चेल्सी, एस्टन भिल्ला र निसको जित



इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र एस्टन भिल्लाले सहज जित निकालेका छन् । शनिबार राति भएको खेलमा चेल्सीले बर्नलीलाई ४–० अन्तरले हरायो ।

चेल्सीको जितमा काइ हाभर्ट्जले दुई तथा रीस जेम्स र क्रिस्चियन पुलिसिचले एक–एक गोल गरे । जितसँगै चेल्सीले २६ खेलमा ५३ अंक जोडेर तेस्रो स्थानमा छ । बर्नली २१ अंक जोडेर १८ औं स्थानमा छ ।

अर्को खेलमा एस्टन भिल्लाले साउथह्याम्पटनलाई ४–० ले हरायो । ब्रेन्टफोर्डले नर्विच सिटीलाई ३–१ अन्तर, क्रिस्टल प्यालेसले उल्भ्सलाई २–० तथा न्युकासलले ब्राइटनलाई २–१ अन्तरले हरायो ।

पीएसजी दोस्रो स्थानको निससँग पराजित

फ्रेन्च लिग लिडर पेरिस सेन्ड जर्मेन (पीएसजी) शनिबार राति भएको खेलमा दोस्रो स्थानको निससँग १–० अन्तरले पराजित भएको छ । घरेलु मैदानमा निसलाई जिताउन एण्डी डेलोर्टले खेल सकिन दुई मिनेट अघि गोल गरे ।

भ्रमणकारी टोली पीएसजीले आफ्नो अट्याकमा लिओनल मेस्सी, नेयमारलाई स्थान दिएपनी फिनिसिङमा भने चुकेको थियो ।

लिगमा पीएसजीको यो पछिल्लो तीन खेलमा दोस्रो हार हो । जितसँगै निसले पीएसजीसँगको दूरी घटाएको छ । पीएसजीको २७ खेलबाट ६२ अंक सहित शीर्ष स्थानमा छ भने समान खेलबाट निसको ४९ अंक छ ।

यो पनि…
माउण्टेन ट्रेल रेसको उपाधि आर्मीका महतरालाई
बायोपिक फिल्मको तयारीमा थिए शेन वार्न
इटालियन सिरी ए : इन्टरको फराकिलो जित



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

एसिया कप २०२३ अन्तर्गत भारत र नेपालबीचको खेल वर्षाले अबरुद्ध भएको छ। श्रीलंकाको पल्लेकेले मैदानमा जारी खेलमा नेपालले ब्याटिङ गरिरहदा

नेपाल भेट्रान्स टिम खेलको टी–२० सिरिज खेल्न नेपाल भ्रमणमा आएको कुवेतको भेट्रान्स क्रिकेट टिम कुवेत बादशाह क्रिकेट क्लबले विजयी सुरुवात

यूएईलाई ७ विकेटले हराउँदै नेपालले नेपालले एसीसी प्रिमियर कपको उपाधि जितेको छ । यससँगै नेपालले एसिया कपमा पनि स्थान बनाएको

एसीसी प्रिमियर कप अन्तर्गत नेपाल र यूएईबीचको फाइनल खेल भाेलि मंगलबार हुने भएको छ । भोलिकाे खेल यही अवस्थाबाट सुरु