English

आज अर्थ आवर : किन निभाइन्छ एक घण्टा बत्ती ?



आज मार्च २३ अर्थात् यो महिनाको अन्तिम शनिबार । यो दिन ‘अर्थ आवर’ को हो । वातावरण तथा पर्यावरणको रक्षा गर्ने उद्देश्यले सन् २००७ मा अस्ट्रेलियाको सिड्नीबाट सुरु भएको यो अभियानले विश्वको समर्थन पाइरहेको छ । विश्व वन्यजन्तु कोष (डब्लूडब्लूएफ) को अगुवाइमा सञ्चालित यो अभियान यसपालि पनि संसारभर मनाइँदै छ ।

सन् २००७ मा अस्ट्रेलियाको सिड्नीबाट सुरु भएको अर्थ आवरलाई २०२३ सम्म आइपुग्दा १९० देशले साथ दिएका छन् । नेपालमा पनि एक दशक अघिदेखि विभिन्न सचेतनामूलक कार्यक्रम गर्दै अर्थ आवर मनाइँदै आएको छ । यसपटक भने ललितपुरस्थित जावलाखेल फुटबल ग्राउण्डमा विभिन्न कार्यक्रम गरी मनाउँदै छ ।

सुरुवाती दिनहरूमा मैनबत्ती प्रज्वलन, वृक्षारोपण, एलइडी लाइट वितरण लगायतका विभिन्न सचेतनामूलक कार्यक्रम गर्दै आएको डब्लूडब्लूएफ नेपालले आजको दिनसम्म आइपुग्दा ठूलो जमातलाई एकीकृत गर्दै विभिन्न वातावरणीय विषयवस्तुलाई उजागर गर्न थालेको छ ।

त्यसो त आज बेलुकी ८ः३० देखि ९ः३० बजेसम्म संसारका १ सय ९० देश अन्धकारमा रहन्छन् । अमेरिकाको ह्वाइट हाउस होस् या अस्ट्रेलियाको ओपेरा हाउस अर्थात् विश्वको अग्लो भवन बुर्ज खालिफादेखि दिल्लीको कुतुबमिनार नै किन नहोस् । यी सबै एक घण्टा अन्धकारमय रहन्छन् ।

किन निभाइन्छ एक घण्टा बत्ती ?

यतिबेला विश्वमा परमाणु अस्त्र र न्युक्लियर विपन्सको चाङ लागिरहेको छ । त्यसको परीक्षण र कहिलेकाहीँ हुने प्रयोग अथवा कुनै हिसाबले त्यसको दुरुपयोग हुँदा मानव जाति र पृथ्वीकै अस्तित्व खतरामा पर्ने स्थिति छ । त्यसैले, वातावरण सुरक्षाका लागि जागरण अथवा जनचेतना जगाउन यसको पक्षमा लाग्नका एक घण्टा बत्ती निभाएर अनावश्यक खर्च कटौती गर्ने उद्देश्यले यो कदम सुरु गरिएको हो ।

यो पनि…
सजगता अपनाए पृथ्वी, प्राणी र जैविक विविधताको संरक्षण
वातावरण जोगाउन जन्मिएको ‘अर्थ आवर’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

Latest










Popular
Suggested