साराको ब्याकलेस चोली बन्यो ट्रोल



बलिउड अभिनेत्री सारा अलि खान प्रायः चर्चामा आइरहन्छिन् । सारा सोसल मिडियामा पनि एक्टिभ भइरहन्छिन् । ग्ल्यामरस फोटोहरू सेयर गर्ने क्रममा उनको एउटा फोटो अहिले भाइरल भएको छ । जुन अहिले ट्रोल बनेकाे छ ।

सारा अलि खानले हालै फेसन डिजाइनर मनिष मल्होत्राको डिजाइनमा फोटो सुट गरेकी थिइन् । जसमा उनको लुक्स आकर्षक देखिन्थ्यो । उनको यो लुक्सलाई फ्यानहरूलाई मन परेन र उनीहरूले ट्रोल बनाउन सुरु गरे ।

एक युजरले लेखेका थिए ‘ब्लाउजमा धेरै कपडाको प्रयोग गरिएको छैन, त्यति कपडा पनि किन खेर फाल्नु अझ सानो बनाउँदा हुन्छ ।’ अर्का युजरले मजाक उडाएर लेखेका थिए ‘पछाडि प्लास्टिकको कभर लगाइएको छ ।’

सारालाई ट्रोल गर्नुको मुख्य कारण उनले लगाएको ब्याकलेस चोली नै थियो । साराको यो बोल्ड र ग्ल्यामरस लुक्स ट्रोलरहरूको आँखामा बिझाए । उनीहरूले डिजाइनरको यो डिजाइनमै प्रश्न उठाएका छन् । एक जना युजरले लेखेका थिए ‘यो डिजाइन सेलिब्रेटिहरुको लागी त ठिक छ तर साधारण केटीहरूको लागी भने बेकार हो ।’ त्यस्तै अर्का एक युजरले लेखेका थिए ‘मैले पाँचतारे होटलहरुमा कुनै बेहुलीले पनि यस्तो डिजाइन लगाएको देखेको छैन ।’

ट्रोलिङगको यो लहर अझै रोकिएको छैन । केही युजरले साराको ड्रेसिङ सेन्समा नै प्रश्न उठाए । एक युजरले लेखेका थिए ‘ब्लाउजमा धेरै कपडाको प्रयोग गरिएको छैन, त्यति कपडा पनि किन खेर फाल्नु अझ सानो बनाउँदा हुन्छ ।’ अर्का युजरले मजाक उडाएर लेखेका थिए ‘पछाडि प्लास्टिकको कभर लगाइएको छ ।’

सारा अलि आनन्द एल रायको बहुप्रतिक्षित फिल्म ‘अतरंगी रे’ मा देखा पर्दै छिन् । खेलाडी अक्षय कुमार तथा साउथका स्टार धनुष पनि उनको साथमा सोही फिल्ममा महत्त्वपूर्ण भूमिकामा देखिने छन् । यो भन्दा अघि सारा वरुण धवनसँग फिल्म कुलि नम्बर वानमा देखिएकी थिइन् । एजेन्सी



Leave a Reply

Your email address will not be published.

सम्बन्धित खबरहरु

कोलम्बियाकी प्रख्यात गायिका साकिरा जहिल्यै आफ्ना गीतका कारण चर्चामा आइरहन्छिन् । उनका हरेक गीत उत्तिकै लोकप्रिय हुन्छन् । तर ,अहिले

लड्ने–भिड्ने मेरो सानैदेखिको स्वभाव थियो । सानोतिनो कुरामा बिनासित्ती निहुँ खोज्ने बानी थियो । जोरी खोज्दै कोही आयो भने त

हामी पोखराको अमरसिंह हाईस्कुलबाट छुट्टीपछि घर जाँदै थियौं । गफ गर्दै, केटी–केटीको समूह । आधा बाटो जतिमा खत्रीपसल भन्ने ठाउँ

हामी उसलाई ‘माइला’ भन्छौं । नामबाट बोलाउँदाभन्दा ‘माइला’ भन्दा बढ्ता आत्मीय लाग्छ । सानामा माइलो अलि चकचके थियो । एक

Suggested