कृषि उद्योगमा वार्षिक पाँच हजार बढीलाई रोजगारी



पछिल्लो समय नेपालमा कृषि पेसा आधुनिक तवरले गर्न थालिएको छ । यो पेसा अहिले दर्ता गरेर उद्योगको रूपमा अघि बढिरहेको छ । विगतमा देशमा रोजगारी नभएर विदेसिएका युवा स्वदेश फर्केर कृषि पेसा अँगालिरहेका छन् । कृषि पेसालाई व्यवसायिक रूपमा अघि बढ्न थालेपछि कृषक र त्यहाँ कार्यरत मजदुर खुसी छन् ।

झापाको ग्रामीण क्षेत्रमा समेत कृषि उद्योगहरू धमाधम सञ्चालनमा आउन थालेका छन् । सरकारले दिने अनुदान र कोरोना कहरले गर्दा गाउँघरमै केही गर्न चाहने युवाहरूले खोलेको फार्मले वार्षिक पाँच हजार बढीलाई रोजगारीसमेत दिइरहेका छन् ।

घरेलु तथा साना उद्योग कार्यालय झापाको तथ्यांकअनुसार कोरोना कालमा सबैभन्दा धेरै कृषिजन्य उद्योग दर्ता भएको उनले बताए । गत आर्थिक वर्षमा तीन हजार ११० उद्योग दर्ता हुँदा एक हजार आठ सय ४९ कृषि उद्योग दर्ता भएको छ । चालु आर्थिक वर्षको पछिल्लो ६ महिनामा मात्र १३ सय ९६ उद्योग हुँदा ८७२ कृषि उद्योग दर्ता घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ ।

प्रत्यक्ष रूपमा दैनिक करिब तीन सयले रोजगारी पाएका छन्,अप्रत्यक्ष रूपमा कृषिबाट रोजगारी पाउने धेरै छन् ।

कृषि क्षेत्रमा दैनिक तीन सय बढीले प्रत्यक्ष रूपमा रोजगारी पाइरहेको कृषि ज्ञानकेन्द्र झापाका प्रमुख नीलकमल सिंहले बताए । ‘प्रत्यक्ष रूपमा दैनिक करिब तीन सयले रोजगारी पाएका छन्, उनले भने, ‘अप्रत्यक्ष रूपमा कृषिबाट रोजगारी पाउने धेरै छन् ।’

पछिल्लो समय कृषिलाई उद्योगको रूपमा विकास गरेर काम गर्नेको संख्या बढेको उनी बताउँछन् । ‘अहिले त व्यावसायिक खेती गर्ने धेरै छन् । जसमा युवाहरू धेरै देखिन्छ । सरकारले कृषिमा अनुदानका कार्यक्रम सञ्चालन गरिरहेको छ,’ उनी भन्छन्, ‘विदेशमा बसेर दुःख पाएर देशमै केही गरौँ भनेर नेपाल आएकाले पनि कृषि पेसालाई व्यावसायीकरण गरेका छन् । अर्काे कुरा विदेशमा बसेर केही कमाएका हुन्छन् । जसले आफ्नै लगानीमा पेसा गर्न पनि पाएका छन् । कृषि पेसा अरूको भन्दा सजिलो र सहज छ । विदेशमा गएका युवाले त्यहाँ पनि कृषिमै काम गरेका भएर पनि नेपाल आएर यही पेसा गर्नेको संख्या बढी छ ।’

इजरायलमा सिकेको सीपमार्फत आफ्नै देशमा व्यावसायिक केरा खेती गर्दै आएको छु । कृषिमा व्यावसायीकरण गर्नसक्यो भने राम्रो हुन्छ ।

तीन वर्षदेखि कोरोनाको प्रभाव खेप्दै आएका वैदेशिक रोजगारमा जाने युवाहरूले पछिल्लो समय स्वदेशमै उद्योगधन्दा सञ्चालन गर्न थालेका छन् । जसले गर्दा स्थानीयस्तरमै रोजगारसँगै आम्दानीसमेत गर्न थालेको व्यावसायिक केरा उत्पादक किसान चन्द्र बस्नेत बताउँछन् ।

उनी भन्छन–‘इजरायलमा सिकेको सीपमार्फत आफ्नै देशमा व्यावसायिक केरा खेती गर्दै आएको छु । कृषिमा व्यावसायीकरण गर्नसक्यो भने राम्रो हुन्छ ।’

ज्ञानकेन्द्र प्रमुख सिंहका अनुसार झापामा तरकारी, केरा, नर्सरी, च्याउलगायतका व्यावसायिक हुँदै आएका छन् । कृषि उद्योग सञ्चालन गर्दै गर्दा कृषि मजदुरको अभाव भइरहेको गौरादहका च्याउ उत्पादक कृषक नलबहादुर खड्का बताउँछन् ।

‘हामी व्यावसायिक रूपमा खेती गर्नेलाई मजदुरको अभाव हुन्छ । कृषि क्षेत्रमा काम गर्ने मान्छे पाउनै मुस्किल हुन्छ,’ उनी भन्छन्, ‘कृषि क्षेत्रमा पनि पैसा राम्रो छ । मानिसहरू विदेश जान्छन् । तर, कृषि क्षेत्रमा काम गर्न मन पराउँदैनन् ।’

यो पनि…

आँखा नदेखेर के भो ? घर सुनिताले नै सम्हाल्छिन्
स्याउ र ओखर खेतीबाट वर्षेनी ८० लाख आम्दानी



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

राजधानीको नेपाल पर्यटन बोर्डमा एपेक नेपालद्वारा शुक्रबार ‘मलाई मन परेको कविता-३’ आयोजना गरियो । जसमा अग्रज कविहरुले अनुज कविका मनपरेको

हिन्दु नारीहरुको महान पर्व तीजको अवसरमा सोमबार राजधानीस्थित पशुपतिनाथ मन्दिर परिसरमा बिहान करिव ३ बजे देखि नै भक्तजनहरुको ठूलो घुइँचो

काठमाडौं–आउँदो जेठ २६ गते देशभर रिलिज हुन लागेको फिल्म ‘नीरफूल’ को शुक्रबार ट्रेलर सार्वजनिक गरिएको छ । २०७२ को महाभुकम्प

नेपाल एसिसी प्रिमियर कपको फाइनलमा पुगेको छ। शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा कुवेतविरुद्धको सेमिफाइनल खेल वर्षाका कारण रद्द भएसँगै नेपाल फाइनलमा