माउण्टेन ट्रेल रेसको उपाधि आर्मीका महतरालाई



दोस्रो लिस्तिकोट दुगुनागढी माउण्टेन ट्रेल रेसको उपाधि त्रिभुवन आर्मी क्लबका देवराज महतराले जितेका छन् । खुलातर्फको प्रतियोगितामा महतराले २ घण्टा १४ मिनेट ३० सेकेण्डमा साढे २४ किलोमिटरको दूरी पार गरेर उनी पहिलो भएका हुन् । ११८ प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि तिजेका महतराले रु एक लाख दस हजार नगद पुरस्कार पाएका छन् ।

प्रतियोगितामा २ घण्टा १६ मिनेट १० सेकेण्डमा निर्धारित दूरी पार गरेर त्रिभुवन आर्मी क्लबकै श्रीकास राई दोस्रो भए । उनले ७५ हजार नगद पुरस्कार पाए भने तेस्रो सोलुखुम्बुका सुमन कलुङले २ घण्टा २१ मिनेटमा निर्धारित दूरी पार गरेर तेस्रो भए । उनले रु ५५ हजार पुरस्कार प्राप्त गरे । चौथो, पाँचौ र छैठौं हुन सफल भीमबहादुर गुरुङ, राजेन्द्र राई, र याङदेव राईले क्रमश ४० हजार ३० हजार र २० हजार नगद पुरस्कार जित्न सफल भए ।

त्यस्तै महिलातर्फ सिन्धुपाल्चोकी नितु तामाङ प्रथम हुन सफल भएकी हुन् । तामाङले ३ घण्टा १७ मिनेटमा निर्धारित दूरी पार गरि रु ६० हजार नगद पुरस्कार जितिन् । दोस्रो र तेस्रो क्रमश सिन्धुपाल्चोककै भगवती खत्री र दोलखाकी पासाडिकी शेर्पाले ३५ हजार र २० हजार पुरस्कार पाए ।

जिल्लातर्फ गणेशसिं ठकुरी, राहुल तामाङ र श्यामकुमार तामाङ क्रमश प्रथम, द्वितीय र तृतीय भएका छन् । उनिहरूले क्रमश:३० हजार २० हजार र १५ हजार पुरस्कार पाए । जिल्ला न्यायाधिस चन्द्रप्रकाश तिवारी, श्री नम्बर २६ का सहायक रथी ज्योतिन्द्र महत, प्रमुख जिल्ला अधिकारी वेदनिधि खनाल र भोटेकासी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले विजेतालाई पुरस्कार वितरण गरेका हुन् ।

भोटेकोसी गाउँपालिकाको मुख्य प्रायोजन र नेपाली सेना गोरख बक्स गणको सहकार्य तथा व्यवस्थापनामा गत वर्षदेखि ट्रेल रेसको आयोजना हुँदै आएको छ । नेपाल तिव्वतबीच भएको युद्ध ऐतिहासिक एवम् सामरिक स्थल दुगुनागढी र लिस्तिमाईको संरक्षण, प्रचारप्रसार एवम् पर्यटकीय प्रवन्धनमा टेवा पुर्‍याउनका लागि यो आयोजना हुँदै आएको छ ।

यो पनि…
बायोपिक फिल्मको तयारीमा थिए शेन वार्न

इटालियन सिरी ए : इन्टरको फराकिलो जित



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

एसिया कप २०२३ अन्तर्गत भारत र नेपालबीचको खेल वर्षाले अबरुद्ध भएको छ। श्रीलंकाको पल्लेकेले मैदानमा जारी खेलमा नेपालले ब्याटिङ गरिरहदा

नेपाल भेट्रान्स टिम खेलको टी–२० सिरिज खेल्न नेपाल भ्रमणमा आएको कुवेतको भेट्रान्स क्रिकेट टिम कुवेत बादशाह क्रिकेट क्लबले विजयी सुरुवात

यूएईलाई ७ विकेटले हराउँदै नेपालले नेपालले एसीसी प्रिमियर कपको उपाधि जितेको छ । यससँगै नेपालले एसिया कपमा पनि स्थान बनाएको

एसीसी प्रिमियर कप अन्तर्गत नेपाल र यूएईबीचको फाइनल खेल भाेलि मंगलबार हुने भएको छ । भोलिकाे खेल यही अवस्थाबाट सुरु