English

पछिल्लो समय के-के भयो युक्रेनमा ?



केही समयदेखि युक्रेनमा रूसले हमला गरिरहेको छ । युक्रेन संकटलाई लिएर युक्रेन र रुसी अधिकारीहरुबीच सम्पन्न पहिलो चरणको वार्ता सकिएको छ । युक्रेन र बेलारुसको सीमामा भएको सो वार्ताले खासै नतिजा नल्याएको प्राप्त विवरणहरूमा जनाइएको छ ।

युक्रेनमा रुसी हमला खोसियो पुटिनको मानार्थ ब्ल्याक बेल्ट पदवी

युक्रेनमाथि आक्रमण गरेको भन्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई दिइएको तेक्वान्दोको मानार्थ ब्ल्याक बेल्ट पदवी खोसिएको छ । विश्व तेक्वान्दो महासंघले मंगलबार एक ट्वीट गर्दै पुटिनको मानार्थ ब्ल्याक बेल्ट खोसिएको जनाएको हो ।

‘विश्व तेक्वान्दाेले युक्रेनमा निर्दोष जीवनमाथि भएको नरसंहारकारी हमलाको कडा निन्दा गर्दछ, जुन विजयभन्दा शान्ति धेरै मूल्यवान छ भन्ने विश्व तेक्वान्दोकाे मान्यता विरुद्ध छ,’ महासंघले ट्वीटरमा पोस्ट गरेको विज्ञप्तिमा भनिएको छ । युक्रेन हमला विश्व तेक्वान्दोको मूल्य र सहिष्णुता विरुद्धमा रहेको पनि महासंघले जनाएको छ ।


उत्तरी युक्रेनको सडकमा ६४ किलोमिटर लामो रुसी सेनाका बख्तरबन्दका ताँती 

सोमबार खिचिएका स्याटेलाइट तस्बिरहरूले युक्रेनको राजधानी किभको उत्तरमा ६४ किलोमिटरसम्म रुसी सेनाका बख्तरबन्द (सेनाका गाडी) का ताँती फैलिएको देखाएको छ । यसअघि, सो क्षेत्रमा २७ किलोमिटरसम्म बख्तरबन्द फैलिएको बताइएकाे थियाे ।  

अमेरिकी कम्पनी म्याक्सरले संग्रह गरेको ती तस्बीरहरुमा रुसी बख्तरबन्दले एन्टोनोभ विमानस्थल नजिकको सडकदेखि प्राइबिस्क सहरसम्मको क्षेत्रलाई ढाकेको देखिन्छ । ‘कन्भोय गुडिरहेको सडकनजिक इभान्किभको उत्तर र उत्तरपश्चिममा धेरै घर र भवनहरू जलिरहेको देखिन्छ,’ म्याक्सरले भनेको छ ।

 युक्रेनको सीमाबाट मुस्किलले ३२ किलोमिटर टाढा रहेको दक्षिणी बेलारुसमा रुसले ग्राउन्ड अट्याक हेलिकोप्टर युनिट र थप स्थल सेना परिचालन गरेको पनि म्याक्सर टेक्नोलोजिले जनाएको छ । 

३५२ सर्वसाधारण मारिएको दाबी

युक्रेनले यही १२ फागुनदेखि शुरु गरेको रुसी हमलामा १४ बालबालिकासहित ३ सय ५२ सर्वसाधारण मारिएको दाबी गरेको छ । रुसी तोपले युक्रेनको दोस्रो ठूलो सहर खार्किभका अधिकांश आवासीय क्षेत्रमा हमला गरेको छ । खार्किमा रुसी सेनाको गोलाबारीमा परेर कम्तिमा ११ सर्वसाधारणको मृत्यु भएको छ । 

युक्रेनले यही १२ फागुनदेखि शुरु गरेको रुसी हमलामा १४ बालबालिकासहित ३ सय ५२ सर्वसाधारण मारिएको दाबी गरेको छ ।

रुसले क्षति सामना गरेको पहिलो पटक स्वीकारेको बताइएको छ । रुसी हमलापछि ५ लाखभन्दा बढी मानिस युक्रेन छोडेर छिमेकी मुलुकमा शरण लिइरहेको राष्ट्रसंघको शरणार्थीसम्बन्धी निकायले जनाएको छ । पछिल्लो स्याटलाइट तस्बीरमा युक्रेनको राजधानी किभबाट उत्तरतर्फ रुसी सेना बोकेका कन्भोयका ताँती गुडेको देखिन्छन् । 

के भन्छन्  पुटिन ?

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन तटस्थ, डिनाजिफाइड (नाजी सोचबाट मुक्त) र निशस्त्र भए मात्रै युक्रेन समस्या समाधान सम्भव हुने बताएका छन् । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनसँगकाे टेलिफोन वार्तामा राष्ट्रपति पुटिनले  रुसले सन् २०१४ मा बिलय गराएको क्रिमियालाई औपचारिक रुपमा मान्यता दिनुपर्ने माग गरेका छन् ।

यसैबीच, युक्रेन र रुसी वार्ताकार थप छलफलका लागि आ–आफ्ना देशका राजधानी सहरमा फर्किएका छन् । पुनः वार्ताका लागि उनीहरु सम्बन्धित सरकारसँग छलफलमा जुटिरहेका छन् ।

