English

चेल्सी, एस्टन भिल्ला र निसको जित



इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र एस्टन भिल्लाले सहज जित निकालेका छन् । शनिबार राति भएको खेलमा चेल्सीले बर्नलीलाई ४–० अन्तरले हरायो ।

चेल्सीको जितमा काइ हाभर्ट्जले दुई तथा रीस जेम्स र क्रिस्चियन पुलिसिचले एक–एक गोल गरे । जितसँगै चेल्सीले २६ खेलमा ५३ अंक जोडेर तेस्रो स्थानमा छ । बर्नली २१ अंक जोडेर १८ औं स्थानमा छ ।

अर्को खेलमा एस्टन भिल्लाले साउथह्याम्पटनलाई ४–० ले हरायो । ब्रेन्टफोर्डले नर्विच सिटीलाई ३–१ अन्तर, क्रिस्टल प्यालेसले उल्भ्सलाई २–० तथा न्युकासलले ब्राइटनलाई २–१ अन्तरले हरायो ।

पीएसजी दोस्रो स्थानको निससँग पराजित

फ्रेन्च लिग लिडर पेरिस सेन्ड जर्मेन (पीएसजी) शनिबार राति भएको खेलमा दोस्रो स्थानको निससँग १–० अन्तरले पराजित भएको छ । घरेलु मैदानमा निसलाई जिताउन एण्डी डेलोर्टले खेल सकिन दुई मिनेट अघि गोल गरे ।

भ्रमणकारी टोली पीएसजीले आफ्नो अट्याकमा लिओनल मेस्सी, नेयमारलाई स्थान दिएपनी फिनिसिङमा भने चुकेको थियो ।

लिगमा पीएसजीको यो पछिल्लो तीन खेलमा दोस्रो हार हो । जितसँगै निसले पीएसजीसँगको दूरी घटाएको छ । पीएसजीको २७ खेलबाट ६२ अंक सहित शीर्ष स्थानमा छ भने समान खेलबाट निसको ४९ अंक छ ।

यो पनि…
माउण्टेन ट्रेल रेसको उपाधि आर्मीका महतरालाई
बायोपिक फिल्मको तयारीमा थिए शेन वार्न
इटालियन सिरी ए : इन्टरको फराकिलो जित



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अग्रणी ब्याट्री उत्पादक कम्पनी एशियन ब्याट्री लिमिटेडले राष्ट्रिय क्रिकेट टोलीका स्टार खेलाडी दिपेन्द्र सिंह ऐरीलाई आफ्नो आधिकारिक ब्राण्ड एम्बेसडरको

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

फागुन ९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिस्थित सिवाः सायमि खलःले मानन्धर फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं उपत्यका लगायत

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

Latest










Popular
Suggested