English

आज फागुन १४ गते शनिबारको राशिफल



आज २०७८ साल फागुन १४ गते शनिबार । सोहीअनुसार तपाईंको भविष्यवाणी गरिन्छ । तपाईँको आजको दिन कस्तो रहला ? हेर्नुहोस् राशिफल

मेष
दैनिक काम यथावत् रहनेछन् । शिक्षाको क्षेत्रमा प्रगति हुनेछ । परिवारमा प्रेम बढ्नेछ । आफ्नो कामका लागि अरूको मुख नहेरेमा सफलता मिल्नेछ ।

वृष
आजको दिन बोलीमा ख्याल गर्नुपर्नेछ । शिक्षामा गरेको श्रम लगानीले राम्रो नतिजा आउनेछ । व्यापार व्यवसाय सामान्य छ ।

मिथुन
पारिवारिक सम्बन्ध सुमधुर रहनेछ । आर्थिक, सामाजिक, राजनीति क्षेत्र यथावत् रहेपनि शिक्षाको क्षेत्रमा राम्रो छ । श्रम लगानी गरेको भए उत्कृष्ट नतिजा आउने छ ।

कर्कट
स्वास्थ्य, शिक्षा, सामाजिक क्षेत्र यथावत रहेपनि आफन्तबाट सहयोग मिल्नेछ । पुराना मित्रसँगको भेटले मन प्रशन्न हुनेछ । पठनपाठनमा रुची बढ्नेछ ।

सिंह
राजनीति, धार्मिक, पारिवारिक क्षेत्रहरू यथास्थितिमा रहेपनि शिक्षाको क्षेत्रमा राम्रो छ । पठनपाठनमा रुची बढ्ने छ । व्यापार व्यवसायमा उन्नती हुनेछ । स्वास्थ्यमा समस्या आउने भएकाले खानपानमा विशेष ख्याल गर्नुहोला ।

कन्या
प्रतिस्पर्धी बढ्नेछन् । पारिवारिक सम्बन्ध सुमधुर हुनेछ । अरू सबै क्षेत्र यथास्थितिमा रहेपनि वैदेशिक क्षेत्रमा भने निकै राम्रो छ । यो क्षेत्रमा गरेको लगानीले फल पाउने योग रहेको छ ।

तुला
आजको दिन तपाईंको खर्च बढ्नेछ । दाजुभाइको सहयोगले सन्तुष्टि मिल्नेछ । पठनपाठनमा रुची बढ्नेछ । खर्च गर्दा ख्याल गर्नुपर्ने देखिन्छ ।

वृश्चिक
बोलीमा ख्याल गर्नुपर्नेछ । आफ्नै बोलीले समस्या पार्ने भएकाले सचेत हुनुपर्ने देखिएको छ । वैदेशिक क्षेत्रमा गरेको लगानीले फाइदा मिल्नेछ । राजनीतिमा भने सतर्कता अपनाउनुपर्ने देखिएको छ ।

धनु
समाजमा तपाईंको प्रभाव बढ्नेछ । कोही आकर्षित हुन सक्छन् । तर तपाईंप्रतिको आकर्षण वा प्रगति देखेर कुरा काट्ने थपिने छन् । गरिब दुखीको सहयोग गर्दा मन शान्त हुनेछ ।

मकर
आर्थिक, सामाजिक, राजनीति, वैदेशिक क्षेत्र यथास्थितिमा रहेपनि व्यापार व्यवसायमा गरेको श्रम लगानीले सन्तोषजनक प्रतिफल मिल्नेछ । पठनपाठनमा भने आलश्य बढ्नेछ ।

कुम्भ
ठूलाबडाबाट सल्लाह लिएर मात्र नयाँ काम थालनी गर्नुहोला । धार्मिक, सामाजिक, राजनीति क्षेत्र यथास्थितिमा छ । लगानीबाट भने राम्रो परिणाम मिल्नेछ ।

मिन
आज थालनी गरेका कामबाट लाभ मिल्नेछ । व्यापार व्यवसायबाट नाफा मिल्नेछ । अध्ययन अध्यापनमा सुखद् छ । वैदेशिक क्षेत्रमा भने हात नहालेकै राम्रो । आज पश्चिमको यात्रा नगर्नुहोला ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ । सर्जक मनिष गहतराज र संगीत संयोजक निरज रास्कोटीको संयुक्त प्रयासमा तयार भएको भजन गीत ‘गोविन्द गोपाल श्याम’ सार्वजनिक

वैशाख १२ गते । केके मानन्धर ।न्हापांगु पलाः नेवाः मिसा पुचःको आयोजनामा काठमाडौंको हनुमानढोकामा भजन, सांस्कृतिक तथा सम्मान कार्यक्रम भव्य

सारांश:आगामी वर्ष नयाँ वर्ष २०८३ को अवसरमा भक्तपुरमा ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको ३३ पोखरी परिक्रमा कार्यक्रम आयोजना हुँदैछ। कार्यक्रमको

फागुन २४, केके मानन्धरकेन्द्रीय मानन्धर संघले देशभरका मानन्धर समुदायलाई समेटेर स्वयम्भू भ्वय् कार्यक्रम सम्पन्न गरेको छ । वार्षिक रुपमा पूर्वको

Latest










Popular
Suggested