम् ‘अन्तर्राष्ट्रिय नेपाली दिवस’ मनाएका छन्। अष्ट्रेलियाका सिड्नी, क्यानबेरा, एडिलेड, ब्रिजबेन लगायत

विश्वव्यापी विकासका बहसहरू प्रायः राष्ट्र-राज्य, ठूला लगानीकर्ता र अन्तर्राष्ट्रिय संस्थाहरूको वरिपरि मात्र घुमिरहन्छन्। तर पछिल्ला वर्षहरूमा एउटा महत्त्वपूर्ण सत्य क्रमशः

Latest










Popular
Suggested