सर्वसाधारणले युक्रेन छोडे

युक्रेनमाथि रुसी सेनाले हमला गरेपछि पाँच लाखभन्दा बढी सर्वसाधारण मानिसहरुले युक्रेन छोडेका छन् । त्यस्तै रुसी हमलाकै कारण ४० ला मानिसहरु देश छोड्ने प्रयासमा रहेको युरोपेली युनियनले अनुमान गरेको छ । शरणार्थीसम्बन्धी नीतिलाई लचिलो बनाउँदै इयूले आफ्ना सदस्य राष्ट्रहरूले युक्रेनी शरणार्थीहरुलाई खुला हातहरूले स्वागत गर्ने जनाएको छ । 

युद्धका कारण विस्थापित बनेका युक्रेनी शरणार्थीहरू पश्चिमका विभिन्न देशहरू जस्तैः पोल्यान्ड, रोमानिया, स्लोभाकिया, हन्गेरी मोल्डोभा पुगेका छन् । ५ लाखभन्दा बढी युक्रेनीहरु यी देशमा प्रवेश गरेको सोमबार राष्ट्रसंघले जनाएको छ । राष्ट्रसंघका अनुसार पोल्यान्डले अहिलेसम्म २ लाख ८० हजार शरणार्थी लिएको छ । दैनिक ५० हजार शरणार्थी पोल्यान्ड पुगेको त्यहाँको सरकारले जनाएको छ । 

युद्धका कारण विस्थापित बनेका युक्रेनी शरणार्थीहरू पश्चिमका विभिन्न देशहरू जस्तैः पोल्यान्ड, रोमानिया, स्लोभाकिया, हन्गेरी मोल्डोभा पुगेका छन् । ५ लाखभन्दा बढी युक्रेनीहरु यी देशमा प्रवेश गरेको सोमबार राष्ट्रसंघले जनाएको छ ।

पोल्याण्डले घाइते युक्रेनीहरूलाई ढुवानी गर्न मेडिकल ट्रेन पनि तयार गरिरहेको छ र उनीहरुको उपचारका लागि १ हजार २ सय ३० अस्पतालको सूची तयार पारेको छ । पछिल्ला वर्षमा १० लाख युक्रेनी पोल्यान्डमा बसोबास गरेका छन् ।

विशेषगरी, सन् २०१४ मा रुसले युक्रेनको महत्वपूर्ण भाग क्रिमियालाई आफ्नो देशमा बिलय गराएपछि पोल्यान्ड पुग्ने युक्रेनीको संख्या बढेको हो । 

रुसी हमलापछि कुन अन्य देशमा पुग्ने युक्रेनी शरणार्थीः 

हंगेरी : ७१ हजार १५८

रोमानिया : ४३ हजार १८४

मोलडोभा : ४१ हजार ५२५

स्लोभाकिया : १७ हजार ६४८

स्लोभाकियाले पनि दैनिक १० हजार युक्रेनी शरणार्थी लिइरहेको छ । शरणार्थीलाई छिमेकी मुलुकहरुमा प्रवेश गर्न आवश्यक कागजात देखाउनु नपर्ने भनिएको छ । तर, उनीहरुको आन्तरिक वा विदेश यात्राको राहदानी, नागरिकता जस्ता पहिचान वा देश खुलाउने कागजात हुनुपर्छ । शरणार्थीको स्थिति देखाउन उनीहरु युक्रेनी नागरिक वा युक्रेनमा कानुनी रुपमा बसेको हुनुपर्छ (विदेशी विद्यार्थी) । 
रुस-युक्रेन वार्ता

युक्रेन संकटलाई लिएर युक्रेन र रुसी अधिकारीहरुबीच सम्पन्न पहिलो चरणको वार्ता सकिएको छ । युक्रेन र बेलारुसको सीमामा भएको सो वार्ताले खासै नतिजा नल्याएको प्राप्त विवरणहरुमा जनाइएको छ ।

रामर्श गरेर फेरि दोस्रो चरणको वार्ता गर्ने सहमति भएको थियो । वार्तामा युक्रेनले युद्धविरामको प्रस्ताव गरेको र रुसले त्यसलाई ठाडै अस्वीकार गरेको बताइएको छ ।

 थप परामर्श गरेर फेरि दोस्रो चरणको वार्ता गर्ने सहमति भएको थियो । वार्तामा युक्रेनले युद्धविरामको प्रस्ताव गरेको र रुसले त्यसलाई ठाडै अस्वीकार गरेको बताइएको छ । दोस्रो चरणको वार्ता अघि दुj} देशका अधिकाहरुी थप छलफलका लागि सम्बन्धित देशको राजधानी फर्किएको युक्रेनी राष्ट्रपतिका सल्लाहकारले जनाएका छन् । 

यो पनि…
किभलाई पुनः निशाना बनाउँदै रूसी सेना

रूस-युक्रेन वार्ता निष्कर्षविहीन

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

आज मार्च २३ अर्थात् यो महिनाको अन्तिम शनिबार । यो दिन ‘अर्थ आवर’ को हो । वातावरण तथा पर्यावरणको रक्षा

 रिजु अधिकारी ब्रिटिश काउन्सिलले बर्षेनी आयोजना गर्नेे ‘आईईएलटीएस प्राइज २०२३’ मा पाँच हजार पाउण्ड (आठ लाख ४० हजार रुपैयाँ) को

कर्याङकुरुङका नामले चिनिने ‘कमन क्रेन’ यतिबेला चितवनको दिव्यनगरस्थित धान खेतमा देखिन थालेका छन् । हरेक वर्ष केही महिनाका लागि नेपाल

विश्वमै दुर्लभ मानिएको सेतो रंगको गिद्ध पहिलोपटक नेपालमा भेटिएको छ । नवलपुरको गिद्ध जटायु रेस्टुरेन्टमा देखिएको हिमाली गिद्ध निख्खर सेतो