English

सिटी क्वाटरफाइनलमा, ‘बी’ डिभिजन सुरु



च्याम्पियनसिप टोली पिटरर्सब्रग युनाइटेडलाई २–० अन्तरले पराजित गर्दै इंग्लिस क्लब म्यानचेस्टर सिटी एफए कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति सिटीलाई अन्तिम आठमा स्थान पक्का गर्न रियाद महारेज र ज्याक ग्रेलिसले दोस्रो हाफमा १–१ गोल गरे ।

राति नै भएको अर्को खेलमा च्याम्पियनसिप क्लब मिडल्सब्रगसँग १–० अन्तरले पराजित हुँदै टोटेनहम एफए कपको प्रि–क्वाटरफाइनलबाट बाहिरिएको छ ।

टोटेनहमलाई स्तब्ध बनाउने क्रममा जोस कोवर्नले खेलको १०७औँ मिनेटमा गरेको गोल निर्णायक बन्यो । अर्का खेलमा क्रिस्टल प्यालेसले स्टोक सिटीलाई २–१ अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनायो ।

आजबाट सहिद स्मारक ‘बी’ डिभिजन लिग

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगिता आज बुधबारबाट सुरु गर्दैछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पहिलो दिन तीन खेल हुनेछन् ।

बिहान साढे नौ बजे हुने पहिलो खेलमा झम्सिखेल युथ क्लब र श्री भगवती क्लबबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेलमा पौने १ बजे बाँसबारी क्लब र सरस्वती क्लब आमुने सामुने हुनेछन् ।

अपराह्न ४ बजे हुने तेस्रो तथा दिनको अन्तिम खेलमा विरगंज युनाईटेड र ब्वाइज युनियनबीच खेल हुनेछ । लिगमा १४ क्लबले सिंगल राउण्ड रोबिन लिगको आधारमा खेल्ने छन् ।

शीर्ष दुई टोली ‘ए’ लिगमा बढुवा हुने छन् । यस्तै पुछारका दुई टोली रेलिगेसनमा पर्ने छन् । एन्फाले ए डिभिजन लिग समाप्तीसंगै बी डिभिजन लिग सुरु गर्न लागेको हो ।

यो पनि
सेना दिवसका अवसरमा दौड प्रतियोगिता



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अग्रणी ब्याट्री उत्पादक कम्पनी एशियन ब्याट्री लिमिटेडले राष्ट्रिय क्रिकेट टोलीका स्टार खेलाडी दिपेन्द्र सिंह ऐरीलाई आफ्नो आधिकारिक ब्राण्ड एम्बेसडरको

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

फागुन ९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिस्थित सिवाः सायमि खलःले मानन्धर फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं उपत्यका लगायत

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

Latest










Popular
Suggested