English

सेयर बजारमा गिरावट, कारोबार रकम ३ अर्ब मात्रै



साताको पहिलो दिन आज (आइतबार) नेपालको सेयर बजारमा ७ अंकको गिरावट आएको छ । प्रि-ओपनिङमा बढेर कारोबार शुरू भए पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचक ७.७३ अंकले घटेर बन्द भएको हो । यससँगै, नेप्से परिसूचक २६५३ अंकमा आइपुगेको छ ।

आज ३ अर्ब २७ करोड रुपैयाँ बराबरको ७० लाख ४० हजार कित्ता सेयर किनबेच भएको छ । कारोबार भएका १३ मध्ये दुई समूहमा सुधार आएको छ । जलविद्युत समूह ३४ अंक र अन्य समूहमा १५ अंकले सुधार आएको हो ।

यसबाहेक, कारोबारमा आएका अन्य सबै समूहमा गिरावट आएको छ । आज कारोबार भएकामध्ये जीवन बीमा समूहमा ११६ अंकले घटेको छ भने उत्पादनमूलक समूहमा ७१ अंकले घटेको छ । यस्तै, निर्जीवन बीमा समूहमा ३२ अंकले तथा लघुवित्त समूहमा ३१ अंकको गिरावट आएको छ ।

यो पनि
नेप्सेमा ५९ अंकको गिरावट
नेष्डो समृद्ध लघुवित्तको आइपिओ खुला



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

Latest










Popular
Suggested