इटालियन सिरी ए : इन्टरको फराकिलो जित



इटालियन सिरी ए फुटबलमा इन्टर मिलानले फराकिलो जित निकालेको छ । शुक्रबार राति भएको खेलमा इन्टरले सालेरनिटानालाई ५-० गोल अन्तरले हराएको हो । लाउटरो मार्टिनेजले ह्याट्रिक गरे । दुई गोल इडेन जेकोले गरे ।

खेलको २२औं मिनेटमा मार्टिनेजले गोल गर्दै टोलीलाई १-० को अग्रता दिलाएका थिए । खेलको ४०औं मिनेटमा मार्टिनेजले व्यक्तिगत दोस्रो गोल गर्दा इन्टरको अग्रता दोब्बर बन्यो । ५६औं मिनेटमा मार्टिनेजले ह्याट्रिक पूरा गर्दा इन्टर ३-० ले अघि रह्यो ।

खेलको ६४औं मिनेटमा इडेन जेकोले गोल गरेपछि इन्टरले ४-० को अग्रता बनायो । खेलको ६९औं मिनेटमा जेकोले व्यक्तिगत दोस्रो गोल गर्दै इन्टरलाई ५-० को जित दिलाए । यस जितसँगै इन्टर शीर्ष स्थानमा उक्लिएको छ । इन्टरले २७ खेलमा ५८ अंक जोडेको छ । सालेरनिटाना १५ अंक जोडेर अन्तिममा छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

एसिया कप २०२३ अन्तर्गत भारत र नेपालबीचको खेल वर्षाले अबरुद्ध भएको छ। श्रीलंकाको पल्लेकेले मैदानमा जारी खेलमा नेपालले ब्याटिङ गरिरहदा

नेपाल भेट्रान्स टिम खेलको टी–२० सिरिज खेल्न नेपाल भ्रमणमा आएको कुवेतको भेट्रान्स क्रिकेट टिम कुवेत बादशाह क्रिकेट क्लबले विजयी सुरुवात

यूएईलाई ७ विकेटले हराउँदै नेपालले नेपालले एसीसी प्रिमियर कपको उपाधि जितेको छ । यससँगै नेपालले एसिया कपमा पनि स्थान बनाएको

एसीसी प्रिमियर कप अन्तर्गत नेपाल र यूएईबीचको फाइनल खेल भाेलि मंगलबार हुने भएको छ । भोलिकाे खेल यही अवस्थाबाट सुरु