English

दस हजार मिटर उचाइमा उड्ने कमन क्रेन (कर्याङकुरुङ) चितवनमा



कर्याङकुरुङका नामले चिनिने ‘कमन क्रेन’ यतिबेला चितवनको दिव्यनगरस्थित धान खेतमा देखिन थालेका छन् । हरेक वर्ष केही महिनाका लागि नेपाल आइपुग्ने पाहुँना चरा योपटक पनि हुल बाँधेर आइपुगेका हुन् । कमन क्रेन मुख्यगरी मंगोलिया, अफ्रिका, इरान लगायतका मुलुकमा पाइने लोपोन्मुख चरा हो ।

गर्मीयाममा आफ्नै ठाउँमा बसेर बच्चा कोरल्ने यी चरा जाडो लागेपछि नेपाल, भारत लगायतका दक्षिण एसियाली देशहरूमा आइपुग्छन् । विशेषगरी चितवनमा भेटिने यी चरा धान आन आइपुग्ने वाइल्डलाइफ फोटोग्राफर मिलन तामाङले बताए । बसाइसराइका क्रममा १० हजार मिटर उचाइसम्म उड्ने यी चराले २७ सय किलोमिटरसम्मको दूरी पार गर्छन । केहीवर्षअघिसम्म सयौंको संख्यामा देखिने चरा अहिले निकै कम संख्यामा देखिने गरेको तामाङले बताए । जलवायु परिवर्तन तथा बढ्दो अतिक्रमणका कारण बसाइ सरेर यहाँ आउने कमन कर्नको संख्या घटेको उनी बताउँछन ।

तामाङले यो वर्ष २६ वटा चरा देखेको सुनाए । पश्चिम चितवनको दिव्यनगरको फाँटमा दिउँसो चरेपछि यी चरा बास बस्न नारायणी नदीको पारीपट्टिको भंगालोमा पुग्ने गरेको तामाङले बताए । कमन क्रेन नोभेम्बरबाट फेबवरीसम्म नेपालमा देखिन्छन्न । यी चरालाई मंगोलियाले दुर्लभ चराहरूको सूचीमा राखेर संरक्षण गर्दै आएको छ ।

तस्बिर : मिलन तामाङ



...
google

syarikat patung seks https://ms.yourdoll.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सारांश:आगामी वर्ष नयाँ वर्ष २०८३ को अवसरमा भक्तपुरमा ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको ३३ पोखरी परिक्रमा कार्यक्रम आयोजना हुँदैछ। कार्यक्रमको

काठमाडौं, ५ चैत्र : वल्र्ड रिसाइक्लिङ डे को अवसर पारेर खालिसिसी ले कोका–कोला बेभरेजेज नेपालसँगको सहकार्यमा फोहोर सङ्कलक महिलाका बालबालिकाका

विश्व टेक बजारमा फरक डिजाईन, प्रिमियम प्रोडक्ट र एफोर्डेबल प्राईसिङका कारण निक्कै पृथक छवि बनाउन सफल नथिङ स्मार्टफोनले नेपाली बजारमा

काठमाडौं : कोकाकोलाले नेपालमा ‘मोमो फोमो’ नामक नयाँ अभियान सुरु गरेको छ । कोकाकोलाको यो अभियान नेपालभरि चल्ने पहिलो कार्यक्रम