English

विवाहको डेढ महिनामै अभिनेत्री दीयाको सरप्राइज, लेखिन् इमोशनल स्टाटस



बलिउड अभिनेत्री दीया मिर्जाले आमा बन्दैछिन् । उनले यो खबर स्वयं सोसल मिडियामार्फत् दिएकी हुन् । उनले फेब्रुअरीमा बिजनेस म्यान वैभव रेखीसँग दोश्रो विवाह गरेकी थिइन् । केहि समय पहिला उनका माल्दिभ्स हनीमूनका फोटोहरु सोसल मिडियामा भाइरल बनेका थिए । जसमा उनी स्टेप डटरसँग देखिएकी थिइन् ।

लेखिन् इमोशनल स्टाटस

दीयाले सनसेट हेरिरहेको एक फोटो शेयर गरेकी छन् । जसमा लेखिएको छ, धर्तीको जस्तै आमा हुने आशिर्वाद मिलेको छ, एक जीवनको साथमा जो सबै कहानी र हरेक कुराको शुरुवात हो । लोरी, गीत, नयाँ रुख र फूल फूल्ने समय हो यो । मेरो गर्भमा सबै सपना भन्दा शुद्ध सपना देख्ने आशीर्वाद मिल्यो ।

दीयाको फिल्मी करियर

दीयाले वर्ष २००० मा मिस इण्डिया एशिया प्यासिफिकको ताज जितिन् । फेरि उनले करियरको शुरुवात फिल्म रहना है तेरे दिल में बाट गरेकी थिइन् । उनी आफ्नो अभिनयका कारण फ्यानको मनमा बस्न सफल भइन् । उनलाई पछिल्लो समय तापसी पन्नुसँग फिल्म थप्पडमा देखिएको थियो । अहिले उनी तेलेगु फिल्म वाइल्ड डगको शूटिङ गरिरहेकी छन् ।



सम्बन्धित खबरहरु

लोकप्रिय गायक करण परियारको सुमधुर स्वरमा सजिएको नयाँ आधुनिक नेपाली गीत “ढाँटछेउ कतिलाई” सार्वजनिक भएको छ। नेपाली सांगीतिक क्षेत्रमा निरन्तर

इटहरी/ ‘मिस एसईई इटहरी’ पाँचौं संस्करणको अन्तिम प्रतिष्पर्धामा पुगेका प्रतिष्पर्धीहरुको फोटोसुट र भिडियोसुट सम्पन्न भएको छ । मोरङ्गको गोकुलम रिसोर्ट

चर्चित गायिका शान्ती श्री परियार विक्रमवाबु विश्वकर्मा र विवेक खत्रीको आवाजमा वनको तरुल गीत सार्वजनिक भएको छ ।। मौलिकता हराउँदै

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Popular
Suggested