English

प्रचण्डको अभिव्यक्तिपछि नारायणकाजीले के भने ?



नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पार्टीभित्र देखिएको मतभेदलाई अतिरञ्जित ढङ्गले नबुझ्न आग्रह गरेका छन् । आइतबार प्रतिनिधिसभाबाट एमसीसी पारित भएसँगै उनी रुष्ट बनेका थिए । श्रेष्ठले कुनै पनि हालतमा एमसीसी पास गर्न नहुने बताउँदै आए पनि पार्टीले व्याख्यात्मक घोषणासहित एमसीसी पारित गर्ने निर्णय गरेको थियो ।

उनी पक्षधरले विरोध गर्न थालेसँगै पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी छाडेर गए पनि फरक नपर्ने खालको अभिव्यति दिएपछि माओवादीमा विवाद चुलिएको थियो । तर नेता श्रेष्ठले भने सञ्चारमाध्यमा विभिन्न ढंगले प्रचार भइरहेको भन्दै त्यसो नगर्न आग्रह गरेका छन् ।

‘हाम्रो पार्टीभित्र देखिएको मतभेद र अन्तर्बिरोधलाई लिएर विभिन्न सञ्चार माध्यममार्फत विभिन्न ढङ्गले प्रचार भैरहेको सम्बन्धमा बिषयलाई अतिरञ्जित ढङ्गले नबुझ्न सबैसँग अनुरोध गर्दछु,’ बिहीबार साँझ सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘अध्यक्ष प्रचण्ड र मेरो बीचमा छलफल जारी छ र अन्य नेतृत्वदायी कमरेडहरूसँग पनि छलफल भैरहेको छ ।’

यो पनि
प्रचण्डको अभिव्यक्तिले निराश नारायणकाजी, विकल्प खोज्दै
‘…अनि माओवादीले एमसीसीमा सहमति जनायो’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । चर्चित सञ्चारकर्मी तथा तीन करोड नेपाली जनताको साझा आवाजका रूपमा परिचित ऋषि धमलाको अध्यक्षतामा “स्वतन्त्र नागरिक अभियान नेपाल”

जेठ ९ । केके मानन्धर ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मध्यपुर थिमि नगर समितिको प्रथम अधिवेशन सम्पन्न भएको छ । एभरेस्ट

अच्युतकृष्ण शरण:१४ वर्षको वनवासपछि जब भगवान श्री राम अयोध्याको सिंहासनमा आसीन हुनुभयो, त्यतिबेला जनतामाझ माता सीता को पवित्रतामाथि प्रश्न उठ्यो।

प्रतिनिधि सभाको निर्वाचन २०८२ साल फागुन २१ गते हुँदैछ । संविधानअनुसार प्रतिनिधि सभा राज्यको सार्वभौम अधिकार सम्पन्न निकाय हो ।

Latest










Popular
Suggested