English

इटालियन सिरी ए : इन्टरको फराकिलो जित



इटालियन सिरी ए फुटबलमा इन्टर मिलानले फराकिलो जित निकालेको छ । शुक्रबार राति भएको खेलमा इन्टरले सालेरनिटानालाई ५-० गोल अन्तरले हराएको हो । लाउटरो मार्टिनेजले ह्याट्रिक गरे । दुई गोल इडेन जेकोले गरे ।

खेलको २२औं मिनेटमा मार्टिनेजले गोल गर्दै टोलीलाई १-० को अग्रता दिलाएका थिए । खेलको ४०औं मिनेटमा मार्टिनेजले व्यक्तिगत दोस्रो गोल गर्दा इन्टरको अग्रता दोब्बर बन्यो । ५६औं मिनेटमा मार्टिनेजले ह्याट्रिक पूरा गर्दा इन्टर ३-० ले अघि रह्यो ।

खेलको ६४औं मिनेटमा इडेन जेकोले गोल गरेपछि इन्टरले ४-० को अग्रता बनायो । खेलको ६९औं मिनेटमा जेकोले व्यक्तिगत दोस्रो गोल गर्दै इन्टरलाई ५-० को जित दिलाए । यस जितसँगै इन्टर शीर्ष स्थानमा उक्लिएको छ । इन्टरले २७ खेलमा ५८ अंक जोडेको छ । सालेरनिटाना १५ अंक जोडेर अन्तिममा छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अग्रणी ब्याट्री उत्पादक कम्पनी एशियन ब्याट्री लिमिटेडले राष्ट्रिय क्रिकेट टोलीका स्टार खेलाडी दिपेन्द्र सिंह ऐरीलाई आफ्नो आधिकारिक ब्राण्ड एम्बेसडरको

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

फागुन ९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिस्थित सिवाः सायमि खलःले मानन्धर फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं उपत्यका लगायत

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

Latest










Popular
Suggested