English

छिमेकीको लुगा फिर्ता नगरेपछि श्रीमानले दिए डिभोर्स



छिमेकीको लुगा चोरेको आरोप लगाउँदै इजिप्टका एक पुरुषले पत्निसँग सम्बन्ध बिच्छेद गरेका छन् । समाचार विवरणअनुसार २२ वर्षीया ती महिलाले बिदाको दिन छिमेकीको लुगा मागेर घुम्न गएकी थिइन् । तर, बिदा मनाएर फर्किएपछि पनि उनले लुगा फिर्ता गरिनन् जसका कारण उनको पति उनीसँग ‌अ‌ागो बनेका थिए ।

लुगा फिर्ता माग्दा ती युवतीले छिमेकीलाई मानिस लगाएर कुट्ने धम्की दिएकी थिइन् । लामो समयसम्म लुगा फिर्ता नगरेपछि छिमेकीले ती युवतीका श्रीमानलाई गुनासो गरेकी थिइन् । आफ्ना लुगा फिर्ता नदिए प्रहरीकहाँ उजुरी गर्ने बताएकी थिइन् । ‘छिमेकीले आग्रह गर्दा पनि पत्नीले लुगा फिर्ता गरिनन् । बरु उल्टै कुटिन् ।’, उनका पतिले भने ।

पत्निलाई छिमेकीको लुगा फेर्न बारम्बार आग्रह गर्दा पनि नमानेपछि बाध्य भएर सम्बन्ध बिच्छेदको निर्णयमा पुगेको उनले बताएका छन् । ‘सम्बन्धबिच्छेद गर्नुअघि मैले उनको परिवारसँग पनि सल्लाह मागेको थिए ’, उनले भने ।

यो पनि….
वैज्ञानिक भन्छन्, राेबटले यसरी बच्चा जन्माउन सक्छ
पोस्टमार्टम गर्न लागेका व्यक्तिले हातखुट्टा चलाउन थालेपछि…



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालमा दुर्लभ मानिने पुतली सिल्वर स्ट्रिकेड एकासिया ब्लु (Silver-streaked Acacia Blue), वैज्ञानिक नाम Zinaspa todara, करिब ५१ वर्षपछि पुनः अभिलेख

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

Latest










Popular
Suggested