युक्रेनलाई अमेरिकाले दियो ३५ करोड डलर बराबरको सैन्य सहयोग



अमेरिकाले युक्रेनलाई ३५ करोड डलर बराबरको सैन्य सहयोग उपलब्ध गराउने भएको छ । राष्ट्रपति जो बाइडेनले रुसी आक्रमणविरुद्ध लड्न साे रकम बराबरको सैन्य सहायता स्वीकृत गरेका हुन् ।

विदेश सहायता ऐनमार्फत विनियोजन गरिएको ३५ करोड डलर युक्रेनको सुरक्षाका लागि छुट्टयाउन राष्ट्रपति बाइडेनले विदेशमन्त्री एन्टोनी ब्लिन्केनलाई निर्देशन दिएका छन् ।

रुससँग झुक्दैनौँ : जेलेन्स्किी

यसैबीच, युक्रेनी सेनाले राजधानीमा रुसी हमलाको प्रतिकार गरेको त्यहाँको रक्षा मन्त्रालयले जनाएको छ । राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी सेनासमक्ष कुनै हालतमा नझुक्ने बताएका छन् ।

रुसले सैन्य अखडामा मात्र निशाना बनाएको दाबी गरेपछि युद्धमा ठूलो संख्यामा सर्वसाधारण हताहत भएको प्राप्त विवरणहरूमा जनाइएको छ ।

शनिबार किभ सहरको दक्षिण पश्चिम क्षेत्रबाहिरको एउटा अग्लो आवासीय भवनमा रुसी सेनाले मिसाइल हमला गरेको त्यहाँका मेयरले बताएका छन् ।

मिसाइलबाट अपार्टमेन्टमा क्षति भएको छ । क्षतिग्रस्त अपार्टमेन्टनजिक दुई विमानस्थल पर्छन् । मिसाइल हमलामा कम्तिमा ६ सर्वसाधारण घाइते भएका छन् ।

यसैबीच, रुसी हमलाका कारण १ लाख २० हजार युक्रेनी विस्थापित भएको राष्ट्रसंघले जनाएको छ ।

यो पनि
रूस-युक्रेन द्वन्द्व : अहिलेसम्म के-के भयो ?
युक्रेनमा रहेका नेपालीलाई सरकारले भन्यो- स्लोभाकिया, पोल्याण्ड र हंगेरी हुँदै बाहिर निस्क



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सामान्यतया कुनै पनि देशको सिमानामा अर्को देशसँगको सिमाना निर्धारण गर्न पर्खाल वा काँडे तार जडान गरिन्छ। जसका कारण दुवै देशको

चिनियाँ कम्युनिष्ट पार्टीको नयाँ पोलिटब्युरो महिलाविहीन बनेको छ। २० औं राष्ट्रिय अधिवेशनबाट कुनै पनि महिला पोलिटब्युरोमा चयन नभएका हुन्। यसपटक

उत्तर कोरियाका शासक किम जोङ उन फेरि देशभरिमै उत्कृष्ट पहिरन लगाउने पुरूष बनेका छन्। विगत आठ वर्षदेखि उनले यो उपाधि

आज सन् २०२२ को २९ सेप्टेम्वर । प्रस्तुत छ आज इतिहासमा भएका केही सामाजिक तथा राजनीतिक घटनाक्रमः बाल्टिक समुद्रमा डुंगा