बेहुली नाचेपछि बेहुलाले तत्कालै दिए डिभोर्स



इराकको बगदादमा एक जोडीको निकै कम समयमा डिभोर्स भएको छ। गल्फ न्युजले उल्लेख गरेअनुसार विवाहमा बेहुली ‘उत्तेजक’ सिरियाली गीतमा नाचेको भन्दै बेहुलाले तत्कालै डिभोर्स दिएका हुन् ।

स्थानीय सञ्चारमाध्यमहरूका अनुसार बेहुली ‘मेसायतारा’ गीतमा नाचेकी थिइन्। यसको अर्थ ‘म तिमीलाई नियन्त्रणमा राख्छु’ भन्ने हुन्छ।

गीतको यो बोलले बेहुलालाई यति चित्त दुख्यो कि उनले तत्कालै डिभोर्सको निर्णय गरे। समाचारमा उल्लेख गरिएअनुसार बेहुलीले मेसायतारा गीतमा नाच्नु बेहुला र उसको परिवारलाई भड्किलो लागेको थियो।

यसबाट उनीहरू खुसी थिएनन्। यस विषयमा बेहुला र बेहुलीबीच बहस पनि भएको थियो। त्यसपछि बेहुलाले तत्कालै बेहुलीलाई डिभोर्स दिए। यो गीत लामिस कानले गाएका थिए।

गीतकै कारण नवविवाहित जोडीको डिभोर्स भएको यो पहिलो घटना भने होइन। गत वर्ष जोर्डका एक व्यक्तिले गीतकै कारण आफ्नी बेहुलीसँगको नाता तोडेका थिए।
यो पनि…
बेहुलाले मण्डपमै थप्पड हानेपछि बेहुलीले गरिन् देवरसँग विवाह
बेहुली होइन, यहाँ विवाहपछि बेहुला अन्माइन्छ !



Leave a Reply

Your email address will not be published.

सम्बन्धित खबरहरु

मानव सभ्यताको विकास करोडौँ वर्ष पुरानो हो। आज तपाईँ हामीले देखेको सभ्यता धेरै प्रगतिशील र उन्नत छ, तर करोडौँ वर्ष

घरबाहिर निस्कँदा ताला लगाउन बिर्सनुहुन्न । किनभने यसो गर्दा हामीमा सधैँ चोरीको डर हुन्छ। यति मात्र होइन, चोरहरूले घरको ताला

संसारमा हरेक धर्म र जातका आ–आफ्नै संस्कृति छन् । भारतमा पनि विभिन्न संस्कृतिका मानिसहरू बस्छन्। उनीहरूको वेशभूषा, खानपिन र आस्था

एक साउदी पुरुषले आफ्नो ४३ वर्षको अवधिमा विभिन्न महिलासँग ५३ पटक विवाह गरेको बताएका छन् । उनी व्यक्तिगत रुपमा खुसीभन्दा

Suggested